ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
ताजा अपडेट

मायादेवी मन्दिरको रिडिजाइन र पुन:निर्माणमा असहमति जनाउंदा बोर्ड सदस्यबाट हटाइए पौडेल

पौडेललाई हटाउने निर्णय लुम्बिनीबासीलाई मान्य नहुने भन्दै सो निर्णय तत्काल नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी
७ आश्विन २०८०, आईतवार १८:२२
७ आश्विन २०८०, आईतवार १८:२२

बुटवल, ७ असोज । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुन:निर्माण गर्न खोजिएकोमा असहमति जनाउने लुम्बिनी विकास कोषका बोर्ड सदस्य विश्वराज पौडेललाई पदबाट हटाएपछि स्थानीय संघसंस्थाले आपत्ति जनाएका छन् ।
लुम्बिनी बचाउ संघर्ष समितिले धार्मिक तथा पूरातात्विक महत्वको प्राचीन मायादेवी मन्दिरलाई रिडिजाइन र पुन:निर्माण गर्ने कुरा स्वीकार्य नहुने बताएको छ ।

संघर्ष समितिका अध्यक्ष रामविकास चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै यही भदौ २४ गते काठमाडौमा बसेको लुम्बिनी बिकास कोषको मन्त्रीस्तरिय बैठकमा मायादेवी मन्दिरलाई रिडिजाइन र पुन:निर्माण गर्ने छलफलमा विमति जनाएका कोषका स्थानीय बोर्ड सदस्य विश्वराज पौडेललाई भदौ २५ गतेदेखि बोर्ड सदस्यको जिम्मेवारीबाट हटाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार ग्रहण पछि मायादेवी मन्दिरको रिडिजाइन गरी पुन:निर्माणका लागि आफूले व्यक्तिगत ७ करोड रुपैयां दिने घोषणा गरेका थिए ।
‘विवादित छविका डा. ल्हारक्याल लामालाई लुम्बिनीबासीको मनोभावना विपरीत लुम्बिनी बिकास कोषको उपाध्यक्ष पदमा नियुक्त गरेदेखि भएका विभिन्न निर्णयहरूप्रति हामी सशंकित छौं,उहाँ नेतृत्वको लुम्बिनी विकास कोषले लुम्बिनीबासीको आस्थामा ठेस पुग्ने खालका एकपछि अर्को निर्णयहरू गर्दा हामी विरोध गर्न बाध्य भएका छौं’–विज्ञप्तिमा भनिएको छ–‘लामा नेतृत्वको कोषको चार सदस्यीय सचिवालय बैठकले २०८० साउन २६ गते लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापित गर्ने घातक निर्णय गरेपनि स्थानीयबासीको बिरोध र सुझावका कारण त्यसको कार्यान्वयन नगरेकोमा धन्यवाद छ, तर हाम्रो आस्थाको केन्द्र पूरातात्विक महत्वको मायादेवी मन्दिरलाई रिडिजाइन गर्नेप्रति हामी सन्तुष्ट छैनांै ।’
लुम्बिनीवासीको प्रतिनिधित्व गरेका एक मात्र बोर्ड सदस्य पौडेललाई हटाउने निर्णय लुम्बिनीबासीलाई मान्य नहुने भन्दै सो निर्णय तत्काल नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?