ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउँदै कर्णाली सरकार

२६ कार्तिक २०८०, आईतवार
२६ कार्तिक २०८०, आईतवार

सुर्खेत, २६ कात्तिक ।

भुकम्प प्रभावित क्षेत्रमा कर्णाली सरकारले अस्थायी टहरा निर्माण गर्ने भएको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको हो । प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने जनाएको छ । तिहार लगत्तै अगाडि बढाइने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले बताए ।

केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई अस्थायी आवासको व्यवस्थाका लागि आवश्यक काम गर्न जिम्मेवारी समेत प्रदान गरेको थियो । सोही अनुसार भौतिक मन्त्रालयले तयारी थालेको शाहीले बताए ।

जाजरकोट भूकम्पले प्रदेशका ६५ हजार भन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । टहरा निर्माणका लागि ठूलो मात्रामा बजेट आवश्यक पर्ने शाहीले बताए । मन्त्रालयले त्रिपाल र जस्तापाता सहित कम्तीमा पनि साढे तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार जाजरकोटको छेडागाड नगरपालिकामा १ हजार ९ सय ४५ घरहरू पूर्णरुपमा क्षति भएका छन् भने ४ हजार ५ सय ४५ घर आंशिक क्षति भएका छन् । कुल ६ हजार ४ सय ९० घरधुरी विस्थापित भएका छन् ।

बारेकोट गाउँपालिकोटमा १ हजार ३५ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २ हजार २८६ घर आंशिक क्षति बनाएको छ । रिपोर्ट अनुसार ३३ हजार २१ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । भेरी नगरपालिकामा २ हजार ५ सय३० घर पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार २ सय ३८ घर आंशिक रूपमा क्षति भएका छन् । ६ हजार ७ सय ६८ घरका नागरिकहरू भूकम्पका कारण विस्थापित भएका छन् ।

जुनिचाँदे गाउँपालिकामा ३ हजार ९ सय ७८ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । यो पालिकामा ६३४ घर पूर्ण क्षति भएका छन् भने ३ हजार ३ सय ४४ घर आंशिक रूपमा क्षति भएका छन् ।

कुशे गाउँपालिकामा १ हजार ५सय ४ घर पूर्णरूपमा क्षति हुँदा ३ हजार ९८ घर आंशिक क्षति भएका छन् । यहाँका ४ हजार ६ सय २ घरका नागरिकहरू विस्थापित भएका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका १ हजार ५ सय ५२ घर भूकम्पका कारण पूर्ण रूपमा क्षति भएका छन् भने ४ हजार ५ सय ७४ घर आंशिक रूपमा क्षति भएका छन् । कुल ६ हजार १ सय २६ घरहरूमा बस्दै आइरहेका नागरिकहरू अहिले विस्थापित भएका छन् । सानीभेरी गाउँपालिकामा ३ हजार ७ सय ४१ घरधुरी प्रभावित भएका छन् । जसमध्ये १ हजार २ सय ४६ घरधुरीमा बस्दै आइरहेका नागरिक पूर्ण रूपमा विस्थापित भएका छन् ।
त्रिवेणी गाउँपालिकामा १ हजार ९ सय ३५ घरधुरी विस्थापित भएका छन् । यहाँ १ हजार ९ सय ३५ घरधुरी पूर्ण रूपमा क्षति भएका छन् भने १ हजार २ सय ५८ घरहरू आंशिक क्षति भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?