ट्रेंडिंग:

>> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान

बाली नष्ट भएपछि क्षतिपूर्ति माग

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

मुख्य बाली मकैमा जंगली जनावरको उपद्रो बढ्न थालेपछि यहाँका किसानहरू चिन्तामा परेका छन् ।
जंगलबाट हुल बाँधेर आउने जंगली जनावरले कृषिजन्य उत्पादन नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । जिल्लाको विभिन्न स्थानमा बंदेल, दुम्सी, बाँदर लगायतका जनावरले मकै, कोदो, धान, तरकारि बालीमा क्षती पु¥याएको किसानहरूले बताउँछन् ।
वर्षभरि खाने अन्न जनावरले नष्ट पारेपछि किसानहरूले स्थानीय तह तथा सम्बन्धीत कृषि कार्यालयमा क्षतिपूर्ति खोज्दै निवेदन समेत पेश गरेका छन् । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर नौ स्थीत गिठाचौरमा मात्रै एक सय पचास बढि किसानको बाली बंदेलले सखाप पारेको छ । ‘पहिले–पहिले बँदेल गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले’, चिन्तित हुँदै किसान डिल बहादुर बोहोराले भने, ‘यस्तै हो भने अब गाउँ छाडेर जानुको विकल्प छैन ।’
मकै तथा तरकारिको बोट सखाप हुनेगरि ढाल्ने, फल खाने तथा क्षती पुर्याउने गरेको किसानहरू बताउँछन् । बाली जोगाउन रातभर कुरेर बसेपनि जनावरको आतंक रोक्न नसकिएको कपुरकोट गाउापालिका तीनका किसान पूर्ण बहादुर खड्काले बताए । उनले भने, ‘मेरो १३ रोपनी बारीमा लगाएको मकै बाली घोगा लाग्ने बेलामा जंगलबाट हुलका हुल आएर बंदेलले सखाप पारे ।’ वर्षभरि खाने सबै अन्न जनावरले सखाप पारेपछि कसरी परिवार पाल्ने भन्ने चिन्तामा रहेका उनले कपुरकोट गाउँपालिकाको कृषि शाखामा निवेदन हालेका छन् ।
उनी लगायत १५ भन्दा बढि किसानले क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको कृषि शाखा कपुरकोटका कृषि प्राविधिक सहायक पूर्ण प्रसाद तिमिल्सीनाले जानकारी दिए । ‘एकजना किसानले लगाएको २० रोपनी सम्म मकै तथा तरकारि बाली बंदेल, दुम्सी लगाएतका जनावरले नष्ट गरेको छ,’ उनले भने, ‘किसानहरू क्षति माग्दै दिनहुँजसो हाम्रो कार्यालयमा आएर निवेदन दिने गर्नुभएको छ ।’ जंगली जनावर नियन्त्रणका लागि कसैले पनि चासो नदिएको किसानहरूको भनाइ छ ।
कृषि शाखाले आफ्नो कार्यालयमा निवेदन आएपश्चात सम्बन्धित किसानको बारीमै पुगेर क्षतिको विवरण संकलन गर्ने गरेको छ । कृषि प्राविधिक सहायक टिका राईले भनिन्, ‘१२ जना किसानको मात्रै पाँच लाख ५० हजार पाँच सय रूपैयाँ बराबरको मकै बालीमा क्षती भएको छ ।
निवेदन नपरेका अरू धेरै किसानहरूको बाली पनि जंगली जनावरले नष्ट पारिदिएको छ ।’ क्षति भएको फोटो र किसानको निवेदन सहित आफूहरूले इलाका वन कार्यालयमा सिफारिस गर्ने गरेको राइले जानकारि दिइन् । निवेदन पश्चात आफूहरूले राहात पाउने किसानको अपेक्षा छ । यद्यपि विहान बेलुकी छाक टार्न पनि धौ–धौ पर्ने किसानलाई समस्या पर्दा सरकारी निकायले समस्या समाधानमा चासो नदिएको किसानहरू बताउँछन् ।
जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरूलाई धौ धौ परेको छ । दिउँसोमा बाँदर र रातीमा दुम्सी तथा जंगली बदेलले मकैबाली नष्ट गर्नथालेपछि किसानहरूलाई मकैबाली जोगाउन सकस परेको हो । जंगल विनाश हुदै जादा जंगली जनावरहरू मानव बस्तीमा आई भित्र्याउनै लागेका अन्नबाली सखाप पार्नेगरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?