ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता

विदेश छोडेर शंकरनगरमा फूलखेती रोजेका इश्वरीः स्वदेशमै मासिक एक लाख कमाइ (भिडियोसहित)

२६ कार्तिक २०८०, आईतवार
२६ कार्तिक २०८०, आईतवार

 

बुटवल, २६ कात्तिक ।

रुपन्देहीको शंकरनगर चोकबाट करिब डेढ किलोमिटर पुर्व लागेपछि वनवाटिका पर्छ । त्यहाँ नपुग्दै शारदा स्कुलकै छेवैंबाट उत्तर लागेपछि फुलैफूलको बगैंचा आउँछ । तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ । यस्तै फूलका बगैचा तिलोत्तमा–२ जानकीनगरको पामिर स्कुल नजिकै र तिलोत्तमा–२ शंकरनगरमै गरेर तीनवटा छन् ।

तीन ठाउँमा गरेर ४६ कट्ठामा फुलेका सयपत्री फूल तिहारसँगै सकिने क्रममा छन् । यी फूलहरु फूलाएका हुन् स्थानीय इश्वरी भण्डारीले । उनले यसका लागि वार्षिक ४ लाख रुपियाँ जग्गाको भाडा बुझाउँछन् ।

ग्रिन जोन एग्रो फार्मको नामबाट व्यवसाय सुरु गरेका भण्डारी भारतको कलकत्तामा १२ वर्ष बिताएपछि स्वदेश फर्किएर पुष्पखेतीमा लागेका स्थानीय हुन् । पुष्पखेती सुरु गर्नुभन्दा अगाडि उनले अन्य व्यवसायमा समेत हात नहालेका होइनन् । उनले मसलाको बजार प्रतिनिधि भएर काम गरेको अनुभव बटुल्दै किराना पसल खोले । तर कोभिड महामारीसँगै भएको लकडाउनले उनको सोंच बदलिदियो । अनि थाले कृषि कर्म ।

भण्डारीले कृषि कर्ममा हात हालेको ३ वर्षमात्र भएको छ । २०७७ सालमा उनले शंकरनगरमा १४ कट्ठा जग्गा भाडामा लिए । सुरुमा उनले तरकारी खेती थाले । जसमा लौका, घिरौंला, सिमी, तितेकरेला, फर्सी, काँक्रा, टमाटर, मुलालगायतका तरकारी उत्पादन गरे । तर उत्पादित तरकारीले बजार नपाउनु, लागत अनुसारको प्रतिफल नउठ्नु जस्ता कारणले उनको तरकारी खेतीको सोंच पनि बदलियो । अनि सुरु गरे फूल खेती ।

‘कलकत्तामा १२ वर्ष बिताएर आएपछि यहाँ केही समय मसलाको बजार प्रतिनिधि भएर काम गर्ने, तर आफै केही गर्ने सोंच पलायो, किराना मसल खोलें, त्यसबाट पनि मन मरेपछि तरकारी खेती सुरु गरे, तर लागत नै नउठेपछि फूलखेती गरेको हुँ”–भण्डारीले भने–“ फूलखेती गरेको पहिलो वर्षमै लगानी उठाउन सफल भएँ ।” पहिलो वर्ष उनले ८ कट्ठामा फूल लगाएका थिए । जसबाट उनले ६ लाख रुपियाँ आम्दानी गरे । भण्डारीले फूलसँगै नर्सरी उत्पादन पनि गरेका छन् । गतवर्षसम्म १४ कट्ठा जग्गामा फूलखेती र नर्सरी गरेका उनले माग धान्न नसकेपछि यसवर्ष ४६ कट्ठामा फूल र नर्सरी उत्पादन गरेका छन् ।

आधुनिक प्रविधिका बारेमा आफूले इन्टरनेटको माध्यमबाट थोरबहुत ज्ञान हासिल गरेर व्यवसायमा लागेको भण्डारी बताउँछन् ।

थोरै क्षेत्रफलमा पुष्पखेती सम्भव नहुने उनको अनुभव छ । फूलखेती र नर्सरी बिक्रीबाट वार्षिक ३० लाख आम्दानी हुने र महिनाको १ लाख रुपैयाँ बचत गर्ने गरेको उनले बताए ।

यो पटकको तिहारमा पनि फूलको राम्रो बिक्री भएको उनले बताए । यस व्यवसायमा लगानी थोरै लाग्ने र मिहिनेत पनि धेरै गरिरहन नपर्ने उनको तर्क छ । ‘थोरै लगानी र आम्दानी पनि राम्रै हुन्छ,’ उनले भने । यो वर्षको तिहारमा मात्रै करिव १० लाखको फूल बिक्री हुने भण्डारीको अनुमान छ । “दुईदिनमा ३ लाखको फूल बेचिसकें, उपभोक्ताहरु फूल र माला खरीद गर्न दिनभरीजसो आइरहनुभएको छ”–उनले भने ।

उनले फूल प्रति केजी ६०० रुपियाँ र माला प्रतिगोटा १३० रुपियाँमा बिक्री गरिरहेका छन् । बजारमा भने प्रतिगोटा मालाको मूल्य कम्तीमा १५० रुपियाँ पर्ने गरेको छ । “उपभोक्तालाई फर्ममै आएर लैजाँदा मूल्यमा पनि सस्तो भयो र ताजा फूल र माला नै उपभोक्ताले लैजान पाउने भए”–उनले भने । एक केजी फूलबाट ६ वटासम्म माला तयार गर्न सकिने उनको भनाई छ ।

उनले गत साउनमा रोपेको ३० हजार गोटा सयपत्रीको बिरुवाबाट तिहारमा फूल तयार भएको हो । तिहारका लागि मात्रै झण्डै १० हजार गोटा मालाको लागि फूल उत्पादन भएको भण्डारीले बताए ।

सम्भावना हुँदा–हुँदै पनि यस व्यवसायमा केही समस्या भने रहेको भण्डारीले बताए । नेपालमै अर्बौको फूल उत्पादन हुँदाहुँदै पनि सरकारले भारतबाट आयात गर्दा भने उनको मन खिन्न भएको छ ।

आयातले स्वदेशमै केही गर्छु भनेर लागेका व्यवसायीलाई मार पर्ने गरेको भण्डारीको गुनासो छ । पुष्प आयातलाई सरकारले पूर्णरुपमा रोक लगाउनुपर्ने उनको माग छ ।

तिहारको लागि फूल उत्पादन गर्न भण्डारीले गत साउन अन्तिम साता हाईब्रिड र कलकत्ता भेराईटी गरी दुई जातका सयपत्री रोपेका थिए । अहिले दुबै प्रजातीका सयपत्रीका बोटमा ढकमक्क फूल फूलेर पनि सकिन लागेको ।

कलकत्ता प्रजातीको फूल उत्पादन हुन ९० दिन लाग्छ भने हाईब्रिड फूल ५५ दिनमै तयार हुने भएकोले कहिलेको लागि उत्पादन गर्ने हो सोही अनुसार विरुवा तयार गरी लगाउने गरेको उनले बताए । भण्डारीका अनुसार बोटमा नियमित मलजल र गोडमेल गर्न सके एउटै बोटबाट एकसिजनमा ५० देखि १ सय वटासम्म थुंगा उत्पादन लिन सकिन्छ ।

तिहारको लागि मात्र होइन, विभिन्न सिजनका लागि उनले फूलको बिरुवा लगाएका छन् । विवाहको लागि समेत फूल उत्पादन गर्ने लक्ष्यका साथ बिरुवा रोपेको भण्डारी बताउँछन् । यो सँगसँगै बैशाख, जेठ, असार महिनालाई समेत लक्षित गरेर फूल उत्पादन गर्ने गरेको भण्डारी बताउँछन् । वर्षमा १० महिना फूल उत्पादन गर्ने योजना अनुसार काम गरिरहेको उनको भनाई छ । उनले फूलको माग धान्न नसकेपछि आगामी दिनमा फूलखेती बिस्तार गर्ने योजना समेत बनाएका छन् । त्यसैगरी यसको बजार प्रवद्र्धन गर्न र आयातित फूललाई नियन्त्रण गर्न आगामी वर्षदेखि फूलको सस्तो बजार आयोजना गर्ने लक्ष्य लिएको पनि भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?