ट्रेंडिंग:

>> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता >> श्रम बैंकमार्फत महानगरले रोजगारी दिदै >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ११३ जनाको मृत्यु

गौहत्याको विरोधमा तानसेनमा सद्भाव -याली

२४ भाद्र २०८०, आईतवार
२४ भाद्र २०८०, आईतवार

पाल्पा, २४ भदौ ।

गौहत्याको विरोधमा आइतवार तानसेनमा शान्तिपूर्ण ¥याली निकालिएको छ । विश्व हिन्दु महासंघ पाल्पा र ॐकार परिवारले गौ हत्याको विरोधमा ¥याली निकालेको हो । गौ वंशका हत्यारा र धर्मान्तरण गराउने अपराधीहरुलाई शीघ्र नियन्त्रणमा लिएर कडा कारवाहीको माग गर्दै दवाबमूलक शान्तिपूर्ण ¥याली निकालिएको महासंघका जिल्ला अध्यक्ष कमल पौड्यालले बताए । राज्यको संविधानले संरक्षण गरेको गौ वंश बधले संविधानको मर्यादा खुलेआम उल्लंघन हुँदा सरकार मुकदर्शक हुनु दुःखद् भएको भन्दै आफुहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको अध्यक्ष पौड्यालले बताए ।

गाई काट्नु र संविधान जलाउनु एउटै भएको सामाजिक सद्भाव कायम राख्नका निम्ति धार्मिक र्याली निकालिएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । संविधानमै गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएको अवस्थामा खुलेआम गौ हत्या गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने र्यालीमा सहभागीले माग गरेका छन् । ९० प्रतिशत हिन्दुहरु भएको राज्यमा कि त हिन्दुहरुको माग सम्वोधन हुनुपर्यो कि त संविधान अनुसार राज्यका अंगहरु संचालन हुनुपर्ने सहभागीहरुले जोड दिएका छन् ।

‘संविधान अनुसार देश चल्नुु पर्छ, हामीले केही लाद्न खोजेका छैनौं, सबै जातजाति, लिंग, धर्मको देश हो, कसैले कसैलाई अपमान गर्न नहुने र्यालीमा सहभागी धार्मिक नेताहरुको जोड रहेको छ । र्यालीपछि आयोजित धार्मिक सभालाई धार्मिक अभियान्ता अविशेख जोशी, बाबा योगीराज लगायतका धार्मिक व्यक्तिहरुले सम्वोधन गरेका थिए । धार्मिक र्याली तानसेन टुडिखेलबाट शुरु भई भिमसेन टोल, नारायणस्थान, अशनटोल, शित्तलपाटी, भगवतीटोल, टक्सार, सिल्खान, हुलाक चोकमा आई कोणसभामा परिणत भएको थियो । शान्तिपूर्ण सद्भाव ¥यालीमा सहभागीहरुले गौ वंश हत्याको भत्र्सना गरौं, हिन्दु राष्ट्र नेपाल कायम गरौं, संवैधानिक कानुुनको पालना गर, सामाजिक सद्भाव कायम गरौं लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?