ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
सुरक्षा÷अपराध

तीन सय प्रहरी जवान नेपालगञ्जमा दीक्षित, तालिम केन्द्र कर्णालीमा स्थान्तरण गरिने

७ आश्विन २०८०, आईतवार १८:४५
७ आश्विन २०८०, आईतवार १८:४५

नेपालगञ्ज, ७ असोज ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहका ३ सय जना प्रहरी जवान आधारभूत तालिम पश्चात कार्य क्षेत्रमा प्रवेश गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले आइतबार नेपालगन्जमा दीक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम प्राप्त गरेका ३ सय जना जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाएको हो ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी भीमप्रसाद ढकालले आधारभूत तालिम प्राप्त गरेका जवानहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराएका हुन् । सोही अवसरमा उनले तालिममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थी र राम्रो तालिम दिने प्रशिक्षकलाई प्रमाणपत्र र पुरस्कार वितरण गरे ।

तालिम पाएका प्रहरी जवानहरुलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी ढकालले समयको परिवर्तनसँगै नयाँ प्रकृतिका आपराधिक क्रियाक्लाप बढ्दै गएककाले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान र नियन्त्रण कार्य गर्नुपर्ने बताए । तालिम प्राप्त गरेर कार्यक्षेत्रमा प्रवेश गर्ने सबै प्रहरीलाई आम नागरिकको सेवालाई मुख्य केन्द्र बनाएर काम गर्न निर्देशन दिए ।

डिआइजी ढकालले देशको अति दुर्गमदेखि अति सुगम सबै स्थानमा राज्यको उपस्थिति देखाउने माध्यम प्रहरी मात्रै भएको जनाउँदै प्रहरीले सरकारको प्रतिनिधि भएर काम गर्नुपर्ने बताए । साथै सम्बोधनका क्रममा डिआइजी ढकालले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कर्णाली प्रदेशमा स्थानान्तरणको प्रक्रिया सुरु भईसकेको जानकारी दिए ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जका समादेशक वरिष्ठ प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले २०७९ कात्तिक २० गतेबाट सुरु भई दुई सय ३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको सो आधारभूत तालिममा १७८ पुरुष र १२२ महिला गरेर ३०० जना प्रशिक्षार्थीले तालिम पूरा गरेको जानकारी दिए ।

तालिम संयोजक डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले तालिम प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली सेनाका महासेनानी मनोज थापा, सशस्त्र प्रहरी नम्बर ५ विन्दवासिनी वाहिनी मुख्यालयका प्रमुख डिआईजी अभि खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा लगायत बाँके, बर्दिया र सुर्खेतका प्रहरी प्रमुख र नव प्रवेशी प्रहरी जवानका अभिभावकहरुको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?