ट्रेंडिंग:

>> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान

‘टिलापीया’ मा किसानको मन

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

बुटवल, ३० भदौ। रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ६ मोहनगञ्जका दिनानाथ थारुले पहिलो पटक रूपन्देहीमा टिलापीया माछाको परिक्षण गरिरहेका छन् । प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई रूपन्देहीको सहयोगमा १० हजार भुरा हालेर परिक्षण गरेका माछाको बृद्धि सकारात्मक पाइएको छ ।

गर्मी मौसममा, अक्सीजनको मात्रा कम भएपनि बाँच्ने प्रजातीको रूपमा रहेको टिलापीया मोनोसेट माछाको परिक्षण रूपन्देहीमा पहिलो पटक गरिएको हो । उत्पादन समेत राम्रो रहेको यो माछाको परिक्षण सफल भए पश्चात अन्य किसानहरूलाई समेत विस्तार गरिने योजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भैरहवाले जनाएको छ ।

डी एन् फिस एण्ड एग्रो फार्म प्रालि सियारी ६ मोहनगञ्जमा परिक्षणको रूपमा ३ महिना पहिला पाखेरीमा भुरा राखीएकोमा अहिले सम्म २ सय ५० ग्राम सम्मको भएको फार्म सञ्चालक दिनानाथ चौधरी बताउँछन् । यो माछालाई अक्सीजनको मात्रा समेत कम भएको बेलामा पनि सहजै रूपमा बाच्ँन सक्ने, बृद्धि विकास समेत सहज हुने भएको कारण किसानको लागि रोजाई बन्न सक्ने उनको भनाई छ । उनी भन्छन्–‘अहिले सम्म अन्य माछा जस्तै ग्रोथ (बृद्धि) भएको छ, ६ महिनामा आधा किलो जतिको भएमा राम्रो हुने अपेक्षा छ ।’

१० कठ्ठाको पोखरीमा १० हजार भुारा राखीएको थियो ।जसको बेला बेलामा माछाको तौल, अवस्था, उत्पादनको स्तर मापन गरी रेकर्ड राख्ने समेत गरिएको छ । माछाले हालेको दानाको परिणाम समेत लिएर सोही अनुसारको उत्पादन लागत समेत निर्धाण गरिने भएको हो ।
रूपन्देही जिल्लाको सियारी, शुद्धोधन, मायादेवी गाउँपालिकामा माछापालन गर्ने किसानहरूको संख्या समेत बढि छ । यो क्षेत्रमा माछाका परिकार पाक्ने रेष्टुरेन्टहरू समेत प्रसस्त मात्रामा खुल्दै गएका छन् ।

किसानले पोखरीमा अक्सीजनको मात्रा नियमित चेक गर्नु नपर्ने, पानीको मात्रामा अक्सीजनको कमी भएमा आत्तीहाल्नुपर्ने अवस्था समेत नरहेको कारण टिलापीया माछा किसान मैत्री माछा भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुषाल बताउँछन् । उनले कम अक्सीजनमा उत्पादन दिन सक्ने भएको कारण किसानले एरिएटर मेसीन चलाउनुपर्ने, पानी पटक पटक परिर्वतन गर्नुपर्ने अवस्था यसमा नरहेको बताउँछन् ।

टिलापीया माछा अन्य माछाभन्दा आकारमा सानो भएको कारण स्वाद समेत राम्रो रहेको प्रमुख भुषालको भनाई रहेको छ । उनी भन्छन्–‘पटक पटक एरिएटर मेसीन चलाउनु नपर्ने भएको कारण किसानको विद्युत लागत समेत कम हुन्छ, उत्पादन समेत राम्रो हुने भएको कराण यसको व्यवसायीकता राम्रो छ ।’ गर्मीमा सहज रूपमा हुकर्ने जातको टिलापीया माछा जाडो सिजनमा भने मर्ने संभावना रहेको रहेको कारण जाडो मौसम सुरु हुन भन्दा पहिला नै हार्भेष्ट गर्नुपर्ने प्राविधिकहरूको भनाइ छ ।

पानीको नियमित स्रोत नभएको स्थानमा समेत टिलापिया माछा पोखरीमा पाल्न सकिन्छ । प्रति कठ्ठा १५ सय देखि २ हजार सम्म राख्न सकिने यो माछा ५ सय ग्राम (आधा किलो) सम्मको हुन्छ । तातो पानीमा हुकर्ने भएको कारण अन्य माछा भन्दा छिटो उत्पादन बृद्धि हुने गरेको पाइन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई भैरहवाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नारायण प्रसाद काफ्लेका अनुसार यो माछाको उत्पादन अन्य भन्दा ४ देखि ५ गुणा बढि हुने अपेक्षा गरिएको छ । सियारी गाउँपालिकामा २ स्थानमा किसानको पोखरीमा परिक्षण गरिएको यो माछाको सफल परिक्षण पश्चात अन्य स्थानमा समेत विस्तार गर्ने योजना रहेको प्रमुख काफ्लेको भनाइ रहेको छ ।

कसरी पालिन्छ टिलापीया ?
१. टिलापीया – सहर :
यस पद्धतिमा भाले र पोथी मिश्रित ५ – १० ग्राम तौल भएका टिलापिया र सहर माछाका भुरालाई क्रमश २०,००० र १२५० गोटा (१ ः १६) प्रति हेक्टरका दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रतिशत प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले दैनिक रूपमा खुवाईन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटरका दरले क्रमश डी.ए.पि. र युरीया मल प्रत्येक साता हाल्ने गरिन्छ । यो तरीकाले प्रत्यक ४ – ६ महिनाको अवधिमा दुई चक्र गरि पाल्दा ४ – ५ टन ÷हेक्टर ÷ वर्ष सम्म उत्पादन लिन सकिन्छ । यस पद्धतीमा पालिएको सहर माछाले टिलापिया माछाको भुरा खाने हुँदा अत्याधिक भुरा उत्पादनको हैरानी बाट पनि जोगाउँछ ।
२. कार्प – टिलापिया – सहर :
यस पद्धतिमा ५ – १० ग्राम साइजका ६ – ७ जातका कार्प माछामा, टिलापिया र सहर माछाका भुरालाई प्रति हेक्टर क्रमश १०,००० , ३००० र ५०० का दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रोटिनयुक्त दाना कुल तौलको २ प्रतिशतका दरले खुवाइन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटरमा दरले क्रमश डी. ए.पि. र युरिया मल प्रत्येक साता हालिन्छ । यसरी माछा पाल्दा ५ – ६ टन ÷ हेक्टर ÷वर्ष सम्म उत्पादन लिन सकिन्छ । यो पद्धति हाल नेपालमा प्रचलित कार्प माछा पालन पद्धतिकै विकास रूप हो । र नेपाली किसानले सहज रूपमा अपनाउन सक्छन् । सहर माछाको बिक्रि मूल्य हुने हुँदा यो पद्धति निकै किफायती हुन्छ ।
३. कार्प – टिलापिया
यस पद्धतिमा ५ – १० ग्राम साइजका ६– ७ जातका कार्प माछा र एक लिंगीय भाले टिलापिया माछा प्रति हेक्टर क्रमश १०,००० र ३, ००० का दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रतिशत प्रोटिनयुक्त दाना कुल तौलको २ प्रतिशतका दरले खुवाइन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटर का दरले क्रमश डि.ए.पि. र युरिया मल प्रत्येक साता हालिन्छ । यो तरिकाले ५ – ६ महिनाको अवधि गरि वर्षको दुई पटक माछा पालन गर्न सकिन्छ । यसरी माछा पालन गर्दा ५ – ६ टन ÷हेक्टर ÷ वर्ष सम्म उत्पादन लिन सकिन्छ । एक लिंगीय भाले टिलापियाको भुरा भरपर्दो ठाउँबाट ल्याउनु पर्ने हुन्छ ।
४. एक जातीय टिलापीया पालन :
यस पद्दतिमा ३ – ५ ग्रामको एक लिंगीय भाले टिलापियाका भुरालाई २०,००० माछा प्रति हेक्टरका दरले पोखरीमा राखिन्छ । यस पद्धतिमा पनि अन्य पद्धति जस्तै २४ – २६ प्रतिशत प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले क्रमश डी.ए.पि. र युरिया मल प्रत्यक साता हालिन्छ । यो तरिकाले ५ – ६ महिनाको अवधि गरि वर्षको दुई चोटी माछापालन गर्न सकिन्छ । यसरी माछा पाल्दा ६ – ७ टन ÷हेक्टर ÷ वर्ष सम्म उत्पादन लिन सकिन्छ ।
५. पोखरीमा पिंजडा राखेर पालन :
यस पद्धतिमा पोखरी भित्र पिंजडा राखेर त्यसमा ठुला साइजका(१००–१५० ग्रामका) टिलापीया र बाहिर पोखरीमा साना साइजका २०–३० ग्रामका टिलापिया माछाका भुरा राखेर पालन गरिन्छ । पिंजडाभित्र ३० माछा प्रतिश घन मिटरका दरले राखिन्छ भने बाहिर २ माछा व्रति वर्ग मिटरका दरले माछा राखिन्छ । पोखरीको क्षेत्रफलको ३ प्रतिशत सम्म पिंजडाको क्षेत्रफल राख्न सकिन्छ । यस पद्धतिमा पिंजडा भित्रका माछालाई दाना खुवाइन्छ भने बाहिर भएका माछाले पिंजडामा खुवाईएको दानको कारणले उत्पादित प्राकृतिक आहार तथा खेर गएका दाना खान्छन् । माछा बेच्ने बेलामा पिंजडामा भएको ३००–५०० ग्रामका माछा बिक्रि गरेर बाहिर भएका माछालाई फेरी पिंजडामा राखेर पालन गरिन्छ । यसरी ५–६ महिनाको एक चक्र गरेर वर्षको दुई चक्र माछा पालन गर्न सकिन्छ । यस पद्धतिमा ८ टन÷हेक्टर÷वर्ष उत्पादन लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?