ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
मुख्य समाचार

‘आविस्कार पथमा’ रूपन्देहीका विद्यार्थी

केही समय पहिला टपरी बनाउने उद्योग बनाएर सफलतापूर्वक बिक्री वितरण गर्दै आएका विद्यार्थीहरूले अहिले नेपालमै पहिलो ईलेक्ट्रीकल कम्पोनेन्ट प्रयोग गरिएको सडक ट्राफिक बत्तीको परिक्षण गरिरहेका छन् ।
९ आश्विन २०८०, मंगलवार ०५:३८
९ आश्विन २०८०, मंगलवार ०५:३८

बुटवल, ९ असोज । साल, भर्लाको पातबाट डाईको प्रयोग गरेर निर्माण गरिने ‘टपरी’ बनाउन प्रयोग गरिने मेसीन बनाउने उद्योग नेपालमा छैनन । नेपाली सालको पातबाट निर्माण गरिने टपरी, बौता बनाउनका प्रयोग गरिने मेसिन भने भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
तर यो बाध्यता भने एउटा शिक्षालयका प्राविधिक धारका विद्यार्थीहरूले सधैंका लागि हटाइएदिएका छन् । रूपन्देहीको बुटवल उपमहानरपालिका वडा नम्बर १२ मा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले भने टपरी बनाउने मेसिन बनाएर बिक्री समेत गरेका छन् ।

उक्त शिक्षालयमा रहेका डिप्लोमा तह मेकानिकल डिर्पाटमेन्टमा विद्यार्थीहरूले आफ्ना ‘प्रोजेक्ट वर्क’ बनाउँदा खेती निर्माण गरेको टपरी बनाउने मेसीन अहिले व्यवसायीक रूपमा उत्पादन गरेर विक्रि वितरण समेत हुँदै आएको छ ।
रूपन्देहीमा नै टपरी बनाउने मेसीन निर्माण हुँदा यस क्षेत्रका व्यवसायी सहित पाल्पा, गुल्मीका व्यवसायीहरूले समेत यहिबाट खरिद गरेर लगेर व्यवसायीक टपरी उत्पादनमा लागेका छन् ।

प्रोजेक्ट वर्कको क्रममा निर्माण गरेको टपरी बनाउने मेसिन उत्कृष्ट भएपछि त्यसलाई व्यवसायीक उत्पादनमा लगिएको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका मेकानिलक डिपार्ट प्रमुख जनक भण्डारीका अनुसार पहिला डेमोको रूपमा निर्माण गरिएको मेसीनले उत्पादन समेत राम्रो दिएपछि अहिले बिक्री वितरण गरिरहेको जानकारी दिए ।
‘अर्डर आउँदा साथ मेसीन तयार गरेर विक्रि गर्दै आएका छौं ।’– मेकानिकल विभाग प्रमुख भण्डारीले भने । नेपालमा आउने अधिकांश टपरी बनाउने मसिन भारतबाट आउनेमा यसरी स्वदेशमा नै उत्पादन भएको टपरी बनाउने मेसिन सस्तो समेत हुने गरेको उनको भनाई रहेको छ ।
विद्यार्थीहरू सहित शिक्षालयका प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षकहरूको मिहिनेतबाट निर्माण भएको यो उपकरण पाल्पाको माथगढी गाउँपालिकाको ३ वटा खरिद गरी लगिसकेको छ ।

यस्तै देवदह नगरपालिकाले पनि ३ वटा लगेको छ । विभिन्न साईजका डाई प्रयोग गरेर निर्माण गरिने यो टपरी बनाउने मेसिन अर्डर आउँदा साथ विद्यार्थीहरूले निर्माण गरी विक्रि गर्दै आएका हुन ।
नेपालमा प्रयोग भैरहेको ट्राफिक सडक बत्तीमा ईलेक्ट्रोनिक्स कम्पोनेन्टको प्रयोग बढि भैरहेको अवस्थामा सोही शिक्षालयका विद्यार्थीहरूले भने ईलेक्ट्रीकल कम्पोनेन्टको प्रयोग गरेर नेपालमा पहिलो सडक वत्ती निर्माण गर्दै गरेका छन् । ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकल डिर्पाट प्रमुख प्रकाश शर्मामा अनुसार डिप्लोमा तह दोस्रो बर्षको प्रथम खण्डमा अध्यायनरत विद्यार्थी श्रीजन खत्री र शुसिल आचार्यको सक्रियतामा यो प्रोजेक्ट तयार हुँदै गरेको छ । अबको दशैं पछि कार्यान्वयननै गर्ने गरी तयारी गरिएको डिर्पाटमेन्ट प्रमुख शर्माले जानकारी दिए । जसको पहिलो चरणको डेमो निर्माण परिक्षण समेत सफलता पूर्वक सकिएको छ । दशैंको विदा पश्चात शिक्षालय सुरु हुने बेलामा यसको प्रत्यक्ष व्यवहारतह प्रयोग नै सुरुवात हुने गरी तयारी गरिएको हो ।

ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकल डिर्पाट प्रमुख शर्माका अनुसार शिक्षालय प्रांगढमा सडक वत्ती निर्माण गरिने र यसरी निर्माण गरिएको वत्ती सफल भएपछि थप अन्य निकाय संगको सहकार्यमा विभिन्न स्थानमा राखिने गरी तयारी गरिएको जानकारी दिए । उनले भने–‘यो सफल भएपछि हामी व्यवसायीक रूपमा पनि उत्पादन गर्ने योजना रहेको छ, ट्राफिक कार्यालयको सहकार्यमा ठाउँ ठाउँमा जडान गरिने छ ।’
अहिले प्रचलनामा रहेका ट्राफिक लाईटहरू अधिकांस ईलेक्ट्रोनिक्स कम्पोनेन्ट प्रयोग गरिएको कारण यसको दिगो पनामा पनि पटक पटक समस्या आउने गरेको छ । तर विद्यार्थीहरूले निर्माण गर्न लागेको सडक वत्ती ईलेक्टीकल कम्पोनेन्ट प्रयोग गरिएको कारण यसको दिगोपना र किपायती समेत हुने विश्वास लिइएको ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकल डिर्पाट सहायक प्रशिक्षक सागर मरासीनले जानकारी दिए । यो विषयमा विद्यार्थीहरूले अहिले ईनोभेसनको काम गरिरहेका छन् ।

पहिलो डेमो सफल भईसकेपछि अव व्यवहारिक रूपमा कार्यान्वयनमा लैजाने गरीतयारी भएको शिक्षालयले जनाएको छ । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख नविन किशोर गैरेले विद्यार्थीहरूले प्रोजेक्ट वर्कमा निर्माण गरेका विभिन्न उपकरणहरूलाई व्यवसायीक उत्पादन गर्न सकेमा यसले स्वदेशमा नै रोजगारी सृजना गर्न सक्ने बताए । उनले यो तर्फ शिक्षालय लागिपरेको जानकारी दिए । शिक्षालय वि.स. २०६९ सालदेखि ३ वर्षीय डिप्लोमा तह बहुप्राविधिक तालिम सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षामा उत्कृष्ट बनेको शिक्षालयमा ९०० विद्यार्थी अध्ययनरत छन् ।

केही समय पहिला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा प्राविधिक विद्यालय तर्फ नेपालमै प्रथम भएर पुरस्कृत भएको थियो । प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा सहित १ लाख रूपैयाँ नगद सहित पुरस्कृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?