ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
अर्थ
पर्यटन :

बसन्तपुरमा २ करोड लगानीमा मनोरन्जन संरचना थपिंदै, जीपलाइन सञ्चालन

आगामी दुई महिनाभित्र स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान र सेल्फी जोन लगायतका संरचनाहरु तयार गरी पर्यटकहरु दिनभर भुल्न सकिने वातावरण बनाउने बनाउने कम्पनीको तयारी छ ।
५ आश्विन २०८०, शुक्रबार ११:०३
५ आश्विन २०८०, शुक्रबार ११:०३

बुटवल,५ असोज ।   लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित सञ्चालन गरेको हो ।

सञ्चालनमा आएसंगै जीपलाइनमा चढ्न विशेषगरी युवा युवतीको बढी आकर्षण रहेको कम्पनीले जनाएको छ ।
बुटवलको बमघाटमा रहेको बटम स्टेशनबाट केबलकार चढेर पाल्पाको तिनाउ गाउपालिका ३ बसन्तपुर आउने पर्यटकलाई साहसिक खेलको आनन्द र मनोरन्जन दिलाउन जीपलाइन सञ्चालन गरेको कम्पनीका इन्जिनियर सनी चौरसियाले बताए ।

केबलकार चढ्न आउने पर्यटक मध्ये दैनिक सरदर ७० जना जीपलाइन चढ्ने गरेका चौरसियाले बताए । जीपलाइनमा ६ जनाले रोजगारी पाएका कम्पनीले जनाएको छ ।

केबलकारमा आउने आन्तरिक र विदेशी पर्यटकको मनोरन्जनका लागि कम्पनीले थप डेढ करोड बढी लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान र सेल्फी जोन लगायतका संरचनाहरु बनाउने प्रकृयामा रहेको इन्जिनियर चौरसियाले बताए । आगामी दुई महिनाभित्र यी सबै संरचनाहरु तयार गरी पर्यटकहरु दिनभर भुल्न सकिने वातावरण बनाउने उनले बताए ।

जीप लाइन चढ्नेहरुले यो खेल निकै रोमाञ्चक र रमाइलो लागेको प्रतिक्रिया दिने गरेका छन् । उनीहरुले केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि बुटवलको चहलपहल र ब्यापारमा केही मात्रामा सुधार भएको बताएका छन् ।

साढे ३ महिनामा ७४ हजार जना चढे केबलकार

केबलकार सञ्चालनमा आएको साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । जसमा ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका रहेका छन् ।
जीपलाइन संगै स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान पनि तयार भएपछि बसन्तपुर स्वदेशी र विदेशी पर्यटकको आकर्षण र रोजाईको गन्तब्य बन्ने कम्पनीको विश्वास छ ।

समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा शीतल हुने हिउंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलोमा पर्ने छ ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको केबलकारको टप स्टेशनमा बनेको कामाख्यादेवी मन्दिर र सय वर्ष पुरानो दुर्गा मन्दिर पनि धार्मिक हिसाबले केबलकारको विशिष्ट आकर्षण बनेका छन् ।

कामाख्या मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेका कम्पनीले जनाएको छ । कामाख्या देवीको दर्शनले मनोकामना पुरा हुने र जीवनमा आइपर्ने संकटबाट मुक्ति पाइने भएकाले दर्शन गर्न आएको ब्यासाचार्य पण्डित नारायणप्रसाद पोखरेलले बताए ।
टप सटेनशमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने योजना छ ।
केबलकारले प्रत्येक टिकट मुल्यको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिंदै आएको छ । २.६ किलोमिटर दुरीको लुम्बिनी प्रदेशकै पहिलो केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । केबलकारले अधिकांश स्थानीय सहित हाल करिब सय जनालाई रोजगारी दिएको छ भने पांचतारे होटेल सञ्चालनमा आउंदा पांच सय बढीले रोजगारी पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?