ट्रेंडिंग:

>> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

नेपालीहरुको साँस्कृतिक चाड तिहार

२६ कार्तिक २०८०, आईतवार
२६ कार्तिक २०८०, आईतवार

तिहारलाई फूलै फूल र झिलीमिली बत्तिको चाड हो भन्ने गरिन्छ । तिहारमा दाईभाईलाई फूलकै माला पहिराईन्छ । अनेक जातका फूलका अनेकथरि बासनाले मन त लोभ्याउँछ नै बासनाले मन आनन्दित बनाउँछ । तिहार आउँदा सबैका घर आँगनमा धेरै थोरै फूल फुलेकै हुन्छन् । आजकल त फूलको ब्यापारै हुन थालेको पनि छ । त्यसैले तिहारलाई फूलै फुलको चाड पनि भनिन्छ । सप्तरङ्गी टीका र नओईलाउने फूलको माला लगाउने चाड हो तिहार । ओखर घाँजी सेल फिनी अर्सा अनरसा खाने चाड हो तिहार । अहिलेपनि कतै दुःख पिडा कतै हाँसोखुसी लिएर आईपुगेको छ– हाम्रा घर आँगनमा यसपालीको तिहार पनि । जाजरकोट र पश्चिम रुकुममा दुखै दुःख छ । आँशु पिडा, भोक र शोक छ । प्रकृतिले पनि दुःख दिन चाडको समय नै कुरेछ । त्यहाँ थुप्रैको ज्यान गएको छ । थुप्रै घाईते भएका छन् । ज्यान गुमाउने प्रति भावपूर्ण श्रद्धान्जली, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछु । दशंैमा मानवकै कारण कतिको ज्यान गएको थियो । यस्तै बिदेशमा पढ्न गएका निर्दोष बिद्यार्थीले अरुको कारणले ज्यान गुमाए । कसैको अझै पत्तो लागेको छैन । यस्तै यस्तै दःुख पिडामा हुने परिवार बाहेक अन्य गाउँ शहर बस्ने परिवारले वर्षदिनमा आउने चाडपर्व संस्कार संस्कृति चलन निभाउनुनै पर्छ । नत्र सबैको जीवन निरश बन्छ ।

अहिले तिहार नजिकिई सकेको छ । नजिकिदै गर्दा बजारमा तिहारकालागि चाहिने सामान किनमेल गर्नेहरुको चहलपहल बढ्ने नै भयो । कपडा पसलदेखि किराना पसलमा खाद्य सामाग्री र सुखा मसला, ओखर, सप्तरङ्गी टीका लिनेको भिडभाड देखिन्छ । बजारमा कुनै बस्तु सस्तो त छैन तापनि संस्कार निभाउन थोरै धेरै किन्नुको बिकल्प पनि छैन । लुगाफाटो त वर्षमा एक दुईपटक किनेर निर्वाह होला तर खाने सामाग्री त दैनिक नभई नहुने बस्तु हो । चाडपर्वमा केही विशेष किनमेल गर्नुपर्ने हुन्छ । तिनै चिजबिज नै हरेक बर्ष महँगिदै गएका हुन्छन् । एकातिर महँगो छँदैछ अर्कोतिर शुद्ध चिज पनि पाईन छाडेको छ । मिसावट नै ब्यापारीको धर्म बनिसकेको छ । त्यसलाई रोक्ने, निगरानी गर्ने सरकारको काम हो । उपभोक्ता हित संरक्षण मञ्चका नाममा खुलेका संस्था पनि छन् तर ब्यथा जेका ते हुनेगर्छ । जव चाड शुरु हुन्छ तव बजार अनुगमन शुरु गरेको नाटक गरिन्छ । मानौ शुद्धता केवल चाडपर्वमा मात्र चाहिने चिज जस्तै । खाद्य सामानमा शुद्धता सधै हुनुपर्छ । अशुद्ध र मिलावटी चिजबिज खाँदा मानिसको शरीरमा के कस्तो असर पर्छ र के कस्ता रोग निम्तिन्छन् भन्नेकुरा स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टरहरु बताईरहेका हुन्छन् बिभिन्न संचार माध्यबाट तर न त प्रयोगकर्ताले सुन्छन् र पत्याउँछन् न ब्यापारीले मिसावट गर्न छाड्छन् । छिटो कमाउने ध्याउन्नामा ब्यापारीहरुमा ईमान्दारीता हराउँदै गएको होकी जस्तो लाग्छ । खाने कुरा तिनै हुन् तर दुषित र हानीगर्ने चिजबिज न मिसाई खान पाएमा सबैको स्वास्थ्य राम्रो हुन्थ्यो भन्नेलाग्छ । आखिर रोग त मिलावट गर्नेहरुलाई पनि लाग्छ । रोग लागेपछि औषधी उनीहरुले पनि गर्नुपर्छ । त्यसकारण अखाद्य कुरा मिलावट नगरेहुन्थ्यो भन्ने हो ।

हाम्रो देश परम्परा, धर्म संस्कृति र जात्रा, पर्वका लागि धनि मानिन्छ । यसैमा गर्ब गर्र्छौै हामीहरु । तिनै चाडपर्व जात्रा, धर्म संस्कृति र परम्परा निभाउँदैमा वर्ष बित्छ । हरेक जातजातीका आ–आफ्नै चाडपर्व संस्कार संस्कृतिहरु छन् । यसरी आउने र मनाउने चाडपर्व कुनै साझा छन्, कुनै अलग जातीका अलग अलग पनि छन् । सबैले सबैको संस्कार संस्कृतिको सम्मान पनि गर्दै आएकै छन् । चाडपर्वले मानिसको जीवनमा नैरास्यपन हटाउँदै ताजगीपन ल्याउँछ भन्ने मान्यता छ । हुन पनि सधै एकनासका कामले जीवन नीरस बनेको बेला चाडपर्वले आपसी भेटघाट गराउँछ । तिहारले दिदी बैनी, दाजुभाईको भेट गराउँछ । दशैंले आफुभन्दा ठूला मान्यजनसंग भेट गराउँछ । तीजले छोरी चेलीलाई माईतीसंग भेट गराउँछ र मनोरञ्जन पनि गराउँछ । आपसी कुराकानी दुःखसुखको आदानप्रदान गराउँछ । बिचार बिमर्श गर्न मद्दत् पुराउँछ । त्यसैले आफ्ना परापूर्वदेखि चलिआएका चाडपर्व सरल ढंगले मनाउनु पर्छ । चाडपर्व आउँदा केही आर्थिक भार त अवश्य बढ्छ, आर्थिक मेरुदण्ड अलिकति बांगिन्छ । तर आर्थिक भार कम कसरी गर्ने र कसरी मनाउने भन्ने कुरा आफनो आयश्रोत र विवेक बिचारमा भरपर्छ । चाडहरु कहिल्यै नटुङ्गिने परापूर्वकालदेखि चलिआएका रीतिरीवाज, परम्परागत संस्कार र संस्कृति हुन् । आफुसंग पैसा छ भन्दैमा चलेको रितिथितीलाई बंग्याउनु पनि हुँदैन । हुने खानेकाको लागि चाडपर्व दिनहुँ हुन्छन् । नहुनेका लागि हो सकस । चाड मनाउन सबैले पर्छ । प्रशस्त पैसा नहुनेले पनि चाडको लागि केही न केही जोहो गरेकै हुन्छ र एकदिन भएपनि मिठो चोखो खाएर आपसमा रमाउँछ । रमाउने अधिकार सबैलाई हुन्छ ।

वास्तवमा हामीले मनाउने चाडपर्वहरु कुनै न कुनै ऐतिहासिक घटनासंग सम्बन्धित छन् र तिनै घटनाको सेरोफेरोले चाडको रुप धारण गरेको छ । त्यो नै परम्परा बनेको छ जस्तो लाग्छ । यिनै चाडपर्वहरुबाट उतिबेलाको समाजको चित्रण अगाडी आउँछ । त्यो समय के कस्तो थियोे भन्ने पनि अनुमान लगाउन सकिन्छ । वास्तवमा चाडपर्वहरु तत्कालिन समाजका ऐना हुन् भन्दा फरक पर्दैन । त्यही ऐनाबाट नै हाम्रा भावी सन्ततीहरुले पूर्व समाजको स्वरुप देख्नेहुन् ।

हाम्रा चाडपर्व मध्ये तीज आफुले मनपराएको वर (शिवजी) प्राप्त गर्न पार्वतीले गरेको तपस्या र सो तपस्याको फलले आफुले चिताएको कुरा प्राप्त गर्न सफल भएको सन्र्दभसंग जोडिएको छ भने दशैं शक्तिकी देबी दुर्गा भवानीका प्रसंगसंग जोडिएको छ । दुर्गाको नवौ दिनसम्म पूजा आराधना गरिन्छ र दशौं दिन दानवहरुको नास गरेर देवताहरुको खोसिएको अधिकार प्राप्त भएको दिन, यानी असत्यमाथि सत्यको बिजय भएको दिनको खुसियालीमा ठूला बडासंग टीका थापेर आशिर्वाद लिने कुरासंग जोडिएको छ । त्यसैगरि तिहार दिदी बैनीले दाजुभाईलाई यमराजबाट बचाएर उनको जीवनरक्षा गरेको प्रसंगसंग जोडिएको छ । दाजुभाइको जीवन रक्षाकालागि दिदीबैनीले सप्तरङ्गी टीका, मखमलीको माला लगाईदिने, मूल ढोकाको संघारमा ओखर फुटाउने, ओखरको घाँजी खुवाउने चलन छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । पौराणिक कथा अनुसार भाई तिहारका बेला मृत्युका देवता यमराजसंग कुनै बहिनीले दाजुको जीवन रक्षाको भीख माग्दै भनेकी रहिछन् “हे यमराज मेरो दाजुलाई अहिले नलैजाउ, मेरो अरु कोही छैन । मैले दाजुलाई कुशाशनमा राखेर दुबोको टुप्पाले तेलको घेरा लगाई संघारमा ओखर फुटाउँछु अनि निधारमा सप्तरङ्गी टीका लगाईदिन्छु, कहिल्यै नओईलाउने मखमली फूलको माला र शीरमा टोपी लगाई ओखरघाँजी खान दिन्छु र अन्य पकवानहरु ख्वाउँछु । त्यसपछि लैजाउँला भनेर यमराजसंग बिन्ती गर्दै अलापबिलाप गर्दै रोईछन् । बहिनीको हालत देखेर यमराजलाई पनि दया लागेछ । यमराजले पनि पछि आउने सर्तमा बहिनीको कुरा मानेर फिर्ता गएछ । यसरी बहिनीले दाजुको जीवनको रक्षा गरेकी रहिछन् । दाजुलाई लिन आएकोे यमराजसंग आफ्नो दाईको जीवन मागेकी र दाजुलाई पूजा गरेर निधारमा सप्तरङ्गी टीका कहिल्यै नओईलिने मखमली र सयपत्रीको माला लगाई सुस्वास्थ्यको कामना गरी मिठामिठा परिकार ख्वाएकोले त्यही बेलादेखि यो पर्वको सुरुवात भएको भन्ने भनाई छ । सोही अनुसार हरेक वर्ष तिहारमा दिदी बैनीले दाजुभाईको पूजा गर्ने टीका माला लगाउने चलन चलिआएको मान्यता छ ।

विशेषगरी तिहार पाँचदिन मनाउने गरिन्छ । पाँच दिनसम्म मनाउने भएकोले तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यमपञ्चकको पहिलो दिन मानव जातीका लागि हितगर्ने र बाली नालीमा लाग्ने किरा फटयाङ्ग्रा खाएर बालीको रक्षागर्ने पंक्षी कागको पूजा गरि खाना ख्वाउने चलन छ । दोश्रो दिन घरको रक्षा गर्ने जनावर कुकुरको पूजा गरि मिठो खाना ख्वाउने, तेश्रो दिन साँझ धनधान्यकी देवी लक्ष्मीलाई आह्रवान गरी घरघरमा झिलिमिली बत्ति बालेर घर उज्यालो पार्ने, पैसा, सुनचाँदी भाँडा बर्तनको पूजा अर्चना गर्ने चलन छ । घरमा पालामा तेल हालेर बत्ति बाल्नाले घर शुद्ध हुनुको साथै घरमा आउने किराफट्याङ्ग्रा मासिने मान्यता छ । तर, आजकल बिजुलीका झलरा लगाएर घर उज्यालो पारिन्छ । देख्दा त असाध्यै राम्रो देखिन्छ तर यसले वातावरण सफा गर्दैन न त किरा फट्याङ्ग्रा नै मर्छन् । तिहारमा थोरै भएपनि तेलकै बत्ति बाल्नु उपयुक्त मानिन्छ । तिहार भनेपछि साँझ देउसी भैलो खेल्ने चलन त छ नै । चौथो दिन लक्ष्मीकै रुप मानेर गाई गोरुको पूजा र गोर्बधन पूजा गर्ने गरिन्छ । त्यसैगरी पाँचौ दिन दिदीबैनीले दाजुभाईलाई पूजा अर्चना गरि सप्तरङ्गी टीका, मखमली सयपत्री फूलको माला लगाईदिने, शत्रुहरुले दाईभाईलाई आक्रमण नगरुन भनेर ओखरको घाँजी खुवाउने र ढोकामा ओखर फुटाल्ने परम्परा रहेको छ । समग्रमा भन्दा तिहार दिदी बहिनी र दाजुभाई बीचको प्यार स्नेह र बलियो सम्बन्ध बनाउने चाडको रुपमा लिईन्छ ।

हाम्रा हरेक चाडपर्वहरुका आ– आफ्नै बिशेषता, चालचलन छन् । चाडपर्व नयाँ लुगा लगाउने, मिठा खानेकुरा खाने, आफन्त, इष्टमित्रसंगको भेट, हाँसो ठट्टा गर्ने, दुःख सुख बाँड्ने, आपसी सम्बन्ध बलियो पार्नेे, बिस्तारिदै गएको सम्बन्धलाई पुनर्ताजगी गर्ने परम्परा बनेको छ । तीज, दशैं, तिहार, छठ, जनैपूर्णिमा (तराईमूलमा राखी) लगायतका चाडहरु परापूर्वकालदेखि यस्तै किसिमले मनाउँदै आईएको छ । हरेक चाडपर्वमा गाइने गीत नाचगान फरकफरक छन् । त्यस्तै हरेक चाडका खाने परिकारहरु पनि फरकफरक छन् । कुनै चाडमा खवाखीर खाजा, कुनैमा काँक्राको अचार, च्युरा मासु, सेल, फलफूल, कुनै चाडमा ओखर घाँजी, सेल फिनी झर अनरसा आदी इत्यादी । तिहारमा सेल, फिनी, अर्सा, अनरसा, तील, ओखरका परिकार बन्छन् ।

सबै चाडपर्व मनाउनु र संस्कारहरु निभाउनु रमाईलो पक्ष हो । त्यसमा अनेकथरि सरसामानको जोहो गर्नुपर्ने हुन्छ । ति सामान किन्ने ठाउँ भनेको शहर बजारका पसल वा हटिया नै हुन् । तिनै पसले साहुकहाँबाट आफुलाई चाड मान्न चाहिने सरसामान र लत्ताकपडा किन्नुपर्छ, सक्नेले नगदमा किन्छन् भने नसक्नेले उधारो लैजाने गर्छन् । उधारै लगेर भएपनि चाड सबैले मनाउँछन् । पैसाको जोहो भएपछि वा अन्नपात भित्राएपछि गएर तिर्छन् वा साहुहरु आफै उधारो उठाउन पनि आउँछन् ।

चाडपर्व मनाउने र उधारो उठाउने सम्बन्धमा एउटा पुरानो कहावत छ । म सानो छँदा सुनेको कहावत “तीज आयो, दशै.आयो, तिहार आयो, नेवार आयो’ । यो उखान नेवार जातिलाई होच्च्याउने तरिकाले पक्कै बनेको होईन र होच्याउने अर्थमा बुझ्नु पनि हुँदैन । यो पूर्वजहरुले उतिबेलाको समय सन्दर्भमा आफुले भोगेको कुरालाई शब्दमा ब्यक्त गरेको यथार्थ हो भनेर बुझ्नु उचित होला । किनभने उतिबेला ब्यापार ब्यवसाय गर्ने जातमा नेवारहरु नै हुन्थे । गाउँठाउँका हटियामा होस वा शहर बजारमा होस– ठूला साना ब्यापारी र पसले सबै नेवार जातीकै नै हुन्थे । सामान उनीहरुसंग नै किन्नुपथ्र्यो । तिनीहरुसंगको किनमेलले गाउँबासीको एक आपसमा चिनजान बढ्थ्यो । चिनजान भएको नाताले उधारो एेंचो पंैचो पनि चल्थ्यो । उतिबेलाको समय आजभोली जस्तो थिएन । नगद पैसा हुँदैन्थ्यो । नगदी कारोबारको काम हुन्नथ्योे । अन्नपात र घीउ दिएर सरसामान लिने गरिन्थ्यो । घिउ अन्नपात लिएर पसलमा बेच्थे अनि आफुलाई चाहिने नुनतेल, मरमसाला, लत्ताकपडा ल्याउँथे । यदि त्यो पनि छैन भने साहुसंग उधारो सामान लिएर पछि तिर्ने सर्तमा चाड मनाउँथे । अहिले धेरै काम नगदमा हुन्छ । फरक त्यति मात्र हो । जव चाडपर्व सकिन्छन् तिहार पनि सकिन्छ, अनि साहुहरु उधारो लगेका घरघर पैसा, अन्न उठाउन पुग्थे । अन्न स्याहार्ने बेला तिहारपछि वा आसपास नै हुन्थ्यो, घीउ सँगाल्ने काम पनि चाडपर्वको समाप्ति पछि नै हुने गथ्र्यो । त्यसैले ब्यापारीले उधारो असुल्ने काम पनि अन्नपात स्याहारे पछि गर्थे । नगद लेनदेन गर्नेको कुरै गर्नु परेन । उधारोमा सामान लिएर काम चलाउनेले अन्न स्याहारेपछि, घिउ सङ्लेपछि साहु बुझाउँथे । अथवा साहुहरु आफै उधारोको रकम उठाउन घरघर पुग्थे । त्यसैले त्यो उखान, तीज आयो, दशैं आयो, तिहार आयो नेवार आयो वनेको हुनुपर्छ । चाडपर्व मान्नु मनाउनु खुशीको कुरा हो । तर विकृति भित्राउनु खराव पक्ष हो । जस्तो दशैमा दुर्गाका स्थायी मन्दिरमा पूजा गर्नुको साटो परम्पराको नाममा लाखौं रुपैयाँ खर्चेर अस्थायी मूर्ति स्थापना गरी नौ दिन पूजा गर्नु र दशौँ दिनमा बोकेर नदी तलाउमा सेलाउन बाजागाजासहित जानु के यो राम्रो पक्ष हो त ? एक त नदीहरु प्रदुषित बन्छन् भने अर्को जहिले पनि मूर्ती सेलाउन लैजाँदा कुनै न कुनै घटना भएकै हुन्छन् । परम्परा थाम्ने नाममा असल कुरा अगाल्दै र खराव कुरा छाड्दै पनि जानु उपयुक्त हुन्छ । सबैले चलिआएको परम्परागत संस्कृतिका खराव कुरा छाड्दै र राम्रा कुरा अगाल्दै अगाडी जाने हो । आफ्ना चालचलन, संस्कार संस्कृतिमाथि अतिक्रमण हुन नदेउँ । चाड मनाउँ । रमाईलो गरौ तर अरुलाई बाधा अडचन नपार्नेगरी मनाउँ । हाम्रो परम्परागत चाड तिहार र मधेशबासीको चाड छठको सबैमा हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?