ट्रेंडिंग:

>> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सस्कृति संरक्षण समाज बुटवललाई उपाधि >> साना किसान कृषि सहकारीको १९ औँ साधारण सभा >> स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. गोविन्द केसीको माग >> गैरीखुट्टा–रुपन्देही समाज गठन >> सर्भिस लेनको डिजाईन फेर्न बुटवल उपमहानगरले ग–यो यस्तो प्रस्ताव >> टेम्पो सञ्चालनमा स्थानीय सरकारको ज्यादतीः ब्यवसायीले गराए दलहरुको ध्यानाकर्षण >> रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे चयन >> दाङ—रुपन्देही सम्पर्क समाज गठन >> केपी ओली कप : गण्डकी र लुम्बिनी तथा मधेस र पुलिस क्लब खेल्दै >> सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै >> गुल्मीमा सत्यवती मेला >> रित्तिदै गाउँ, ६० प्रतिशत गाउँबाहिर, उब्जाउ भूमि बाँझै >> लायन्स स्टार्सद्वारा सहयोग >> रोकिएनन् महिलामाथिको हिंसा
पर्यटन

पर्यटन मार्गकै पुलको डिजाईन फेल !

३ मंसिर २०८०, आईतवार ०६:०५
३ मंसिर २०८०, आईतवार ०६:०५

नवलपरासी, ३ मंसिर । लुम्बिनी प्रदेश सरकारद्वारा निर्माणाधिन जिल्लाको पर्यटन मार्गको रूपमा बन्दै गरेको हुलाकी सडक पुलको डिजाईन फेल भएर काम रोकिँदा पुल नै अलपत्र बनेको छ । पुल निर्माण गर्ने म्याद सकिएको एक बर्ष बढि भए पनि अहिलेसम्म सो पुल अलपत्र बनेको हो । पुल निर्माण गर्ने कम्पनीका कर्मचारी, ठेकेदार तथा प्राविधिकहरू समेत सम्पर्क विहीन बनेको स्थानीयले बताए । यसै पुललाई आधार बनाई विश्व बैंकले भगवान गौतम बुद्धको मावली स्थल प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर जोड्न ४२ करोड लगानी गरि पर्यटन मार्गको रूपमा काम शुरु गरेको छ । तर त्यसलाई जोड्ने पुलको निर्माण कार्य अहिले अलपत्र परेको स्थानीय रामग्राम १८ बडगोका भुवन चौधरीले बताए । ठूलो लगानीको सडक बन्दैछ, भनि सुनेका छौ,तर सो पर्यटन मार्ग जोड्ने पुल नै अहिले अलपत्र प¥यो, उनले भने, यसबारे नगरपालिका र जिल्ला समन्वय समितिलाई भन्दै आएका छौं । स्थानीय प्रदेश सांसदलाई पनि पुलबारे पहल गर्नका लागि अनुरोध गर्दै आएका छौं । तर उहाँहरूबाट आश्वसान मात्रै आएको छ, पुलको निर्माण कार्य शुरु भएको छैन्, यसले स्थानीयबासीलाई निरास बनाएको छ ।
विगत तिन दशक देखि निरन्तर पुलको माग गर्दै बुटवलस्थित तत्कालिन प्रदेश राजधानी पनि पुगियो, उनले भने, तत्कालिन भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले दिएको आश्वासन अनुसार पुलको लागि बजेट विनियोजन भयो । निर्माणका लागि ठेक्का भई काम पनि भयो, तर पछि पुलको डिजाईन नै फेल भयो भनेर सुृन्न थालियो, त्यही बेला देखी अहिलेसम्म पुलको निर्माण कार्य रोकिएको छ । तत्कालिन सरकारले पुलका लागि बजेट विनियोजन गरि स्थानिय जनतामा आशा जगायो, तर अहिलेको सरकारले अलपत्र परेको पुलबारे सोधखोज पनि नगरिदिँदा पुल निर्माण कार्य अलपत्र परेको उनको भनाइ थियो ।

पुलको डिजाईन नै फेल भएर रोकि नबन्दा स्थानीयले दुखेसो पोख्दै आएका छन् । प्राविधिक र सम्बन्धित ठेकेदारले पुल निर्माणको कार्य बेलामै नगरिदिँदा समस्या भएको भन्दै स्थानीयबासीले दुखेसो ब्यतm गर्दै आएका छन् । पुलको उचाई दुई मिटर अझै अग्लो हुनु पर्नेमा कम भएर पुल होचो हदा पुल नै बाँध बन्ने अवस्था देखिएको छ । कोठा भित्र बसेर प्राविधिकहरूले पुलको डिजाईन गर्दा यस्तै हविगत हुन्छ, उनले भने, प्राविधिकहरूले करोडौको संरचना बनाउदा कम्तीमा स्थानीयसँग बुझेर अध्ययन गरेर डिजाईन गर्नु पर्छ, उनले थपे, तर हचुवाको तालमा काम गर्दा लगानीकर्ताको लगानी फेल हुने,जनताले सास्ती खेप्नु परेको कुरा महशुस गर्नुपर्छ ।

पुल निर्माण गर्ने ठेकेदार समेत अहिले साईट छोडेर हिडेको भन्दै अब पुल बनाउने जिम्मेवारी कस्को ? भनि जिज्ञासा राख्ने गरेका छन् । पुलको शिलान्यास हुदा म्याद भित्रै पुल बन्छ भनेर यस क्षेत्रका मन्त्री साँसदले भाषण ठोकेका थिए, तर हालसम्म पुल निर्माण कार्य रोकिएको छ । पुल नबन्दा धेरै समस्या भएको छ, रामग्राम १५ सुक्रौलीका गौतम यादवले भने, खोलामा पुल नहुदा यस क्षेत्रको कुईया, बडगो, घिनहा, पण्डितपुर लगायतका आधा दर्जन बस्तिलाई समस्या भएको छ । विरामी, गर्भवती महिलालाई उपचारका लागि परासी लैजान पनि कि भैरहवा भुमही राजमार्गको पुल पुग्नु पर्ने कि त डिघवलको पुल भएर जानु पर्ने बाध्यता रहेको छ । खेतीपाती गर्दा पनि समस्या भई रहेको उनको दुखेसो थियो ।
सडक पुर्वाधार विकास कार्यालय (आरआईडिओ) मणिग्राम रूपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम.एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रूपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । सम्बन्धित निर्माण कम्पनीले वि.सं. २०७९ साल कातिक ३० गते भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । दातृनिकाय हुन वा नेपाली जनता अनुदान र कर वापत सरकारलाई रकम बुझाउछन् ।

तर सरकारी ओहदामा पुग्ने इन्जिनियर र सरकारी कर्मचारीलाई त्यसको कुनै मतलब छैन् । आफ्नो तलब सुविधा खान पाए पुग्यो, जनताको सेवा सुविधाको कुनै मतलब छैन् । स्थानियबासीले कराएर पनि के गर्न सक्छन ? २०७७ साल बैशाख ३१ गते सम्झौता भई २०७९ कातिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ । स्वीस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियाँमा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानिय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानीय सडक पुल सहयोग ईकाई (एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ । सडक बन्यो तर पुल बनेन भन्ने आर्को समस्या देखिन सक्छ । पुल निर्माण ढिलाईले स्थानियबासीमा निरासा छाएको छ । पुल निर्माणको ढिलाईबारे सडक डिभिजनसँग पहल भई रहेको जिल्ला समन्वय समिति (जिससं) प्रमुख भगौती प्रसाद यादवले दाबी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?