ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
अर्थ

आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने

९ आश्विन २०८०, मंगलवार १५:५१
९ आश्विन २०८०, मंगलवार १५:५१

काठमाडौं, ९ असोज ।

नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार नेपाल एलपी ग्याास उद्योग संघको २८ औं वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।

‘धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ । कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने व्यवस्था छ, निगम यसमा प्रतिवद्ध छ’ उनले भने ‘अब जनतालाई नै ओनरसिप बनाउने हो ।’ विभिन्न प्रक्रियागत तयारीहरू गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सेयरधनी बनाउन केही समय लाग्ने उनले बताए ।

निगमले गत असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब नाफामै सञ्चालन हुने उनले बताए ।गत आर्थिक वर्ष पनि निगम नाफामा रहेको उनले जानकारी दिए । सबैलाई सहज रुपमा इन्धन आपूर्ति गर्न निगमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले गाली गरेर मात्रै नहुने उनको भनाइ छ । ‘सबैले निगमप्रति ओनरसिप लिनको लागि पनि आईपीओ जारी गर्नैपर्छ’ उनले भने ‘व्यवसाय स्टेक होल्डरहरुलाई पनि दिने र केही आम जनतामा दिनेगरी तयारी गरिरहेको अवस्था छ ।’

ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नरहेको थानीको भनाइ छ । सरकारले व्यवसायीका माग समयसापेक्ष रुपमा सम्बोधन गर्ने बताए । ‘व्यवसायीका केही मागहरु सम्बोधन गर्नुपर्ने छ । मागहरु सञ्चालक समितिमा अड्किएर बसेका छन्’ उनले भने ।

नेपाल एलपी ग्याास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्याासको मूल्य अचानक बढ्दा व्यवसायीलाई समस्या भइरहेको बताए । उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात र मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याास उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताए । ग्यास उद्योगीलाई प्रतिसिलिण्डर नाफा १० वर्ष अगाडिजत्तिकै ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?