ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
विचार

विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ?

११ आश्विन २०८०, बिहीबार ०४:५५
११ आश्विन २०८०, बिहीबार ०४:५५

प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । हाम्रो देशमा पनि सेप्टेम्वर २२ देखि २८ सम्म रेविज सप्ताह बिभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ । प्रत्येक बर्ष विश्व पशु स्वास्थ्य संगठनले विभिन्न नारा का साथ दिवस मनाउन अभिपे्ररित गर्दछ ।

यो बर्ष सन २०२३ को नारा रेबिज नियन्त्रण, एक स्वास्थ्य– एक गन्तव्य रहेको छ । यसै सन्र्दभमा निशुल्क रेबिज खोप जनचेतना कार्यक्रम, स्कुल शिक्षा, प्रभातफेरी जस्ता सचेतनाका कार्यक्रम संचालन गर्ने गरिन्छ । रेबिज रोग के हो र यसबाट बच्न के गर्नुपर्छ भन्ने बारेमा केही जानकारी दिनु सान्दर्भिक हुन आउँछ । पशुबाट मानिसमा सर्ने धेरै रोगहरूमध्ये सबैभन्दा डरलाग्दो प्राणघातक रोग नै रेबिज हो । रेब्डो भाइरस ( विषाणु) बाट लाग्ने यो प्राणघातक रोगले केन्द्रिय स्नायु प्रणालीमा असर गरि असामान्य लक्षणहरू देखापर्दछ । त्यसैले यस रोगबाट बच्न समयमा ध्यान नदिएमा ज्यानको खतराको साथसाथै ठूलो धनजनको क्षसत हुन सक्दछ । यो रोग लागेर लक्षण देखिएपछि यसको कुनै उपचार छैन । विश्वमा वर्षेनि करिब ३० हजारदेखि ५५ हजार ब्यक्तिको यो रोगका कारण मृत्यु हुने गरेको छ । यसमध्ये १५ वर्ष मुनिका बच्चाहरूको संख्या ३० देखि ५० प्रतिशत रहेको छ भने लाखौ व्यक्तिले रेबिजको पोष्टबाइट खोप लिएको तथ्यांक छ ।

रेविज कसरी सर्दछ ?
यो जुनोटिक रोग हो । रोग सार्ने जनावरमा प्रमुख रूपमा बहुला कुकुर नै विशेष गरि प्रमुख रहन्छ । यसबाहेक जंगली मांसाहारी जनावर स्याल ब्वांसो, फ्याउरो, न्याउरीमुसा आदिको टोकाईबाट पनि यो रोग सर्दछ । एउटा बहुला कुकुरले घरपालुवा सयौंको संख्यामा पाल्तु जनावर र मानिसलाई टोकेर आक्रान्त बनाउन सक्छ । त्यसैले यस सन्दर्भमा जनसमुदाय, कुकुर पाल्ने कुकुरपालकहरू बढी चनाखो हुनु जरुरी छ । हाम्रो देशमा सामान्यतया रेविज रोग दुईवटा चक्रबाट सरेको पाईन्छ ।

१) छाडा सामुदायिक कुकुरहरू
छाडारूपमा रहेका कुकुर जो बाँच्नको लागि सिनो तथा फोहोर थुपारेको स्थानमा खानाको लागि भौतारीरहेका हुन्छन् । त्यस्तै मासुको अव्यवस्थित पसलहरू भएको स्थानमा मासुको टुक्राहरू, हड्डीहरूको उचित व्यवस्थापन नभएको स्थान तथा सामुदायिक कुकुरलाई मासु काट्ने स्थानमा मासु, हड्डी फ्याँकीदिने गर्दा मासु पसलको वरिपरी प्रायःगरी सामुदायिक कुकुर देख्न सकिन्छ । त्यस्तो समूहमा रेबिज संक्रमण हुन सक्ने र रेविज रोग लाग्न सक्ने तथा यिनीहरूबाट अन्य पशु वा मानिसलाई टोकेमा रेविज रोग लाग्न सक्दछ ।

२) जंगली मांसाहारी जनावर
बिहानी सत्रको हिँडाइमा, वन जंगलमा घाँस दाउरा लिन जाँदा, मठ मन्दिर, पार्कमा घुम्न जाँदा तथा सडकमा हिडिरहेको बेला जंगली जनावर जस्तै स्याल, ब्वाँसो आदिले टोकेमा वा चिथोरेमा पनि यो रोग सर्न सक्दछ ।
लक्षणहरू :
रोग सर्ने अवधि १४ दिनदेखि दुई महिनाभित्र रोगको लक्षण देखापर्दछ । तर कहिलेकाहीँ दुई महिनापछि पनि रोगको लक्षण देखापरेको पाईएको छ । मानिसलाई यो रोग लागेमा पानीदेखि डराउने भएकोले यसलाई हाईड्रोफोबिया पनि भनिन्छ । तर पशुमा यस्तो अवस्था देखिंदैन । पशुहरूमा विभिन्न अवस्थाबाट यो रोग लाग्न सक्दछ । कुकुर तथा जंगली जनावरमा कस्ता लक्षणहरू कसरी देखिन्छन् भन्ने वारेमा उत्सुकता हुनु स्वभाविकै हो । त्यसैले यस सम्बन्धमा केही चर्चा गर्नु सान्दर्भिक हुन्छ । यसका ती अवस्थाहरू हुन्छन् ।

१) प्रथम अवस्थाः लाटो रूप
वसाई हेराई र दैनिक चालचलनमा परिवर्तन हुन्छ ।
विरामी जस्तो देखिन्छ ।
मालिकले भनेको मान्दैन् र एक्लै वस्छ ।
धेरै चन्चल देखिने वा एउटा कुनामा गएर वस्छ ।

२) दोस्रो अवस्थाः उत्तेजित रूप
कुकुर दौडिन थाल्छ ।
बाटोमा पशुलाई वा मानिसलाई टोक्दै भाग्छ र ¥याल काट्छ ।
भुकी रहन्छ र लामो दुरीसम्म दौडिरहन्छ । यो अवस्था अत्यन्त खतरनाक हुन्छ ।

३) तेश्रो अवस्थाः पक्षघात रूप
मांसपेसीमा पक्षघात हुने ।
प्रशस्त रयाल काढ्ने
अनौठो तरिकाले भुक्ने
टाउको झुकाउने, जिव्रो बाहिर निकाल्ने ।
हिड्न नसक्ने ।
रोगलागेको ४–१० दिनमा मृत्यु हुने गर्दछ ।
गाईभैंसीहरू यो रोगबाट चांडै नै प्रभावित हुन्छन् । रोग सर्ने अवधि दुईदेखि १० हप्तासम्मको हुन्छ । तर, बहुला कुकुर वा जनावरले मस्तिष्कको जति नजिक टोकेको छ, त्यति चांडै यो रोग देखापर्दछ ।
लक्षणहरूः
तर्सिने, कुनैपनि वस्तुलाई हान्न खोज्ने ।
अनौठो तरिकाले कराउने ।
¥याल काडिरहने, दांत किटकिटाउने ।
मांसपेशीमा कम्पन हुने ।
दानापानी नखाने
भुई ख्रोस्रने ।
गुद्दारमा पक्षघात देखिदे आदि ।
तुरुतुरु पिसाव गरि रहने, नउघ्राउने, आंखा रातो देखिने हुन्छ ।

रोगबाट बच्ने उपाय :
१. कुनैपनि शंकास्पद वा वहुला कुकुरले टोकेमा तुरुन्तै मनतातो वा सावुन पानीले घाऊ सफा गर्ने । एन्टिसेप्टिक झोल लगाउने ।
२. पाल्तु कुकुरलाई ३ महिना पुगेपछि अनिवार्यरूपमा रजिष्टर गरी पशु चिकित्सक वा आधिकारिक व्यक्तिसंग वा नजिकको स्थानीय पशु सेवा शाखामा लगि रेविजविरुद्धको सुई दिनुपर्छ । प्रत्येक बर्ष रेबिज बिरुद्ध खोप दिनुपर्दछ ।
३. घरपालुवा कुकुर वा पशुलाई जंगली जनावरबाट टाढा राख्नुपर्छ ।
४. कुनै पनि कुकुरले मानिस वा जनावरलाई टोक्दै हिंडेमा त्यसलाई नमारीकन १० दिनसम्म नियन्त्रणमा राख्नुपर्छ ।
५. बहुला कुकुर स्यालले पशुलाई टोकेमा खोप पशु चिकित्सकको सल्लाह अनुसार दिनुपर्छ ।
६. नआत्तिकन मानिसलाई जति सक्दो चाँडो अस्पताल वा चिकित्सक कहाँ पुराउनुपर्छ । र, सल्लाह अनुसार खोप लिनुपर्छ ।
त्यसैले कुकुर पाल्ने कृषकले आफुले पालेको कुकुरलाई घरको एक सदस्यको रूपमा पालनपोषण गरौं ।
घरपालुवा कुकुरलाई खुलारूपमा सडकमा नछोडौं ।
रेविजविरुद्धको खोप समयमा नै स्थानीय पशु सेवा शाखामा वा पशु चिकित्सकको सल्लाह अनुसार खोप दिने वानी बसालौं ।
एकजनाको सानो गल्तीले समुदायका धेरैले दुःख पाउने, पशु वस्तु तथा मानिसको मृत्यु हुन सक्ने र ठूलो आर्थिक नोक्सानी हुने हुँदा समयमा नै सचेत बनौं ।
शहरको सडकमा भुस्याहा कुकुरको विगविगी कम गराउन सदैव होसियार बनौं ।
आफ्ना कुकूरलाई घरमा सिक्रीले बाँधेर भुस्याहा कुकुरबाट जोगाऔं ।

रेविज रोग नियन्त्रणः
रेविज रोग नियन्त्रण गर्न स्वास्थ्य शिक्षामा ध्यान दिने, सम्पूर्ण कुकुरलाई भ्याक्सिनेसन गर्न अभियानको रूपमा खोप संचालन गर्नुपर्दछ । कुकुरको संख्या नियन्त्रण गर्न प्रजनन्मा नियन्त्रण गर्नुपर्दछ । हाम्रो स्थानिय सरकार यस सन्दर्भमा दीर्घकालीन, मध्यकालीन नीति तथा योजनाहरू बनाउन खासै ध्यान नदिनु, बढ्दो जनसंख्या, रुढीवादी परम्परा तथा जनचेतनाको कमीले गर्दा यो रोग नियन्त्रणमा थप समस्या देखिएको छ । सामुदायिक भाले तथा पोथी कुकुरको स्थायी बन्ध्याकरण गर्ने कार्य मात्रै पनि गर्न सके र फोहोर व्यवस्थापन गर्न सके सामुदायिक कुकुरको नियन्त्रणमा सहज हुनेछ । स्थानीय सरकारबाट पनि आम नागरिकलाई यस सम्बन्धमा जानाकारीमूलक सूचना प्रवाह गरि नगर र गाउंmलाई भयमुक्त बनाउन रजिष्टर पशु चिकित्सक, बिज्ञ वा तालुक निकायसंग समन्वय गरि कार्य गरेमा रेविजलाई इतिहासमा मात्र सीमित गर्न कुनै कठिनाई हुनेछैन् । यसका लागि सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।
(लेखकः कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका पुर्व महाशाखा प्रमुख हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?