ट्रेंडिंग:

>> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सस्कृति संरक्षण समाज बुटवललाई उपाधि >> साना किसान कृषि सहकारीको १९ औँ साधारण सभा >> स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. गोविन्द केसीको माग >> गैरीखुट्टा–रुपन्देही समाज गठन >> सर्भिस लेनको डिजाईन फेर्न बुटवल उपमहानगरले ग–यो यस्तो प्रस्ताव >> टेम्पो सञ्चालनमा स्थानीय सरकारको ज्यादतीः ब्यवसायीले गराए दलहरुको ध्यानाकर्षण >> रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे चयन >> दाङ—रुपन्देही सम्पर्क समाज गठन >> केपी ओली कप : गण्डकी र लुम्बिनी तथा मधेस र पुलिस क्लब खेल्दै >> सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै >> गुल्मीमा सत्यवती मेला >> रित्तिदै गाउँ, ६० प्रतिशत गाउँबाहिर, उब्जाउ भूमि बाँझै >> लायन्स स्टार्सद्वारा सहयोग >> रोकिएनन् महिलामाथिको हिंसा
विचार

समाज विकासको मुख्य आधार नै असल संस्कार

९ आश्विन २०८०, मंगलवार १८:२२
९ आश्विन २०८०, मंगलवार १८:२२

मानव समाजमा धर्मको प्रवद्र्धन गर्न र अधर्म झाङ्गिन नदिन हाम्रा ऋषिमुनिहरूले संस्कार र सस्कृतिको आवश्यकता र महत्व देखे । त्यस अनुरुप उनीहरूले संस्कारको विकास गरे, अनि त्यसको विश्वव्यापी प्रसारण समेत गरे । वैदिक मान्यतामा संस्कार नै त्यो तत्व हो जसले एउटा मानिसलाई सुसंस्कृत बनाउन सक्छ । संस्कारको अभावमा सुसंस्कृत समाज निर्माण हुने कल्पना पनि गर्न सकिँदैन ।

संस्कृतिको अर्थ देश, जाति, समुदाय आदिको पहिचानलाई संकेत गर्दछ । संस्कृतिले देशका सबै जाति, धर्म, समुदायलाई यसको संस्कारका बारे सचेत गराउँदछ । जसका कारण तिनीहरू जीवनको आदर्श र नैतिक मूल्यहरू अनुसरण गर्न र राम्रो भावना विकास गर्न प्रेरित हुन्छन् । सुहाउँदो विचारहरू, कला, शिल्प, वस्तुहरू आदि एक देशको मूल संस्कृति भनिन्छ । व्यक्ति नै विश्व संस्कृतिको मुख्य आधारशिला हो । व्यक्तिको निर्माण उत्कृष्ट हुन नसके, समग्र समाज र विश्व उत्कृष्ट बन्न सक्दैन । अनि संस्कार नै त्यस्तो चीज हो जसले व्यक्तिको व्यक्तित्वमा सबभन्दा ठूलो प्रभाव पार्दछ । संस्कार नै व्यक्तिमा लगभग स्थायी प्रकारले बस्ने गर्छ अथवा जन्मजात रुपमा नै विकास हुने गर्दछ । हुनत मानिसले ठाउँ सर्दै जाँदा वा नयाँ शिक्षा, दीक्षा र संस्कारको सम्पर्कमा आउँदा आफ्ना संस्कारहरू परिमार्जन गर्दै लैजाने हुन्छ र संस्कारको परिवर्तनसँगै उनीहरुको संस्कृतिको पनि परिवर्तन हुँदै जान्छ, तर पछि–रोपेको संस्कार बाल्यकालदेखि नै रोपेको संस्कार जति टिकाउ नहुन सक्छ । त्यसैले, उचित संस्कारको विकास गर्न र सुसंस्कृत मानवको निर्माण गर्न बाल्यकालदेखि नै एउटा मानिसलाई तदनुरूपको संस्कार दिएर हुर्काउन आवश्यक हुन्छ । त्यो अर्थमा यदि हामीले हाम्रा बालबालिकालाई विद्यालयले कोही होनहार व्यक्ति बनाएर निकालिदिनेछन् भनेर सोच्छौं भने त्यो एक अधुरो सोच हो । त्यो कार्यको थालनी उनीहरू विद्यालय जानुभन्दा धेरै पहिल्यै देखि भएको हुनु पर्छ ।

विद्यालयमा पुगेका विद्यार्थीहरुलाई शिक्षा र सीप दिन सहज छ भने संस्कार दिन निकै कठिन छ । मानिसको संस्कारको प्रधान आधारशिला त घर–परिवार नै हो । बालबालिकालाई घरमा शिक्षा दिन नसक्ने वा परिवारले पनि संस्कार अवश्य दिन सक्छ र दिएको हुन्छ । वास्तवमा परिवार र समाजले बालिकालाई संस्कार त अनिवार्य रूपमा दिइ नै रहेका हुन्छन् खाली राम्रो संस्कार दिए वा दिए भन्ने मात्रै फरक हो । त्यसैले राम्रो संस्कार नयाँ पुस्तामा स्थापित गर्न घर, समाज र लय सबैको प्रयास आवश्यक पर्छ । त्यो भएर पनि आज शिक्षाको होडमा लागेका हामीले संस्कारको महत्वलाई भुलेका छौं । हामीले सफल मान्छे उत्पादन गरेका भएर पनि सहज मान्छे बनाउन सकेका छैनौँ । तार्किक मान्छे बनाउन सकेका भएपनि हार्दिक मान्छे बनाउन सकेका छैनौँ । वैभवको महत्व बढाउन सकेका भए पनि मानवको महत्व बढाउन सकेका छैनौँ ।

संस्कारको महत्वबारे लामो चिन्तन गरेका विद्वानहरू भन्छन्, आगामी पुस्तामा मानवीय मूल्यलाई महत्व दिने संस्कार स्थापित गर्न हालको परिवार, समाज र विद्यालयहरुमा संस्कार स्थापित गराउन आवश्यक छ । बालबालिकाको सर्वाङ्गीण विकासमा ध्यान दिन आवश्यक छ । यो सन्दर्भमा, नैतिक विकास, चारित्रिक विकास, ज्ञानको विकास, भावनाको विकास, स्वयं मनोविज्ञानको विकास, आदिको संयोजन गरेर शिक्षालाई एउटा सुसंस्कृत र असल मान्छे बनाउन प्रयोग गर्ने विचार राख्दै लेखिएको ‘सुसंस्कारका सूत्रहरू’ भन्ने सरल र सहज तथा मननयोग्य छ । त्यो लेखको सार नै सफल मान्छे बनाएर पुग्दैन असल मान्छे बनाउन सक्नुपर्छ, जीविकाको स्तर बढाएर पुग्दैन जीवनको स्तर बढाउन सक्नुपर्छ, भन्ने छ । अनि त्यो गर्न बाल्यावस्थादेखि नै उचित संस्कारको बीजारोपण गर्नुपर्छ भन्ने छ । समाजमा एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै जेजस्ता विधि, प्रविधि, विश्वास, मूल्य, मान्यता र बानीलाई पुस्तौँसम्म टिकाइरहेको हन्छ त्यो परम्परा हो । परम्परा संस्कारभन्दा फरक हुन्छ । संस्कार व्यक्तिगत हुन्छ र त्यसको जरो चिन्तन, आस्था र विश्वासको गहिराइमा हुन्छ भने परम्परा अक्सर सामूहिक र सामाजिक प्रकारको हुने गर्छ । संस्कारको जरो व्यक्तिको आन्तरिक क्षेत्रमा गाडिएको हुन्छ भने परम्पराको जरो व्यक्तिभन्दा बाहिरको सामाजिक परिवेशमा गाडिएको हुन्छ । त्यसैले, संस्कार आत्मैदेखि मानिने र अपनाइने विषय हो भने परम्परा सामाजिक कारणले धानिने कुरा हो । हामी कतिले वैदिक संस्कार खासै अपनाउँदैनौ, तर परम्परा भने सजिलै धानिरहेका हुन्छौं ।

संस्कार एवं सस्कृतिको विरोध गर्दै धर्मलाई गाली गरी नथाक्नेहरुले धर्म संस्कारका नियमहरुको गहिराईलाई राम्रोसँग बुझ्न आवश्यक छ । यद्यपि चाड पर्वका कतिपय कुरितीहरुलाई परिमार्जित गर्दै अवलम्बन गर्न सक्नु हाम्रो दायित्व हुन आउँछ । जसले गर्दा भावी पुस्ताले आफ्नो संस्कारलाई सहजरुपमा ग्रहण गर्न सक्छन् । परिष्कृत सभ्य समाजको विकास गर्न हरेक नागरिक सचेत भई आफ्नो धर्म संस्कारलाई अंगिकार गरेमा अवश्य पनि मानव सभ्यताको समृद्धिमा कोसेढुङ्गा सावित हुनेछ । असल संस्कार नै समाज विकासको आधारशीला हो । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?