ट्रेंडिंग:

>> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सस्कृति संरक्षण समाज बुटवललाई उपाधि >> साना किसान कृषि सहकारीको १९ औँ साधारण सभा >> स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. गोविन्द केसीको माग >> गैरीखुट्टा–रुपन्देही समाज गठन >> सर्भिस लेनको डिजाईन फेर्न बुटवल उपमहानगरले ग–यो यस्तो प्रस्ताव >> टेम्पो सञ्चालनमा स्थानीय सरकारको ज्यादतीः ब्यवसायीले गराए दलहरुको ध्यानाकर्षण >> रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे चयन >> दाङ—रुपन्देही सम्पर्क समाज गठन >> केपी ओली कप : गण्डकी र लुम्बिनी तथा मधेस र पुलिस क्लब खेल्दै >> सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै >> गुल्मीमा सत्यवती मेला >> रित्तिदै गाउँ, ६० प्रतिशत गाउँबाहिर, उब्जाउ भूमि बाँझै >> लायन्स स्टार्सद्वारा सहयोग >> रोकिएनन् महिलामाथिको हिंसा
समाचार

लुम्बिनीमा अर्थमन्त्रीले पार्टीको सिफारिस विपरित भान्जीज्वाईलाई नियुक्ति गरेपछि माओवादी दाङमा विवाद

२ मंसिर २०८०, शनिबार ०९:३८
२ मंसिर २०८०, शनिबार ०९:३८

दाङ, २ मंसिर । राप्ती प्रादेशिक अस्पताल विकास समितिमा अध्यक्ष नियुक्तको विषयलाई लिएर नेकपा माओवादी केन्द्र दाङमा विवाद चर्किएको छ । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले पार्टीको निर्णय विपरित आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेपछि माओवादी केन्द्र दाङमा विवाद चर्किएको हो । मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएका बेला कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले आफ्ना नजिकका मान्छेलाई अस्पताल विकास समितिको अध्यक्ष बनाएको आरोप लागेको हो । माओवादी केन्द्र तुलसीपुर नगरकमिटीको कात्तिक १४ गते बसेको बैठकले शशिकिरण ढकाललाई प्रादेशिक अस्पतालको अध्यक्षमा मनोनित गर्न प्रदेश कमिटीलाई सर्वसम्मत सिफारिस गरेको थियो । तर अर्थमन्त्री मास्कीले पार्टीले सिफारिस गरेको व्यक्तिलाई नभई भान्जी ज्वाई नाता पर्ने सल्यानका दीपक शाहलाई कात्तिक २३ गते नियुक्त गरेपछि माओवादी भित्र विवाद चर्केको हो । स्थानीय पार्टी कमिटीको निर्णय विपरित मन्त्री मास्कीले आफू अनुकुलका व्यक्तिलाई नियुक्त गरेर मनोमानी गरेको भन्दै स्थानीय नेताहरू रुष्ट भएका छन् ।

तुलसीपुर नगर कमिटीले गरेको सिफारिस विपरित पार्टीकै मन्त्रीले प्रादेशिक अस्पतालको अध्यक्षमा अर्को प्रदेश कर्णालीका सल्यानका शाहलाई मनोनित गरेपछि पार्टी भित्रै विवाद सुरु भएको माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका अध्यक्ष खुशीराम चौधरीले बताए । २०७९ मा शाह सल्यानको शारदा नगरपालिका–१५ मा वडा अध्यक्षमा माओवादी केन्द्रबाट चुनाव लडेर पराजित भएका थिए ।

हाल दाङको बबई गाउँपालिका–४ तोकेर नियुक्ति पत्र दिइएको छ । यस अघि अर्थमन्त्री मास्कीले तुलसीपुर नगर कमिटीले सिफारिस गरेको व्यक्तिलाई नियुक्त गर्ने आश्वासन दिएका थिए । माओवादी केन्द्र दाङ जिल्ला अध्यक्ष सुवास पुनले पनि तुलसीपुर नगर कमिटीको निर्णय विपरित आफूले नचिनेको अर्कै व्यक्तिलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको भन्दै पार्टी भन्दा मन्त्री ठूलो हुन नसक्ने बताए ।
माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टीबाट मन्त्री भएकाहरुले पार्टीको प्रदेश नेतृत्व र जिल्ला कमिटीहरूसँग छलफल गरेर मात्रै अध्यक्ष नियुक्त गर्न भनेको तर पालना नभएको बताए । स्थानीय पार्टी कमिटीको निर्णविपरित अर्कै प्रदेशको मतदाता रहेका व्यक्तिलाई नियुक्त गरिएपछि आफूकहाँ थुप्रै गुनासाहरू आइरहेको बरालले बताए ।
अर्थमन्त्री मास्कीले भने प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्ति प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने कुरा भएकाले सरकारले निर्णय गरेको बताए ।
स्वास्थ्य मन्त्रालको कार्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रदेशका १३ वटा अस्पताल विकास समितिमा अध्यक्षको भागबन्डा अनुसार नेप
ाली कांग्रेसलाई ६, माओवादीलाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक–एक वटा अस्पताल विकास समितिको अध्यक्ष बनाएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद वझा, प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको थियो ।
यस्तै कपिलबस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा। अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा दिपक शाहलाई नियुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?