ट्रेंडिंग:

>> लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’ >> भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै >> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सस्कृति संरक्षण समाज बुटवललाई उपाधि >> साना किसान कृषि सहकारीको १९ औँ साधारण सभा >> स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. गोविन्द केसीको माग >> गैरीखुट्टा–रुपन्देही समाज गठन >> सर्भिस लेनको डिजाईन फेर्न बुटवल उपमहानगरले ग–यो यस्तो प्रस्ताव >> टेम्पो सञ्चालनमा स्थानीय सरकारको ज्यादतीः ब्यवसायीले गराए दलहरुको ध्यानाकर्षण >> रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे चयन >> दाङ—रुपन्देही सम्पर्क समाज गठन >> केपी ओली कप : गण्डकी र लुम्बिनी तथा मधेस र पुलिस क्लब खेल्दै >> सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै >> गुल्मीमा सत्यवती मेला >> रित्तिदै गाउँ, ६० प्रतिशत गाउँबाहिर, उब्जाउ भूमि बाँझै
कला

बाँकेमा वन्यजन्तु संरक्षण तथा सुरक्षाका लागि नयाँ अभ्यास

६ आश्विन २०८०, शनिबार ०७:३८
६ आश्विन २०८०, शनिबार ०७:३८

नेपालगञ्ज, ६ असोज । बाँकेको राप्ती सोनारी– ८ स्थित शिवशक्ति माविकी छात्रा रोजीना थारु प्रकृति र वन्यजन्तुबारे पहिलोपटक चित्र कोर्ने अवसर पाईन् । आफ्नै विद्यालयको अतिरिक्त क्रियाकलापमा भाग लिँदै आएकी रोजीना शुक्रवार बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको अर्जुन बाण गणका सेनाले आयोजनाको चित्रकला प्रतियोगितामा वन्यजन्तु र मानवबीचको सहअस्तित्व झल्कने चित्र क्यानभासमा उतारेर उनले प्रथम पुरस्कार पनि प्राप्त गर्न सफल पनि भईन् । उनले निकुञ्ज मध्यवर्ति क्षेत्रमा बसोवास गर्दै आएपनि निकुञ्जबारे अध्ययन र सुरक्षामा खटिएका सेनासँग पहिलोपटक आफ्नो प्रतिभा देखाउन तथा सवालजवाफ गर्ने अवसर पाएको बताईन् । उनले भनिन् ‘प्रकृति र वनयजन्तु संरक्षणबारे हामीले जानकारी पाएर हाम्रा अभिभावक र छरछिमेकलाई पनि सिकाउन सक्छौं ।’
उनी जस्तै राप्ती सोनारी –८ स्थित भगवती आधारभूत विद्यालयका छात्र यमलाल कवँरले पनि मानव र वन्यजन्तुबारे चित्र मार्फत आफ्नो कला प्रस्तुत गर्ने अवर पाए, र दोस्रो पुरस्कार हात पारे । उनले पनि आफ्नो विद्यालयको अतिरिक्त क्रियाकलापमा फरक प्रतियोगिताको प्रतिस्प्रधा गर्दै आएकोमा पहिलोपटक निकुञ्जबारे आफूले जानेको कुरा चित्र मार्फत प्रस्तुत गर्न पाउँदा पुरस्कार शिव शक्ति मध्यामिक विद्यालयका छात्रा समिक्षा थारु र चौथो पुरस्कार भगवति आधारभूत विद्यालयका छात्रा वेसिना पुनले प्राप्त गरे ।
बाँकेको राप्ती सोनारी –८ अन्तर्गतका विद्यालयका छात्र छात्रालाई सहभागी गराएर बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षा सम्बन्धि चेतना अभिबृद्धिकालागि नयाँ अभ्यास थालेको हो । प्रकृति संरक्षण तथा वन्यजन्तुको सुरक्षाबारे जानकार भई जागरुक गराउने उद्देश्यले निकुञ्ज मध्यवर्ति क्षेत्र अन्तर्गत विद्यालयका निकुञ्ज सम्बिन्धित चित्रकला प्रतियोगिता तथा स्न्याप प्रश्न उत्तर कार्यक्रम गरेको बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको अर्जुन बाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काले जानकारी दिए । विद्यालयका छात्र छात्रालाई निकुञ्जको सुरक्षा र मध्यवर्ति क्षेत्रका स्थानियबासिन्दासँगको सम्बन्धबारे जानकारी दिनकोलागि अव यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा राप्ती सोनारी ८ अन्तर्गतका ५ वटा विद्यालयका १०९ जना छात्र छात्रालाई सहभागिता गराएको प्रमुख सेनानी खड्काले जाकारी दिए । साथै विद्यार्थीसँग कार्यक्रममा उपस्थित भएका शिक्षकहरुलाई सम्बन्धित विद्यालयको पुस्तकालयमा राखेर अध्ययनकालागि संरक्षणका क्षेत्रमा काम गरिरहेको विभिन्न संघ संस्थाको सहयोगमा निकुञ्ज र वन्यजन्तु संरक्षण सम्बन्धित पुस्तकहरु पनि उपलब्ध गराईएको थियो । प्रतियोगितामा विजेता छात्र छात्रालाई राप्ती सोनारी ८ का वडा अध्यक्ष शालिकराम डाँगी, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरी, मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्कालगायतले पुरस्कार वितरण गरेका थिए । चित्रकला प्रतियोगिता तथा स्नायप प्रश्न उत्तर कार्यक्रमकालागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय तथा संरक्षण साझेदार संस्थाहरु जेडएसएल नेपाल, हिमालयन नेचर, तराई भुपरिधि कार्यक्र ताललगायतले सहकार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?