ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण

११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

लमही (बुटवलटुडे), ११ असोज । पश्चिम दाङ जोड्न सडक खण्डबीचमा बजेट परेका पुल निर्माण कार्यको प्रक्रिया अघि बढेको छ । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु बर्ष २०८०/०८१ कालागि पश्चिमका बिभिन्न ९ वटा खोलामा पुल निर्माणका लागि बजेट बिनियोजन गरेका छन् । सोही अन्तर्गत गहतेखोला–हापुरे सडक खण्ड अन्तर्गत पातेटाकुरा खोलामा ‘स्वाइल टेष्ट’ गर्ने काम भइरहेको छ ।

सडक पूर्वाधार विकास कार्यालय दाङले उक्त खोलामा स्वाइल टेष्ट गरेको हो । एकातर्फको स्वाइल टेष्ट गर्ने काम भइसकेको र बाँकी अर्को तर्फको पनि स्वाइल टेष्ट गर्ने काम अघि बढेको छ । स्वाइल टेष्ट गर्ने जिम्मा पाएको अग्नी बोरिङ स्वायल टेष्टका प्रतिनिधि कमल दाहालका अनुसार अबको दुई दिनमा उक्त खोलामा स्वाइल टेष्ट भइसक्छ । त्यसपछि बबई गाउँपालिकामा पर्ने ट्वाङखोलामा स्वाइल टेष्ट हुने उनले बताए । यी दुबै खोलामा सर्वे पनि भइसकेका छ । पश्चिम दाङका बिभिन्न खोलामा ९ वटा पुलकालागि बजेट परेको छ । अन्य खोलामा पानीको वहाव कम हुने वित्तिकै सर्वे हुने इञ्जिनियर शुसिल अधिकारीले बताए । उनका अनुसार दशै तिहारको समयमा अन्य खोलामा पनि सर्वे र स्वाइल टेष्ट हुन्छ । ‘अर्थ मन्त्रीले जति सक्यो छिटो काम अघि बढाउने भन्नु भएको छ’, इन्जिनियर अधिकारीले भने‘सोही अनुसार हामीले काम गरिरहेका छौं ।’

मन्त्री मास्कीले रिम खोलीमा बेलीवृज पुलकालागि ५० लाख, तिनतलेमा बेलिबृज पुल निर्माणकालागि ५० लाख भांगावारीमा बेलिबृजकालागि ५० लाख बजेट छुट्याएको मन्त्री मास्कीले बताए । त्यस्तै तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर १ भमके खोलमा पुल निर्माणकालागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणकालागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि १ करोड, बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणकालागि ७५ लाख बजेट परेको छ ।

त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणकालागि १ करोड ५० लाख,पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणकालागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणकालागि १ करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए । यी खोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । तर, अब ति खोलामा पुल बनेपछि ती समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?