ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
खेलकुद
नेपाल केम्पो काई संघ लुम्बिनी प्रदेशको अध्यक्षमा राजकुमार पाण्डे

दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड

११ आश्विन २०८०, बिहीबार २०:५२
११ आश्विन २०८०, बिहीबार २०:५२

बुटवल, ११ असोज। अन्तराष्ट्रिय केम्पो काई संगठन अन्तरगत नेपाल केम्पो काई संघको लुम्बिनी प्रदेशको प्रथम अधिवेसनबाट राजकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति गठन भएको छ । मार्शल आर्टका खेलाडीहरुको अगुवाईमा बिहिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कुमार शाही, सचिव प्रकाश गैरे, कोषाध्यक्ष सृष्टि श्रेष्ठ, सदस्य गणेश कुवर, सम्भु मुसहर, नवराज खरेल, अदित विक, दान बहादुर सोमै, टिना थापा, सुजन कुमाल सर्वसम्मत भएका हुन ।

कार्यक्रममा कार्यवाहक केन्द्रीय अध्यक्ष नाराज बहादुर खड्का (हरि) ले राष्ट्रिय खेलकुद परिषदमा २०६९ मा दर्ता भएको संघ मार्शल आर्ट खेल विकासमा लागेको बताए । बुदो मार्शल आर्टका रुपमा चिनिन्छ जुन तरबारको धारजस्तै शिक्षा बन्ने खेलका रुपमा यो खेलको नामाकरण भएको उनले बताए । कुल ४ वटा विधाहरु रहेको खेलमा जुहो काता जुहो सेल्फ डिफेन्स, काता र गुन्द्रीको चोहो काट्ने (तातामी) तथा १४ वर्षभन्दा मुनि महिलामा खुट्टामा सुरक्षा कवचसहित खेल्दा कम्मरभन्दा मुनि हान्न नपाउने, मुखमा हान्न नपाईने, यसैगरि १४ वर्षभन्दा माथिका भने कम्मरभन्दा तल हान्न पाउने पोईन्टको आधारमा खेलिने उनले बताए । यो खेलका विभिन्न देशमा ६७ जना खेलाडीहरु प्रशिक्षण गराउदै आएको छ भने नेपालमा ३७ बढि केन्द्रीय प्रशिक्षकहरु रहेको उनले बताए । बाहिरी देशमा राम्रो खेलको प्रचार रहेको भन्दै उनले देशभित्र नै विस्तार गरि प्रभावकारी बनाउने तयारीमा रहेको बताए । दक्ष जनशक्ति निर्माणमा जोड दिदै प्रशिक्षक र खेलाडी तयारीमा आफुहरु लागेको उनले बताए । नेपालमा रहेको १७ वटा सामुराई खेलाडीहरु रहेको बताए । यो खेललाई प्रर्दशन खेलको रुपमा मान्यता पाउने गरि अघि बढाउने तयारी समेत रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका कार्यवाहक सदस्य सचिव नरेन्द्र थापाले खेलकुदलाई उचाईमा पुर्याउन खेलाडीको अनुसासन महत्वपुर्ण हुने बताए । पुर्व खेलाडीका रुपमा नेपालबाट धेरै प्रतियोगितामा भाग लिएको अनुभवहरु सुनाउदै उनले खेलाडीको समस्याबारे आफुलाई राम्रो जानकारी भएको बताए । नेपाली खेल र खेलाडीको विकासको गति लिन नसकेको दुखेसो गर्दै थोरै लगानीमा धेरै उपलब्धीहरु प्राप्त भएको दाबी गरे ।

कार्यक्रममा जापान गुजोरिया कराते डो मिसनका चिफ कोच केबी राना काजीले २०७७ को राखेपको ऐन अनुसार पाच वटा प्रदेशमा संघ गठन अनिवार्य अनुसार सबैजसो खेल सम्बद्ध संस्थाहरु अघि बढेको बताए । खेलमा लागेर अनुसासित बन्न सिकाउने, कुलतबाट बचाउने भन्दै उनले मार्शल आर्टका सबैजसो विधामा सिकाई एउटै हुने बताए । राष्ट्रपति र राष्ट्रिय खेल प्रतियोगितामा यो खेललाई समावेश हुने गरि अगाडि बढ्न उनले सुझाव दिए । खेलबाट अन्तरास्ट्रिय पहिचान हुने उदाहरण दिदै उनले खेलाडीको हितमा सरकारको योजना आउनुपर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष राजकुमार पाण्डेले मार्शल आर्टको खेल विकासमा अघि बढाउन संगठित हुन जरुरी रहेको बताए । दशौ राष्ट्रिय प्रतियोगितामा खेलाडी तयार हुने गरि प्रदेशमा खेलाडी उत्पादनमा जोड दिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?