ट्रेंडिंग:

>> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ?
मुख्य समाचार
लुम्बिनी प्रादेशिक अस्पतालः

आशा हराउँदै, बेथितिले छोपिदै

२८ भाद्र २०८०, बिहीबार ०४:२०
२८ भाद्र २०८०, बिहीबार ०४:२०

बुटवल, २८ भदौ । दैनिक दुई हजार पाँच सय बढी सेवाग्राही सेवा लिन आउने लुम्बिनी प्रादेशिक अस्पतालमा बेथितिको चाङ छ । अस्पताल ब्यवस्थापनमा राजनीतिक नियुक्ति, कर्मचारी भर्ना, सरुवा, गुणस्तरीय सेवा, मेशिन खरिद लगायतका धेरै बेथितिका कारण आम नागरिकले अस्पतालमा सर्वसुलभ सेवा लिन नपाएको गुनासो भेटिन्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीलाई ओपिडि टिकट र बेड फ्रि गरिएको छ । ठूलो प्रचार गरिएको भएपनि सेवा भने सशुल्क छ । अस्पतालमा कर्मचारी, चिकित्सकहरूबाट सेवाग्राहीहरूले राम्रो ब्यवहार नपाएको, सेवा पाउन धेरै समस्या भएको र शुल्क महँङो भएको गुनासो छ ।

कन्सलटेन्ट चिकित्सक हाजिरीमात्र

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रमुख कन्सलटेन्ट चिकित्सकहरू अस्पतालभन्दा नीजि अस्पतालमा र क्लिनिकमा बढी ब्यस्त हुने गरेको देखिन्छ । अस्पतालमा आउने सेवाग्राहीलाई ईमेरजेन्सी कक्षबाट नै रिफर गरिने गुनासो छ । एक दर्जन ११ तहका प्रमुख कन्सेन्टेन्स चिकित्सकहरू रहेको अस्पतालमा नाममात्रका छन । अधिकांस चिकित्सकहरू बिहान १० बजे हाजिर गरेर चिया गफ गरेर साढे ११ बजे बाहिर जान्छन भने ३ बजे हाजिर गर्न मात्र आउने गरेको श्रोतको दाबी छ ।

अर्थोपेडिक, ईएनटी सर्जरी, बालरोग विभागमा अनावश्यक चिकित्सक

बिरामीको चाप हुने अस्पतालमा कतिपय विभागमा भने चिकित्सक बढी देखिन्छ । सेवाग्राहीहरू नीजि अस्पताल र क्लिनिकमा महगोमा उपचार लिन बाध्य भईरहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालको केही विभागमा भने चिकित्सकहरू काम बिहिन देखिन्छ ।
विशेष गरि अर्थोपेडिक, सर्जरी, बालरोग विभागमा बिरामीको तुलनामा धेरै चिकित्सक छन । चिकित्सकको अनुपातमा बिरामी नहुदा दिउसो १२/१ बजे नै खाली हुन्छन ।

अल्ट्रासाउन्ड मेशिन प्रयोग बिहिन

अस्पतालको सेवा स्तरवृद्धि गर्ने लक्ष्यसहित भित्रयाईएको अत्याधुनिक अल्ट्रासाउन्ड मेशिन थन्किएको छ । बिरामीका चाप बढेपछि चार वटा हँुदाहँुदै नयाँ खरिद गरि ल्याईएको मेशिन गुणस्तरीय नभएको चिकित्सकहरूको गुनासो छ । माईनड्रे कम्पनीको अत्याधुनिक नयाँ मेशिन तोके अनुसारको आउटपुट नदेखिएको चिकित्सकहरू बताउँछन । करिब ५० लाख रूपैयाँमा खरिद गरिएको मेशिन उपयोग बिहिन छ । मेशिनमात्र होईन अल्ट्रासाउन्ड गर्न आउने सेवाग्राहीलाई सौचालन नहँुदा अर्को पीडा छ । अल्ट्रासाउन्ड गराउँदा पानी पिएर पिसाब रोक्न लगाउने गरिएपनि त्यसपछि प्रयोग गर्ने सौचालय नहुदा सास्ती भएको हो । अल्ट्रासाउन्ड विभागबाट रोगको पहिचान गरिएको बिरामीहरूको समेत उपचार नहुँदा कठिनाई देखिएको चिकित्सकको दुखेसो छ ।

क्याथ ल्याब कवाडमा

अस्पतालमा तामझामका साथ केही महिनाअघि सेवा शुभारम्भ गरिएको क्याथ ल्याब मेशिन बन्द छ । मुटु रोगीको संख्या बढ्दो छ । त्यस्तोमा हर्टअट्याक भएका बिरामीलाई तत्काल रेस्क्यु गर्ने अत्यावश्यक मेशिन प्रादेशिक अस्पतालमा संचालनमा छैन । अस्पतालमा डा. ईन्द्र ढकाल मेडिकल सुपरीटेण्ड भएका बेला खरिद गरिएको करिब ९ करोड रूपैयाँको क्याथ ल्याब अलपत्र छ । अस्पताल ब्यवस्थापन समितिका अनुसार दरबन्दी अभावकै कारण मेशिन अलपत्र परेको दाबी गर्छ । हाल अस्पतालमा डिएम काडिर्योलोजी दुई जना छन । एक जना अर्जुन बुढाथोकी करारमा ल्याईएको भएपनि उनी काम बिहीन छन ।

ईमेरजेन्सी सबै ईएचएस

सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरू नीजि अस्पताल र क्लिनिकमा बढि समय दिने गुनासो आएपनि बिस्तारित स्वास्थ्य सेवा (ईएचएस) सरकारले लागू गरेको हो । अतिरिक्त समयमा अतिरिक्त सेवा सहितसुबिधा दिने गरि चिकित्सकलाई अस्पतालमा नै लगाउने यसको लक्ष्य हो । बिरामीले नीजिमा खर्चिलो हुने र सरकारीमा लामोपालो कुर्नपर्ने जस्ता समस्या हटाउने भनिएपनि यसको दुरूपयोग बढेको छ । ईमेरजेन्सी कक्षमा सेवा लिन आएको अधिकास बिरामीलाई ईएचएस सेवातर्फ लगिने गरेको सेवाग्राहीको दुखेसो छ । अस्पतालमा राम्रो उपचार लिन आएका सेवाग्राहीलाई च्वाईस नदिई ईएचएस गरिदा सेवाग्राही समस्यामा छन । वास्तवमा चिकित्सकहरूको निर्धारित समयबाहेकको अतिरिक्त दिईने सेवा ईएचएस हो । ईएचएस सेवा कस्तोलाई दिने स्पष्ट हुँदाहुँदै पनि त्यो कार्वान्वयन भएको छैन । ईएचएस सेवा सम्पन्नहरूलाई लक्षित गरि दिईएको छ । तर अस्पतालमा सबै सेवा ईएचएसतर्फ धकेलिदिदा गरिब तथा बिपन्नलाई समस्या भएको छ । अस्पतालमा एउटा पैसा नभएको बिरामीले स्वईच्छामा फ्रि टिकटबाहेक अन्य कुनै सेवा लिन पाउँदैनन ।
यो सेवावापतको रकममा रजाई छ । ईएचएस सेवाबाट उपलब्ध श्रोतलाई सम्बन्धित विभागका चिकित्सकलाई ५० प्रतिशत, सहयोगी कर्मचारीलाई ५ प्रतिशत, प्रशासनलाई १० प्रतिशत र बाकी ३५ प्रतिशत विकास समितिमा हुने गरि श्रोतको बाडफाड निर्देशिकामा गरिएको छ । यसमध्ये सहयोगी कर्मचारीहरूले आफुहरूलाई कुनै अतिरिक्त छुटाएको रकम नपाएको गुनासो गरे । प्रशासनलाई समेत भागबण्डा किन गरिएको भन्नेमा चिकित्सकहरू अन्यौल छन ।

एमआरआई मेशिन टेन्डर हुन सकेन

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन ल्याउन प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गरेपनि किन्न सकेको छैन । करीब २५ करोड रूपैयाँ बिनियोजन गरिएको एमआरआई मेशिन किन्न अस्पताल प्रशासनले सकेको छैन । कमिसनकै खेलोमा मेशिनको ठेक्का लाग्न नसकेको श्रोतको दाबी छ ।

बीमाको औषधिमा लापरवाही

नेपाल सरकारले संचालन गरेको स्वस्थ बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा बितरण गरिने निःशुल्क औषधी गुणस्तरीय नहुने चिकित्सकहरू नै बताउँछन । कमिशनको खेलोमा लागेर अस्पतालमा औषधीको टेन्डर गर्दा कम मूल्यमा राखिएको हुन्छ । कागजमा मापदण्ड पु¥याएर औषधि खरिद गरिदा औषधी गुणस्तरीय नहुने चिकित्सकहरू बताउँछन ।

प्रशासकिय अधिकृत रवाना नलिई अस्पतालमै

भदौ १ गतेदेखि मुख्यमन्त्री कार्यालयबाट सरुवा भई लुम्बिनी प्रादेशिक अस्पतालको प्रशासन शाखामा आएका कृष्ण गौतमलाई काम गर्न सकेका छैनन । कार्यालयमा हाजिरी लिएका नया प्रकाशकिय अधिकृतलाई सरुवा भएका मेसु राजन केसीले छोडेका छैनन । सरुवा भएका केसी रवाना नबुझी बसिरहेका छन । केसी अस्पतालमै बस्न सोर्सर्फोस लगाईरहेको श्रोतको दाबी छ । नया अधिकृत आएपनि उनले काम गर्न पाएका छैनन ।

हरेक मेसुको काम, कर्मचारी थप्ने

अस्पतालका आउने हरेक पदाधिकारीहरू आफु र आफनो नजिकका कर्मचारी भर्ने काममा बढी जोड दिने गरेको पाईन्छ । अस्पतालमा नियुक्ति भएका मेसु डा सुदर्शन थापाले पनि यो काममा अगाडी देखिए । उनले अस्पतालमा थपे १५ जना भर्ना गरेका छन । सरसफाई, कम्प्युटर अपरेटर, नर्स लगायतका पदमा उनले नया कर्मचारी भना गरेका छन । अस्पतालको सुधारका लागि भन्दा पनि कर्मचारी भर्ना गर्नेमा अस्पतालका प्रशासनमा आउने पदाधिकारीको दाउ हुन्छ । कर्मचारी भर्ना गर्ने तर अस्पतालमा कति कर्मचारी छन भन्ने यकिन तथ्याक पाउन सकिदैन ।

यता लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीहरूको चापलाई मध्यनजर गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले ‘स्टाण्डर्ड हस्पिटल अपरेटिङ म्यानुअल’ स्तरीय अस्पताल सञ्चालनको नयाँ नियमावली बनाउन थालेको बताए । नयाँ कार्यविधीमार्फत स्वास्थ्यकर्मी, कर्मचारीहरू र सरोकारवालाहरूलाई समेत थप जवाफदेही बनाउने र सहज सेवा उपलब्ध गराउने अस्पतालको योजना रहेको उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सुधारका अझ धेरै काम बाँकी रहेको बताउछन । बिरामीको चाप थेग्न अस्पताललाई हम्मेहम्मे परेको उनी बताउँछन् । सेवा सुविधा थप भइरहे पनि प्रशस्त भने गर्न नसकिएको उनले बताए । इमर्जेन्सीमा ६० बेड, आइसियू ४० बेड जसमध्ये १० बेड शिशुका राखिएको छ तर यसले थेग्न सकिरहेको छैन”–उनले भने । उनका अनुसार अस्पतालमा महिला बालबालिकाको लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको छ, अति विपन्नका लागि सामाजिक सेवा इकाइबाट निःशुल्क उपचारको प्रबन्ध गरिएको छ । समाजिक सेवा एकाइ र स्वास्थ्य विमाले धेरैलाई राहतको महशुस भएको छ । यसको पनि छुट्टै काउन्टर राखिएकोे छ । अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको संख्या १ सय २५ रहेको र बिरामीको चाँपको अनुपातमा थोरै रहेको मेसु थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?