ट्रेंडिंग:

>> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ? >> धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालियो
कृषि

पूर्वी नवलपरासीमा माछापालन गर्ने किसान बढे

३० भाद्र २०८०, शनिबार १८:०८
३० भाद्र २०८०, शनिबार १८:०८

नवलपुर, ३० भदौ ।

पूर्वी नवलपरासीमा माछा पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । अघिल्ला वर्षको तुलनामा गत बर्ष व्यावसायिक माछा पोखरीको क्षेत्रफलमा वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीको तथ्याङ्कले देखाएको छ ।

मत्य विकास कार्यालयका अनुुसार अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा एक सय ८१ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा उक्त क्षेत्रफलमा वृद्धि भएर दुई सय १० हेक्टर पुगेको थियो । एक वर्षको अन्तरालमा करिब ३० हेक्टर क्षेत्रफल बृद्धि भएको छ ।

सात सय हेक्टर क्षेत्रफलमा प्राकृतिक पोखरीमै किसानले माछा पालन गर्दै आएका छन् । गत वर्ष कार्यालयको अनुदान मार्फत् ५२ रोपनीमा नयाँ पोखरी विस्तार गरिएको छ । जिल्लामा माछा उत्पादनमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा आठ सय ९५ मेट्रिक टन उत्पादन भएको थियो भने पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ५५५ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

कृषि क्षेत्र अन्तर्गत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा बढी हुने भएकाले पनि माछा पालनतर्फ कृषकको आकर्षण बढेको हुनसक्ने जनाइएको छ । जिल्लामा कार्यालय स्थापनापछि माछा पालनतर्फ प्रत्यक्ष रुपमा विभिन्न अनुदानका कार्यक्रम समेत उपलब्ध गराएका कारणले समेत माछा पालनमा किसानहरुले रुची देखाएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । यस वर्ष समेत कार्यालयले नयाँ माछा पोखरी निर्माण, पुरानो मर्मत र माछाका भुरामा आवश्यक अनुदान दिने जनाएको छ ।

यहाँका स्थानीय तहले समेत माछा पालन पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराउँदै आएका छन् । कावासोती र देवचुलीको विभिन्न वडालाई माछा पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराईदै आएको छ । जिल्लाको कावासोती, देवचुली र मध्यविन्दुमा माछा पालन गर्ने किसानको संख्या बढिरहेको लामिछानेले बताए ।

यसैबीच भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा माछाको ल्याव स्थापना गरिने भएको छ । दशैअघि नै ल्याव स्थापना गर्नेगरी कार्य अघि बढाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । कार्यालय हाताभित्र नै ल्याव स्थापना गरिने छ ।

ल्यावका लागि आवश्यक सामग्री खरीद गर्ने क्रममा रहेको छ । अहिले माछा पालनका क्रममा आएका समस्यालाई प्राविधिकहरुले आफ्नो अनुभवको आधारमा समाधान गर्दै आएका छन् । जिल्लामा ल्याव नहुँदा माछापालक किसानलाई समस्या हुँदै आएको थियो । अब भने, जिल्लामा नै ल्याव स्थापना हुने भएपछि माछापालनका क्रममा आउने विभिन्न समस्या समाधान गर्न सहज हुनुका साथै बाहिरबाट आउने माछाको गुणस्तर जाँचमा समेत मद्दत् पुग्ने माछा कृषक ईन्द्रमणि भुसालले बताए ।

बाहिरबाट आउने माछामा फर्मालिनको अत्यधिक प्रयोग हुने गरेको गुनासो आउने गरेको छ । उपभोक्ताले परीक्षण बिना नै उपभोग गर्दै आएका छन् । जसका कारण विभिन्न रोग निम्त्याउने गर्दछ ।

ल्याव स्थापनापछि बाहिरबाट आउने माछाको गुणस्तर जिल्लामा नै परीक्षण गर्न सकिने हँुदा उपभोक्ताको स्वास्थ्यमा पर्न जाने असरलाई पनि कम गर्न सकिने लामिछानेले बताए । यस्तै पोखरीको पानीको गुणस्तर जाँच, माछामा देखिने विभिन्न रोगको जाँच गर्न सकिने र आवश्यक पर्ने औषधी समेत वितरण गरिने भएकाले ल्याव स्थापनापछि जिल्लाका माछापालक किसान लाभान्वित हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?