ट्रेंडिंग:

>> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ 

तातोपानीमा कोरोनाको कोलाहल

४ जेष्ठ २०७८, मंगलवार
४ जेष्ठ २०७८, मंगलवार

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ ।

सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् । वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७ जनाको सिंगामा स्वाब सङ्कलन गरेका थिए ।

“तातोपानी, सिंगा, बास्कुना, थामडाँडा, डाँडाखेत र सुर्केमेलामा बढी सङ्क्रमित छन । कतिले अझै परीक्षण गरेका छैनन”, वडाध्यक्ष पौडेलले भने, “छुटेका र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको मङ्गलबार पुनः तातोपानीमा स्वाब सङ्कलन गर्दैछौँ ।”

गत वैशाख १४ गते तातोपानीका होटल व्यवसायीहरुलाई कोरोनाको लक्षण देखिएको थियो । वडाध्यक्ष पौडेलका अनुसार यसअघि बेनी नगरपालिकाको वडा नं ४ मा १६ सङ्क्रमित थिए । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका तातोपानी कुण्ड बन्द गराउन निर्देशन दिनुभन्दाअघिदेखि नै तातोपानीमा भित्रिएको कोरोना फैलिने क्रममा थियो ।

तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाँडाखेत, बास्कुना र थामडाँडामा १४ गतेपछि चौरासी पूजा, विवाह, क्रिया कर्म, व्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए र त्यहाँ भोजभतेर र जमघट भएको थियो । नागरिकहरु सचेत भइसकेका थिएनन् । मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने अभ्यासप्रति ध्यान दिएनन् । प्रशासनले प्रतिबन्ध लगाए पनि सांस्कृतिक कार्यमा बाजागाजा, नाचगान र भोजभतेर चल्यो ।

तातोपानी स्नान र भ्रमणमा आएका शहरी क्षेत्रका पाहुनामार्फत भित्रिएको कोरोना समुदायस्तरमा फैलाउन सांस्कृतिक कार्यले सहयोग पुगेको ठहर जिल्लास्थित सुरक्षा निकाय, जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले गरेका छन् । फैलिएको कोरोना नियन्त्रण गर्न सिंगा, तातोपानीलगायतका बस्तीका बासिन्दाहरु घरभित्रै बसेका छन् ।

तातोपानीको उपल्लो र तल्लो बजार सोमबार दिउँसो सुनसान थियो । पसल तथा होटल बन्द थिए । मानिसहरु झ्यालबाट बाहिर हेरिरहेका थिए । उनीहरु कोरोनादेखि डराएको जस्तो वातावरण थियो । लक्षण देखिएका र सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण, उपचारका साथै थप फैलिन नदिन सचेतनामूलक कार्यक्रम गरिएको वडाध्यक्ष पौडेलले बताए । उनले स्वास्थ्यकर्मीसहितको टोली सङ्क्रमितको घरमा पुगेर अवस्था बुझ्ने र हौसला दिन थालिएको बताए।

यसैबीच बेनी नगरपालिकाका ५१ सहित म्याग्दीमा सोमबार ८२ नयाँ सङ्क्रमित थपिँदा ५३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जित्नेमा बेनीका तीन महिनाको शिशुदेखि रघुगङ्गाका ८९ वर्षका वृद्धसम्म छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा रघुगङ्गामा थप ११ सङ्क्रमित भेटिएका छन् । चौध जनाको पिसिआर परीक्षण गरिएको थियो । उनीहरु सबै वडा नं ४ का हुन् । रघुगङ्गाको वडा नं ४ मा पर्ने दग्नाममा वैशाख तेस्रो साता भूमे पूजा भएको थियो ।

एन्टिजेन परीक्षणबाट रघुगङ्गामा तीन, धवलागिरिमा १४, मङ्गलामा दुई र अन्नपूर्णमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । धवलागिरिका सङ्क्रमित वडा नं २ लुलाङ र लम्सुङका हुन् । हालसम्म ९६७ सङ्क्रमित रहेको म्याग्दीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४४ जना छ । म्याग्दीबाट पठाइएको ४१६ वटा स्वाब नमूनाको नतिजा आउन बाँकी छ । वैशाख २२ गते रातिदेखि शुरु भएको निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ ।

परीक्षणको दायरा बढाए पनि पिसिआरको नतिजा आउन ढिलाइ हुँदा जोखिम र कोरोना नियन्त्रणमा चुनौती छ । पालिकास्तरमा आइसोलेशन सञ्चालन गरेका स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु लक्षण देखिएकाको परीक्षणका साथै होम आइसोलेशनमा बसेकालाई भेटेर हौसला बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिरहेका छन् ।

बेनी अस्पतालमा सञ्चालित आइसोलेशनमा बिरामीको चाप बढेको छ । सोमबार केही समय अस्पताल परिसरमा सङ्क्रमितलाई राखेर उपचार गर्ने ठाउँको अभाव भएको थियो । पोखरा पठाएको सिलिण्डर भरेर आउन ढिलाइ हुँदा अक्सिजन अभाव हुने चिन्ताले चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिका पदाधिकारी चिन्तित देखिन्थे ।

बेनी अस्पतालको आइसोलेशनमा नौ पुरुष र सात महिला उपचाररत छन् । तीन जना निको भएर घर गएका छन् । उन्नाइस जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको अस्पतालमा १२ को एन्टिजेन परीक्षण गर्दा नौमा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन नेगेटिभ आए पनि चार जनालाई निगरानीमा राखेर उपचार गरिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np