ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता

लुम्बिनी गुरुयोजनाको काम एक महिनाभित्र सक्न उपाध्यक्ष डा.लामाको निर्देशन

२० भाद्र २०८०, बुधबार
२० भाद्र २०८०, बुधबार

बुटवल, २० भदौ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले गुरुयोजनाको निर्माणको काम एक महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार निरीक्षण तथा अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिएर एक महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

लुम्बिनी विकास कोषको गुरुयोजना ४५ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ तर काम भने अधुरै रहेको छ । लुम्बिनी विकास कोषले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरे पनि सम्झौताको करिब २ महिना बाँकी रहँदा पनि निर्माण कार्य आधा पनि हुन नसक्दा लुम्बिनी विकास कोषका नव नियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले फिल्डमा गएर निर्माण कार्यको अनुगमन गरेका हुन् ।

उपाध्यक्ष डा.लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्ता पछि फिल्डमा गएर निर्माण कार्यको अनुगमन तथा निरीक्षण गरेका हुन् । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुलाई फिल्डमा बोलाएर एक महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिनुको साथै काम सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका हुन् ।

ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजना अन्तर्गतका विभिन्न कामका लागि अलगअलग ठेक्का सम्झौता गरेको थियो ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गर्न ठेक्का सम्झौता भए पनि अहिले सम्म गुरुयोजना सम्पन्न हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?