ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

दसैँ तिहारकोबीचमा घरजग्गा कारोबारबाट २ अर्ब राजस्व

३ मंसिर २०८०, आईतवार
३ मंसिर २०८०, आईतवार

बुटवल,३ मंसिर । दसैँ तिहारकोबीचमा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिक महिनामा दसैँ र तिहारका कारण करिब आधा महिना मात्रै कारोबार हुँदा सवा २ अर्ब बढीको राजस्व संकलन गरेको हो।

२०७९ कात्तिकमा ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। कात्तिक महिनामा १६ दिनमात्रै कारोबार हुँदा अघिल्लो वर्षको तुलनामा थोरै कारोबार भएको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कुल कारोबार ७७ हजार १८७ भएकोमा २६ हजार ६४ लिखित पारित भएका छन्। गत वर्ष कात्तिकमा ७६ हजार ५६२ वटा कुल कारोबार भएकोमा २७ हजार ९३९ वटा लिखित पारित भएका छन्।

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा कार्यालयले साढे ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। झापाको भद्रपुरबाट ३ करोड ६९ लाख र दमकमा २ करोड २ लाख रुपैयाँ रहेको छ। जकपुरधाम कार्यालयबाट ४ करोड ३४ लाख संकलन भएको छ।

काठमाडौं उपत्यकामा लगनखेल कार्यालयबाट १८ करोड ९४ लाख, डिल्लिबजार १८ करोड १५ लाख, भक्तपुर १४ करोड, चाबहिल १३ करोड १८ लाख, कलंकी १२ करोड ४४ लाख रुपैयाँ रहेको छ।

पछिल्लो समय घरजग्गा कारोबार बढ्न थालेसँगै व्यवसायीहरूले रियल स्टेट एक्स्पो गर्न थालेका छन्। आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुँदै छ।

समग्र अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोले सहयोग पुग्ने व्यवसायीको दाबी छ। सरकारले भू उपयोग नियमावली संशोधन गर्दा कडाई गरेको कित्ताकाट खुकुलो बनाएसँगै कारोबार बढ्दै जाने बताएका छन्।

लामो समय नयाँ प्रोजेक्ट नल्याएका व्यवसायी कारोबार बढ्दा हाउजिङ र अपार्टमेन्टका आयोजनामा तयारी गरिरहेको व्यवसायीले बताएका छन्।

घर जग्गा व्यवसायी मिनमान श्रेष्ठले व्यवसायी नयाँ प्रोडक्टका योजनासहित आउन लागेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?