ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनोमानीः नियमावली मिच्दै ३९ कर्मचारी भर्ना

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

बुटवल, ४ असोज ।

अस्पताल नियमावलीलाई मिच्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. सुदर्शन थापाले मनोमानी कर्मचारी भर्ना गरेको पाइएको छ ।

उनले गएको वैशाखयता अस्पतालमा नियमावली विपरित ३९ जना नयाँ कर्मचारी भर्ना गरेका छन् । हालै मात्र मेसु थापाले अस्पतालको नर्सिङमा १९ जना, मेडिकल डाक्टर ८ जना, फार्मेशीमा २ जना तथा ल्याव र सुरक्षा गार्डमा १–१ जना कर्मचारी नियुक्त गरेका छन् ।

त्यस्तै गएको वैशाख ३ गते ४ जना स्टाफ नर्स र ४ जना कार्यालय सहयोगी नियुक्त गरिएको छ । उनीहरुलाई वैशाख ७ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको अस्पताल स्रोतले बताएको छ ।

लुम्बिनी अञ्चल अस्पताल नियमावली २०६३ मा अस्पतलालमा नयाँ कर्मचारी भर्ना वा कर्मचारी बढुवा, पदपूर्ति समितिको सिफारिशका आधारमा गर्ने व्यवस्था छ । पदपूर्ति समितिमा अध्यक्ष वा निजले तोकेको व्यक्ति अध्यक्ष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सदस्य र मेडिकल सुपरिटेण्डेण्ट सदस्य सचिव रहने व्यवस्था नियमावलीले गरेको छ ।

तर मेडिकल सुपरिटेण्डेण्ट थापाले नियमावलीको यो व्यवस्थालाई मिचेर मनोमानी ढंगले कर्मचारी नियुक्त गरेका हुन् ।

त्यस्तै प्रदेश सरकारले बनाएको करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० ले पनि करार कर्मचारी भर्नाका लागि व्यवस्था गरेको छ । उक्त कार्यविधिमा करार कर्मचारीको छनोट तथा पदपूर्तिको लागि सिफारिश गर्न पदपूर्ति समिति गठन गरिने उल्लेख छ । उक्त पदपूर्ति समितिमा अधिकृतस्तरको कर्मचारी पदपूर्तिका लागि सम्बन्धित मन्त्रालयका सचिव अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका नवौं वा दशौं तहका अधिकृत सदस्य र प्रशासन महाशाखा/शाखा प्रमुख वा अध्यक्षले तोकेको सम्बन्धित निकायको अधिकृत कर्मचारी सदस्य सचिव रहने व्यवस्था कार्यविधिमा छ ।

त्यस्तै पदपूर्ति समितिमा सहायकस्तरको कर्मचारी भर्नाका लागि कार्यालय प्रमुख वा अधिकृत नवौं/दशौं तहको सम्बन्धित निकायको कर्मचारी अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकृत प्रतिनिधि सदस्य र प्रशासन महाशाखा/शाखा प्रमुख वा अध्यक्षले तोकेको सम्बन्धित निकायले तोकेको कर्मचारी सदस्य सचिव रहने व्यवस्था छ ।

अस्पतालका लेखा अधिकृत टेकलाल टेकलाल भुर्तेलले नयाँ कर्मचारी भर्नाबारे थाहा नभएको बताए । “नयाँ कर्मचारी भर्नाबारे लेखालाई जानकारी छैन”–उनले भने ।

तर अस्पतालका मेसु थापाले यी कुनै पनि व्यवस्था पालना नगरीकनै कर्मचारी भर्ना गरेको अस्पतालका एक चिकित्सकले बताए । “मेसु थापाले कर्मचारी भर्नामा एकतर्फी रुपमा नियमावली मिचेर अगाडि बढ्नुभएको छ”–ती चिकित्सकले न्युज बुटवलटुडेसँग भने । करार कर्मचारी पदपूर्तिको लागि पद, तह, आवश्यक न्यूनतम योग्यता, पारिश्रमिक, सेवाका शर्त समेत तोकी सहायकस्तरको हकमा निकाय/कार्यालयको सूचना पाटी र वेभसाइटमार्फत तथा अधिकृतस्तरका लागि राष्ट्रिय वा प्रदेशस्तरको पत्रिकामार्फत कम्तीमा १५ दिनको समयसीमा तोकी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । यो कार्यविधीको व्यवस्था पनि हालै भएका कर्मचारी नियुक्तीका हकमा लागू भएको देखिंदैन ।

तर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले भने पदपूर्ति समितिले सिर्जना गरेका दरवन्दीमा नयाँ कर्मचारी भर्ना गरिएको बताए । “अहिले भर्ना भएका नयाँ कर्मचारी पदपूर्ति समितिले यसअघि नै सिर्जना गरेका दरबन्दीका लागि हो”–उनले भने । डा. थापाले नयाँ कर्मचारी पुरै ज्यालादारीमा भर्ना गरिएको दावी गरे । “ज्यालादारीमा भर्नाका लागि पदपूर्ति समितिको सिफारिश आवश्यक पर्दैन”–उनले भने ।

तर अस्पताल नियमावलीको परिच्छेद ६ मा भने मेसु डा. थापाले भने विपरितको व्यवस्था छ । उक्त नियमावली अनुसार अस्पतालको कामको निमित्त तत्काल नियुक्त नगरेमा सेवाको काममा गम्भीर असर पर्ने भएमा मेडिकल सुपरिटेण्डेण्टले सो पदको लागि तोकिएको योग्यता पुगेका कुनै व्यक्तिलाई दैनिक ज्यालादारीमा बढीमा एक महिनासम्मका लागि नियुक्त गरी काममा लगाउन सक्ने व्यवस्था छ । यसरी ज्यालादारीमा नियुक्त गरिएको जानकारी अध्यक्षलाई दिनुपर्ने व्यवस्था नियमावलीमा छ ।

यस विषयमा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले कर्मचारी भर्नाका विषयमा लुम्बिनी अञ्चल अस्पताल नियमावली २०६३ र प्रदेशको “करार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०८०” ले स्पष्ट व्यवस्था गरेको भन्दै सोही अनुसार हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । “यसबारेमा के भएको हो, म बुझेर मात्रै भन्छु”–उनले भने ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले भने पदपूर्ति समितिको सहमतिबिना कुनै कर्मचारी भर्ना गर्न नपाइने बताए । “जुनसुकै तहको कर्मचारी नियुक्त गरेपनि पदपूर्ति समितिको सहमति चाहिन्छ, सहमति बिना नियुक्त गर्न मिल्दैन”–उनले न्युज बुटवल टुडेसँग भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?