ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
कृषि
नेपालमा बार्षिक १६ अर्बको आलु आयातः

‘आलु नीति’लाई पत्याएनन् किसान

८० हेक्टर क्षेत्रफलमा आलु खेती प्रवद्र्धन गर्ने तयारी गरेपनि किसानले चासो देखाएका छैनन् । जिल्लामा ठूलो भण्डार क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) भएकोले जिल्लामा आलु खेतीलाई प्राथमिकतामा राखी सरकारले प्रस्ताव अगाडि बढाएको थियो ।
८ आश्विन २०८०, सोमबार ०५:५५
८ आश्विन २०८०, सोमबार ०५:५५

नवलपरासी, ८ असोज । नेपालमा आलु खेतीमा अवसर खोज्ने हो भने अहिले नेपालमा आलुको बजार ठूलो सम्भावना रहेको भए पनि किसान आलु खेती प्रति आकर्षित नभएको देखिएको छ । कृषि ज्ञान केन्द्रले हालै आब्हान गरेको आलु ब्लक विकास क्षेत्र निर्धारणका लागि प्रस्ताव आव्हानको सूचना जारी गरे पनि म्याद भित्र एउटा पनि प्रस्तावन आवेदना पेश भएको छैन् । यसले किसानको आलु खेती प्रतिको आकर्षण नभएको हो या सरकारको कार्यक्रममा किसानको चासो नदेखिएको हो ? प्रश्न उठेको छ ।

ज्ञान केन्द्रले भदौ २१ गते नै आलु ब्लक खेतीका लागि ८० हेक्टर क्षेत्रफलमा आलु खेतीका लागि १५ दिन भित्र प्रस्तावन माग गरेको थियो । तर म्याद भित्र एउटा पनि आवेदन आई नपुगेको ज्ञान केन्द्रले जनाएको छ । आलु खेतीलाई नै प्रवद्र्धन गर्ने गरि आलु खेतीलाई नै तोकेर अनुदान कार्यक्रम लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा प्रस्ताव गरेको हो ।

जिल्लामा ठूलो भण्डार क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) भएको ले जिल्लामा आलु खेतीलाई प्राथमिकतामा राखी सरकारले प्रस्ताव गरेको होला, ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्र नाथ चौवेले भने, तर पनि फेरी सम्बन्धित कृषक समूह र सहकारी तथा फर्मसँग प्रत्यक्ष भेटेर पनि प्रोत्साहित गरिने छ । औपचारिक सुचनाले मात्रै पुग्दैन, उनले थपे, त्यसका लागि प्राविधिक परिचालन गरि कृषक समुहमै पुगेर आलु खेतीका लागि प्रोत्साहित गरिन्छ ।

चिस्यान केन्द्र सञ्चालन गर्ने संघसस्थाले पनि यस अवसरलाई छोपेर कृषकलाई सहजीकरणमा लाग्नु पर्ने उनको भनाई थियो । कृषि ज्ञान केन्द्रले प्राविधिक ज्ञान तथा अनुदानमा सहजीकरण गर्दै आएको छ । किसानले उत्पादन गर्ने आलु भण्डारण गर्नका लागि चिस्यान केन्द्रहरूले पनि किसानलाई परिचालन र सहजीकरण गर्न आवश्यक देखिएको छ । तर चिस्यान केन्द्र सञ्चालन गर्ने सहकारी संघले नै सहकारीहरूलाई र सहकारीमा आवद्ध संघसस्थाहरूलाई सहजीकरण गरेर यस्तो प्रस्ताव फराउनु पर्ने कार्यालयले जनाएको थियो ।

यता किसान आलु खेतीमा सुरक्षित भविष्य नदेखेर नै प्रस्तावहरू नहालेको सुस्ताका अगुवा कृषक लख्खु यादवले बताए । अहिलेको खण्डिकरण भएको जग्गामा एकै स्थानमा कसरी ८० हेक्टर जग्गाको ब्लक पु¥याउन सकिन्छ ? उनले प्रश्न गर्दै भने, सरकारको नीति नै गलत रहेको छ । एक त गलत नीति र कर्मचारीको किसान प्रति हेर्ने गलत नियतीका कारण पनि किसान अनुदान लिन तर्फ आकर्षित भई रहेका छैनन् । किसानलाई सहजीकरण भन्दा हैरानी दिइने कर्मचारी छन् । अनुदान लिनका लागि झन्झटिलो प्रकृया,अनुदान दिदा कर्मचारीले आफ्नै पकेटबाट दिए जस्तो महशुस गर्ने गरेको, अनुदान दिए वापत केही पाउने आषय ब्यतm गर्ने गरेको समेत किसानको आरोप रहेको छ । किसानलाई सो कार्यक्रमबारे जानकारी नभएर होईन्, हैरानी देखेर प्रस्ताव दिन नगएको हुन सक्ने कृषक यादवले बताएका थिए ।
नेपालमा आलु खेती र आलु खेतीमा लाग्ने किसानलाई अवसर छ, । यसको दोषी नेपाली किसान मात्रै नभई नीति निर्माता देखी सरकार स्वम् दोषी देखिन्छ । नेपालमा १६ अर्वको आलु आयात हुने गरेको छ । त्यसमध्ये खान आलु मात्रै बार्षिक १० अर्ब र औद्योगिक प्रयोजनका लागि पनि ६ अर्बको आलु भित्रिने गरेको तथ्याँक छ । आलु रोप्ने तराईमा मात्रै असोज देखी ंमंसिरसम्म रोप्न सकिन्छ । ७ दर्जन आलुको परिकार बनाउन सकिन्छ ।

नेपालकै पर्सा जिल्लामा एक आलु प्रसोधन प्लान्टले बार्षिक ८ हजार मे.ट.आलुको फ्रेन्च फ्राई बनाएर विदेश निर्यात गर्ने गरेको छ । तर त्यसलाई पनि विदेशबाट नै आलु मगाउन परेको छ । उद्योगलाई आवश्यक पर्ने आलु उत्पादन गर्न सके ति आलु नेपालकै किन्न सक्ने अवस्था पनि छ । आम उपभोतmाले पनि नेपाली आलुकै प्रयोग गर्न सक्ने अवस्था अहिले पनि छ । नेपाल भित्र उत्पादन, खपत, निर्यात गर्न सक्ने अवस्था सबै हुदा हुदै पनि आलु प्रवद्र्धनमा जटिलताका कारण आलु प्रवद्र्धन हुन सकेको छैन् । स्थानिय सरकार होस वा प्रदेश सरकार किसानलाई आलु खेतीमा अनुदान दिइनु भन्दा आलु खरिद गरिदिइने ग्यारेन्टि, मुल्यको ग्यारेन्टि, सप्लाईको ब्यवस्थापनको बन्दोबस्त मिलाउन सक्यो भन्ने पनि किसान त्यस तर्फ आकर्षित हुन सक्ने भनाइ यादवको थियो । जिल्लाको पुर्वि क्षेत्र त अझै आलुलाई केरा भित्र र उखु भित्र पनि रोप्न सक्ने अवस्था छ । तर त्यसका लागि सरकारी संयन्त्र र सहजीकरण गर्ने सस्था किसानलाई बुझाउन सक्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?