ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
सुरक्षा÷अपराध

दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो

९ आश्विन २०८०, मंगलवार १३:५८
९ आश्विन २०८०, मंगलवार १३:५८

दाङ, ९ असोज ।

पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका –९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको यात्रुबाहक बस आज (मंगलवार) बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । बसमा चालक सहित ४० जना यात्रु रहेकोमा २२ जना घाईते भएको र १८ जना सकुशल रहेको उनले जानकारी दिए ।

घाइतेहरुको पहिचान भएको छ । थप उपचारको लागि मेडिकल कलेज कोहलपुर, सैनिक अस्पताल राँझा बाँकेमा लगिएको छ । घाइते हुनेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका २ का ६८ वर्षीय गंगा देवी पुलामी, सोही ठाउँ निवासी निजको छोरा वर्ष ४० को खगेन्द्र पुलामी, सोही ठाउँ निवासी १९ वर्षीय पवन खत्री, सोही ठाउँका ३० वर्षका सुनाईल थापा, गाडी मालिक सुर्खेत विरेन्द्रनगर नगरपालिका –२ का ३६ वर्षका जितेन्द्र भट्टराई, बर्दिया गुलरीया नगरपालिका –६ बस्ने ३७ वर्षका तिलक सुनारलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लगिएको छ ।

त्यसैगरी सुर्खेत भेरी गंगा नगरपालिका ७ का ३८ वर्षका रखबिर बस्याल, सुर्खेत लेकबेसी –७ का २३ वर्षका शेरबहादुर रावत, दैलेख गुरासे –७ का २३ वर्षका प्रदिप बिसी, दैलेख डुल्लु –११ का ३९ वर्षका गणेश बहादुर शाही, दैलेख डुल्लु –११ का २२ वर्षका छविलाल बिकलाई सैनिक अस्पताल राँझा बाँके उपचारको लागि पठाईएको छ ।

त्यसैगरी सुर्खेत विरेन्द्रनगर नगरपालिका –१० का २४ वर्षका उमकुमारी हमाल, सोही स्थान निवासी २४ वर्षका भुपेन्द्र शाही, सोही स्थान निवासी ५४ वर्षका जगत जंग राना, सुर्खेत विरेन्द्रनगर नगरपालिका –१२ निवासी ५२ वर्षका मक्कबहादुर बुढा, दैलेख भैरवी गाउँपालिका –५ निवासी ५० वर्षका बिशाखर रिजाल, सोही ठाउँका २५ वर्षका कृष्णा आचार्य, दैलेख डुल्लु नगरपालिका –५ का ५१ वर्षका ऋषिप्रसाद उपाध्याय, सोही स्थानका ६८ वर्षका तेजेन्द्रनाथ योगी, दैलेख नारायणी नगरपालिका–१० का २८ वर्षका रविन्द्र हमाल, कालीकोट तिला गाउँपालिका –९ का ३२ वर्षका जीवन बिक, कञ्चनपुर भिमदत्त नगरपालिका –४ का ७ वर्षका सिमिया बोहोराको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । बस चालक सुर्खेत विरेन्द्रनगर नगरपालिका ३ का ३० वर्षीया कर्णबहादुर रोका मगरलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?