ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता

आर्थिक अभावले अस्पतालबाट फर्किन बाध्य

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तु), ३० भदौ । करिब तीन साता पहिलेको कुरा हो । “फितावाला चप्पल लगाउने गरेकी थिँए, देब्रे खुट्टाको माथिल्लो भागमा त्यही चपप्लको फिताको तल सानो फोका देखा प्यो । त्यस पश्चात स्थानीय मेडिकलमा गएँ । उपचार गरेर घर फर्किए पनि बिसेक हुनुको साटो घाउ झनै चिलाउने भयो” ः उषा सुनारले भनिन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१, बनकसबासा घर भएकी ५५ वर्षीय सुनार एकल महिला हुन् । उनी अर्घाखाँचीबाट कपिलवस्तुमा करिब तीन दशकदेखि बनकसबासा बसोबास गर्दै आएकी छन् । अहिले उनीसँग ३३ वर्षका एक छोरा समेत रहेका छन् । उनको छोरा सुस्ता मनस्थिति र कम सुन्ने गर्छन् । छोरीको केहि बर्ष पहिले नै विवाह भइसकेको छ । सुनारका अनुसार दोस्रो दिन पुन ः चन्द्रौटामा रहेको किताबुल भन्ने डाक्टरको (निशा पोलिक्लिनिक) मा उपचार गराउँदा सन्चो नभएपछि बुटवलको लम्बिनी सिटी अस्पतालमा उपचार गर्न जाँदा ५ दिन भर्ना समेत भएकी थिइन् ।

सुनारको देब्रे खुट्टाको माथिल्लो भाग कुहिएको छ । जसले गर्दा उनलाई हिँडडुल गर्न समेत अहिले समस्या भएको छ । उनी बुटवलमा भर्ना हँुदा करिब ६५ हजार खर्च भयो । साथीभाइ, छरछिमेकीसँग सरसापटी मागी ऋण काढेर उपचार गरेको सुनार बताउँछिन् । उनको खेतबारी छैन्, बस्नका लागी खरको छानो भएको सानो टहरो छ । त्यसैमा घरायसी कामसँगै नजिकै रहेको जंगलबाट दाउरा बेचेर उनी दैनिकी चलाउँदै आएकी थिइन् । उषालाई के रोग लागेको भन्ने थाहा नभएको उनको भनाई छ ।

अहिले उनी बिरामी हुँदा उनलाई पकाउन, खान, लगाउन र शौचालय जान समेत निकै सकस परेको पीडा उनले सुनाइन् । उनी भन्छिनः “घरमा छोरा छ सुन्दैन, बोल्न सक्दैन यता ऋण लिएको पैसा तिर्न सक्ने अवस्था छैन्, अब उपचार कसरी गर्ने भन्ने चिन्ता छ ।” छिमेकीको सहारामा बाँचेकी सुनारलाई यतिबेला चुनौती थपिएको छ । उषा पछिल्लो ३ साता यता थला परेको स्थानीय विमल विकले बताए । उषालाई हिँडडुल गर्न अप्ठयारो परेको छ । औषधि किन्न समेत अरूको सहारा लिनुपर्ने बाध्यता परेको छ । झन्डै १३ वर्ष पहिले उनको श्रीमानको ब्लड प्रेसरका कारण मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?