ट्रेंडिंग:

>> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश >> बेष्ट्रन र स्टार विजयी >> एमाले सुर्खेतका नयाँ पदाधिकारीको सपथ ग्रहण >> आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित >> असिनापानीले अन्नबालीमा क्षति, १५ घरमा बाढी, कार पनि बगायो >> आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको चुनौती

महामारीमा सुचना प्रविधिको अधिकतम प्रयोग गर्न क्यान महासंघको आग्रह

६ जेष्ठ २०७८, बिहीबार
६ जेष्ठ २०७८, बिहीबार

महामारी नियन्त्रण तथा रोकथाममा सुचना प्रविधिको अधिकतम प्रयोग गर्न क्यान महासंघले आग्रह गरेको छ ।

महासंघका महासचिव नारायण थापाले बिहीबार एक विज्ञप्ती जारी गर्दै सरकारलाई उक्त आग्रह गरेका हुन् । विज्ञप्तीमा अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोगका निम्ति अनुरोध गर्दछ भनिएको छ ।

प्रेस विज्ञप्ति जस्ताको तस्तै

प्रेस विज्ञप्ति कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह नेपालमा कोरोना संक्रमणको महामारी र यसको संक्रमण दर तिब्ररुपमा वढिरहेको सन्दर्भमा हाल देशका ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा रहेकोमा यसको कार्यान्वयनको प्रभावकारीता र अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनमा देखिएका समस्या तर्फ क्यान महासंघको ध्यानाकर्षण भएको छ । साथै अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोगका निम्ति क्यान महासंघ नेपाल सरकार र सम्बन्धित निकायहरुसंग देहाय बमोजिम अनुरोध गर्दछ ।

१) हाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरूको बेड संख्या (आइसोलेशन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको क्षमता तथा भर्ना भएका बिरामीको संख्या समेत) हरेक दिन सार्वजनिक गर्ने गरेको तर विरामीहरु अस्पताल पुग्दा मन्त्रालयले जारी गरेको सुचना अनुसार नभेटिएकोमा, सुचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत यस्ता सुचनाहरुलाई वास्तविक समयमा (real-time) आधारित बनाउन सकिनेतर्फ क्यान महासंघ अनुरोध गर्न चाहन्छ । हाल संचालनमा रहेको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (Health Management Information System – HMIS) मा सुचना दैनिक अद्यावधिक गर्ने ब्यवस्थालाई परिवर्तन गरि कम्तिमा प्रत्येक घण्टा अद्यावधिक गर्ने र सोहि बमोजिमको वास्तविक सुचनालाई वास्तविक समयमा सेवाग्राहीलाई दिन सकिने बनाउनका निम्ति प्रशासनिक र प्राविधिक ब्यबस्थापनका निम्ति नेपाल सरकार तथा सम्बन्धित सरोकारवाहरुलाई क्यान महासंघ ध्यानाकर्षण गराउन चाहन्छ । आजका दिनमा धेरै क्षेत्र ‘डिजिटलाइज्ड’ भैसकेको, वास्तविक समयका – वास्तविक सुचनामा आधारित रहेर नेपालमा पनि शेयर बजार लगायतका क्षेत्रवाट सरोवारकालाहरुले फाइदा लिइरहेको अवस्थामा, स्वास्थ्य क्षेत्र अछुतो रहनु सुखद कुरा पक्कै पनि होइन । यसको निमित्त आवश्यक प्राविधिक सहयोगका निम्ति क्यान महासंघ सदैव तयार रहेको साथै सुचना प्रविधिको प्रयोग र विस्तारको प्रथम प्राथमिकता, जिवन बचाउनका निम्ति हुनुपर्दछ र करिव १९ महिना अगाडी नेपाल सरकार, मन्त्रिपरिषदबाट पारित भएको ‘डिजिटल नेपाल फ्रेमवर्क – २०७६’ को कार्यान्वयन सोहि अनुसार हुनुपर्दछ भन्ने क्यान महासंघको धारणा रहेको पनि यसै विज्ञप्ति मार्फत अनुरोध गर्न चाहन्छौं ।

२) नेपाल सरकारसंग बारम्बार अनुरोध गर्दा पनि सुचना तथा संचार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको बिषयमा समेत क्यान महासंघको गंभिर ध्यानार्कषण भएको छ । दुरसंचार अत्यावश्यक सेवामा रहेको तर कम्प्यूटरजन्य सामानहरु बिक्री बितरण तथा मर्मत बन्द रहेको, ‘होम स्कुलिङ्ग’ संचालनमा रहेको तर त्यसलाई आवश्यक हुने कम्प्यूटर तथा मोवाइलका बिक्री बितरण तथा मर्मत सेवा बन्द रहेको कारण आगामी दिनमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनमा कठिनाई हुन सक्ने तर्फ पनि क्यान महासंघ ध्यानार्कषण गराउन चाहन्छ ।

३) निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागी मानिसहरुको आबत-जावतलाई कम गराउनका निमित्त औषधि, खाद्यवस्तु लगायतका अन्य अत्यावश्यक बस्तु किनमेलका निमित्त घर वाहिर निस्कनु भन्दा अनलाईन किनमेल गरी घर दैलोमा सरसमानहरुको होम डेलिभरी गराउनु उचित हुने हुंदा सोका निमित्त आवश्यक प्रवन्धका निमित्त पनि क्यान महासंघ नेपाल सरकारसंग अनुरोध गर्दछ । भारत, चीन लगाएत अन्य देशमा समेत निषेधाज्ञाका समयमा होम डेलिभरी सेवालाई अनुमति दिएका कारण निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन हुन सकेको कुरा स्मरण गराउंदै अनलाईन किनमेललाई बढावाका निमित्त समेत होम डेलिभरी सेवा (इकमर्स)लाई डाँक सेवा सरहको मान्यता दिएर निर्वाध रुपमा संचालन गराउन क्यान महासंघ नेपाल सरकारसंग अनुरोध गर्दछ ।

४) हाल सरकारले संचालन गर्न दिएको समयमा संचालित औषधि, खाद्यवस्तु, दुध लगायतका पसलहरुमा अनिवार्य रुपमा इ-बैकिङ्ग मार्फत भुक्तानी लिने व्यवस्था गरेर नगद कारोवारलाई निरुत्साहित्त गर्न समेत संबन्धित सरोकारवालाहरुलाई क्यान महासंघ हार्दिक अनुरोध गर्दछ । धन्यवाद ।

 

नारायण थापा

महासचिव

मितिः २०७८ जेठ ६ गते, बिहीवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?