ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता

जी–२० शिखर सम्मेलनको दिल्ली घोषणापत्रप्रति रुस खुशी,युक्रेन रुष्ट

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

बुटवल,२५ भदौ । रुसले जी–२० शिखर सम्मेलनको दिल्ली घोषणापत्रप्रति खुशी प्रकट गरेको छ । उसले सम्मेलन युक्रेनीकरण हुनबाट जोगिएको प्रतिक्रिया दिएको छ। ​

रुसी विदेशमन्त्री सर्गेइ लावरोभले भारतको नयाँ दिल्लीमा सम्पन्न जी–२० शिखर सम्मेलन आफूले अपेक्षा गरेभन्दा विपरीत युक्रेनीकरण हुनबाट जोगिएको बताएका हुन्।

उनले दिल्ली घोषणापत्रमा प्रयोग भएका तटस्थ शब्दले आफूलाई आश्चर्यचकित बनाएको भन्दै आयोजक भारतप्रति आभार व्यक्त गरेका छन्। उनले जी–ट्वेन्टी शिखर बैठकलाई भारतले राजनीतिकरण हुन नदिएको भन्दै घोषणापत्रमा उल्लेखित कुराहरु आफ्नो अन्तरआत्माको आवाज रहेको बताएका छन्।

यसअघि युक्रेनले भने जी–२० शिखर सम्मेलनले कुनै पनि आशालाग्दो र गर्व गर्न लायक निर्णय नलिएको भन्दै निराशा व्यक्त गरेको थियो। चीन र रुसका राष्ट्रपति सहभागी नभएको जी–२० शिखर बैठकमा युक्रेनमाथि जारी रुसी आक्रमणको निन्दा हुन सक्ने आंकलन गरिएको थियो।

तर, रुससँग ठूलो व्यापार रहेको भारतले आयोजना गरेको सम्मेलन रुसप्रति नरम हुँदै सम्पन्न भयो। भारतले राष्ट्र संघीय महासभा तथा सुरक्षा सम्मेलनहरुमा रुसविरुद्धका प्रस्तावमा तटस्थता व्यक्त गर्दै आएको थियो। जी–२० शिखर सम्मेलन रुस–युक्रेन युद्धका विषयमा चुप लागेको छ। तर आणविक हतियार प्रयोगमा भने असहमति जनाएको छ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?