ट्रेंडिंग:

>> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो >> उजिरसिहमा बिदाई तथा शुभकामना >> पुरातात्विक संरचनालाई जोगाउँदै समृद्ध बुटवल निर्माणमा जोड >> अझै हुन सकेन कर्णालीमा मन्त्रिपरिषद् विस्तार >>  भिम रावललाई एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा  निषेध >> वामपन्थीबिच अहिले एकताको सम्भावना छैन : प्रधानमन्त्री >> विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> संघीय निजामती सेवा ऐन छिटो पारित गर्न माग >> एमाले पार्टीभित्र देखिए १३ वटा समस्या >> सुनको भाउ आज यथावत् >> लुम्बिनीमा जसपाका मन्त्रीले दिए राजीनामा, समर्थन भने कायम >> गाउंपालिका अध्यक्षले एमाले छाड्दै पदबाटै किन दिए राजीनामा ? >> सल्यान उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनका श्रेष्ठको प्यानलै बिजयी

मिसेज पत्रकार

२ जेष्ठ २०७८, आईतवार
२ जेष्ठ २०७८, आईतवार
 
अचानक घुइँष्टोबाइष्टोसहित आएको पानीले मिसेज पत्रकारलाई समस्यामा पार्यो ।
भीआइपीहरुको बस्तीजस्तो रहेको फराकिलो कालोपत्रे सडकको किनाराका रुखहरु हावाले सोस्याउँदै थिए ।
भुइँमा खसेका पात र धुलोलाई एउटै मुस्लो बनाएर हावाले बाटोभरी कहिले यता र कहिले उता दौडाइरहेको थियो ।
 
पानीका ठूला-ठूला थोपाहरु आकाशबाट बर्षँदै थिए र कता-कता आकाशमा विजुली झिल्कने र केही पछि गड्याङ्ग गरेको आबाजले मुटु थर्काइदिन्थ्यो ।
 
मिसेज पत्रकारले सुरक्षित ओत खोजेकी थिइन् । तर, त्यहाँ सबैका मुल गेटहरु बन्द थिए । उनको त्यो छट्पटाहटलाई मैले गेटमा राखेको सीसीटीभी क्यामेराको माध्यमले कम्प्युटरको स्क्रिनमा देखेँ । एक थान सर्ट र पाइण्टमा सजिएकी मिसेज पत्रकार जाडोले झण्डै काँपेकी थिइन् । कान्छीलाई अह्राएँ । कान्छीले गेट खोलेर मिसेज पत्रकारलाई भित्र ल्याई । बराण्डाको कुर्चीमा मिसेज पत्रकार बस्न आइपुगिन् । यद्यपि त्यहाँ पनि हावा हुण्डरी र पानीको तिखो र चीसो प्रभाव कम थिएन । त्यत्ति हो टाउकोमाथि आकासको ठाउँमा छत थियो । बाहिर निस्केर मैले सोधपुछ गर्दा पत्रकार रहिछन् यो थाहा लाग्यो । कान्छीले एउटा उलन शल लिएर ओढ्न दिई । एकैछिनमा उसले तातो एक कप चिया लिएर हातमा थमाइदिई । मौसमले भने आफ्नो तुजुक देखाइरहेको थियो ।
 
कान्छी विछट्टै राम्री छे । मसिनो श्वरमा बोलीपिच्छे मुसुक्क हाँस्छे । घरभित्रको काम गर्न निकै सिपालु छे । कुनै काम अह्राउनु पर्दैन । झण्डै ६० कोठाको घर उसले सँधै चुस्त दुरुस्त राख्छे । कान्छाले काम नभ्याएको अवस्थामा उसलाई पनि सघाउँछे । त्यसो त कान्छो पनि नराम्रो छैन । तर, भैंसीको गोबर फाल्ने, कुखुराको खोर सफा गर्ने, दूध दुहुने, घाँस चारो मिलाउने कोदाली खन्ने, बारीमा फलेका तरकारीहरु टिप्ने, अवस्था अनुसारको सबै काम उसले गर्छ । उसलाई पनि अह्राइरहनु पर्दैन । सानो भेटघाट पछि मिसेज पत्रकारसँग- मेरो थोरै जरुरी काम छ, अलि ब्यस्त छु, बस्नोस्, आँधी पानी थामिएपछि जानुहोला भनेर भित्र छिरेँ । उनको सामुन्नेको कुर्चीमा गएर कान्छी बसी मुखबोला साथीको रुपमा ।
पत्रकार चुप लागेर कहाँ बस्छन् र ?
 
कान्छीसँग मिसेज पत्रकारले थुप्रै कुरा सोधिछन् । कान्छीले सोधेअनुसारको जवाफ फर्काउँदै गई । आफ्नो फोटो पनि खिचाइ । मिसेज पत्रकारले मलाई पनि एउटा प्रश्न तेर्छाइन् कि तपाइँका घरेलु कामदारलाई सरकारले तोकेको मापदण्डअनुसार तलव सुविधा दिनुभएको छ ? मैले भनेँ- यिनीहरु दुबैजनालाई मैले तलवमात्र हैन, खानसमेत् दिन्न । कहिलेकाहिँ रिस उठ्यो भने लात्ताले पनि हानिदिन्छु । उनले ॅत्यस्तो अत्याचार’ भन्दै मलाई पुलुक्क हेरिन् र डायरीमा केही कुरा टिपोट् गरिन् । मसँग नाम सोधिन् । नाम भनिदिएँ । यतिबेला मौसममा केही सुधार आएको थियो । पानी थामिएको थियो । तर, हावा भने चलि नै रहेको थियो । मिसेज पत्रकारलाई आजको जागिर पाको भएको थियो । घरेलु हिंसा सम्बन्धी समाचारका शब्दहरु गाँस्नमात्र बाँकी थियो । उनी सायद कार्यालयतिर लागिन् ।
 
भोलिपल्टको अखबारमा म समाचार बनेको थिएँ । कान्छीको त तस्बीर नै छापिएको थियो । प्रथम पृष्ठमा रंगीन फोटोसहित कभरेज भएको सो समाचार त्यहि पत्रिकामा छापिएकोमात्र थिएन, रेडियोहरुले पनि त्यसलाई भन्दै थिए र टेलीभिजनमा पनि चित्र देखाउँदै पढिँदै थियो । घरेलु कामदारमाथि चरम रुपमा श्रम शोषण, खानसमेत् नदिइने, रिस उठेमा लात्ताले हान्ने कुरा मालिकद्वारा स्विकारोक्ति, कहाँ छन् महिला अधिकारवादीहरु ? यस्ता-यस्ता शब्दहरु कुँदिएर समाचार बनाइएको थियो । वास्तवमा त्यो समाचारले त्यतिबेला सनसनी नै मच्चायो । मैले कान्छीलाई फोटो र समाचार बन्न गएकोमा वधाइ दिएँ । उ मुसुक्क मुस्काइ । कतिपय उसकै शब्दहरु जो इन्भर्टेड कोमाभित्र उल्लेख थियो- त्यसमा मिठास थियो । कतिबेला उसको दिमागमा यी शब्दहरु भरिए भनेर मैलाई आश्चर्य लाग्यो ।
 
अब मलाई थाहा थियो कि यहाँ महिला अधिकार आयोगको तर्फबाट वा महिला हक हित हेर्ने गैरसरकारी संस्थाको तर्फबाट कुनै पनि बेला मेरो घरमा आएर छापा मार्नेछन् । मलाई छ्यास्नेछन् । कान्छीको पक्षमा टिठाउँदै उसको अधिकार दिलाउन मलाई कठघरामा उभ्याउने छन् । हुनसक्छ अदालतसम्म पनि घिसार्ने छन् । मलाई यस्तो सोँच आउनु स्वभाविकै हो । सम्पर्क नम्बर नभएकोले मलाई कतैबाट फोन त आएन, तर, तिनै मिसेज पत्रकारलाई लिएर एउटा गाडी मेरो गेटमा उभिएको मैले भित्रैबाट देखेँ ।
 
सायद मिसेज पत्रकार अधिकारकर्मीहरुलाई मेरो घर देखाइदिन आएकी थिइन् । तिनैले हुन सक्छ, एक प्रति पत्रिका मेरो गेटमा छाडिदिएकी थिइन् ।
 
भोलिपल्ट मेरो घरको त्यो समाचारले महिला अधिकारकर्मी, प्रशासन सबैलाई घच्घचाएछ । घरेलु काम गर्ने महिला कामदारलाई खान समेत् नदिनु, लात्ताले हान्ने अभिब्यक्ति आफ्नै मुखले दिनु उनीहरुको लागि निकै ठूलो मुद्दा थियो । त्यो एकखालले राष्ट्रिय मुद्दा थियो । फेरि कान्छीको सुन्दरता झल्केको जुन फोटा छापिएको छ त्यसलाई हेर्दा मबाट यौन शोषण भएको हुन सक्छ भन्ने आशंका पनि अधिकारकर्मीलाई पर्न सक्छ ।
 
एकसाता नबित्दै मेरो घरको समाचार महिला अधिकार आयोगमा ठूलो बहसको विषय बनेछ । यसकारण पनि बन्न पुग्यो कि त्यहि अखबारमा तिनै मिसेज पत्रकारले आयोगलाई कुम्भकणर् निद्रामा मस्त सुतेको, तलवमारा अधिकारकर्मी भनेर छ्यासिन् । त्यसले पनि अधिकारकर्मीलाई जाग्न वाध्य पार्यो । मैले समाचारको खण्डन नपठाएकोले, कुनै सफाइको बाटो नअँगालेकोले पनि कुरा सत्य हो भन्ने निस्कर्षमा आयोग पुग्यो होला ।
 
उनीहरु एक थान पत्रसहित कान्छीको उद्धार गर्न आइपुगे । पत्रमा मैले कान्छीलाई मोटो रकम हर्जाना तिर्नुपर्ने कुरा उल्लेख थियो । मैले भित्र बोलाएर कुर्चीमा सबैलाई राख्दै कान्छीलाई नै चिया लिएर आउन अह्राएँ । कान्छी फूर्तिसँग भित्र गई र चिया लिएर सबैका अगाडि शिर झुकाउँदै कपहरु राखिदिई । कान्छीको मुस्कुराहट लोभलाग्दो थियो । सबैले उसलाई हेरेका थिए ।
 
कुराकानीको क्रममा मैले भनेँ- ठीक छ तपाइँहरु अधिकारकर्मी हो । अनुसन्धान गर्नु कर्तब्य हो । तर, कारवाही गर्ने निकाय हैन । तपाइँले अदालतमा यो मुद्दालाई उठान गर्न सक्नुहुन्छ । अदालतले ठहर गरेको सजाय, जरिमाना जे हुन्छ मैले पालना गर्ने कि नगर्ने भन्ने हो त्यो त्यतिबेलै तय होला । अहिले कान्छीलाई तपाइँहरुले लैजान सक्नुहुन्न, उनी तपाइँसँग जान पनि मान्दिन ।
 
अधिकारकर्मी मध्येकै एकजना महिलाले कान्छीलाई बोलाएर लैजानको लागि सोधिन् पनि । कान्छीले इन्कार गरी । अदालतले जे फैसला गर्छ त्यहि हुन्छ भनेर उसले छोँटो जवाफ दिई । उसले जवाफ दिँदा पनि मुस्कान उस्तै थियो । अब अदालतमा भेट हुने भन्दै उनीहरु मेरो बैठक कक्षबाट बाहिरिए । मैले ॅहुन्छ’ भनेर जवाफ दिएँ ।
 
यस्तै दुईसातापछिको कुरा हो अदालतबाट एउटा झण्डै चार पृष्ठको खामबन्दी पत्र आयो । मैले त्यसलाई बुझेँ । जहाँ दस्तखत गर्न भनियो दस्तखत गरिदिएँ । मलाई बाटोको म्याद बाहेक सात दिनभित्र प्रतिवाद फिराउन भनिएको थियो । अदालतको आदेशलाई उल्लंघन गर्न मलाई अनुमति थिएन । मैले प्रतिवाद पत्र फिराएँ । प्रतिवाद पत्रमा मैले कान्छी को, कस्ती केटी हो, आदि कुराहरु सांकेतिक रुपमा उल्लेख गरेको थिएँ ।
 
वेलायतबाट आउँदा कान्छा र कान्छीलाई सँगै ल्याएको, विमानस्थलमा विलअनुसार भन्सार बुझाएको कुरा पनि उल्लेख गरेको थिएँ । त्यो कुरालाई वादीतर्फका वकिल महोदयले खै कस्तो अर्थाए कुन्नी ?
 
अदालतले घरेलु हिंसापीडित महिलालाई समेत लिएर फलानो मितिमा वयानका लागि हाजिर हुने भन्ने तारेखपत्र थमाइदियो । तोकिएको दिन र समयमा म अदालत पुगेँ । मसँग कान्छी पनि गएकी थिई । मैले वकील राखेको थिइन । पेचिलो मुद्दा भएकोले महिला अधिकारकर्मी, सञ्चारकर्मीहरु सबै त्यहाँ खचाखच भरिएका थिए । शुरुमा समाचार बनाउने मिसेज पत्रकार पनि त्यहाँ उपस्थित थिइन् । उनी त प्रत्यक्षदर्शी परिन् । सायद उनको तर्फबाट गवाही दिने कार्यक्रम पनि थियो । नभन्दै रहेछ । उनले आँखाले जे देखेकी थिइन् त्यो सबै बताइन् र कुर्चीमा गएर बसिन् । वादीतर्फबाट नियुक्त गरेका वकील महोदयले कालोकोटमा सजिएर कानुनका दफा, महिला हिंसा गर्नेलाई दिनुपर्ने सजाय, प्रत्यक्षदर्शीको भनाइको नजीर आदिको लामो सूची सुनाउँदै थिए । उनले कान्छीलाई कठघरामा उभाएर बिभिन्न प्रश्नहरु सोध्न थाले । मलाई थाहा थियो कान्छीसँग कस्ताखाले प्रश्न सोधिने छ । त्यसैले मैले उसलाई सबै प्रश्नहरुका उत्तरहरु सिकाएको थिएँ ।
 
कान्छी मुस्कराउँदै वकिलले सोधेका प्रश्नहरुको संक्षिप्त उत्तर दिइरहेकी थिई । कान्छीको पालो सकिएको थियो । उ उठेर कुर्चीमा बसी । त्यसपछि मलाई वकिलले कठघरामा उभ्याए र थुप्रै प्रश्नहरु तेर्छाए । मैले पहिला सबै प्रश्नहरु राख्नुस् भनेर भनेकोले उनले प्रश्नहरुको ओइरो लगाए ।
 
उत्तर दिने पालो अब मेरो थियो । मैले खल्तीमा हात हालेर त्यहिँबाटै एउटा स्विच थिचिदिएँ । कान्छी पुङलुङ्ग कुर्चीबाट ढली । भुइँमा कुनै गह्रुंगो बस्तु खसेको आवाज आयो । सबैका आँखा कान्छितिर गयो । लौ के भयो यिनलाई भनेर बसेका महिलाहरु कान्छीलाई उठाउन दौडे । कसैले खाना खान नदिएर भोकै ल्याएहोला, चक्कर आयो भन्दै मलाई सराप्न थाले । उठाएर उसको पाइण्टमा लागेको धुलो टक्टकाइदिन थाले । जसलाई उद्धार गर्न भनेर ल्याइएको हो त्यो नै ढलेपछि सबैको ध्यानाकर्षण हुने नै भयो ।
 
वास्तवमा त्यहाँ एकछिन् हल्लाखल्ला नै मच्चियो । एकजना महिला जो कान्छीलाई उठाएर ठाडो पार्दै थिइन् उनले त कान्छी जीवित नरहेको घोषणा नै गरिन् । किनभने कान्छीले सास फेरिरहेकी थिइन । वास्तवमा उ मुर्दा बनेकी थिई । जता पल्टायो उतै पल्टन्थी । उनीहरुले कुर्चीमा बसाले, कान्छी फेरि लडी । त्यसैबेला मैले फेरि खल्तीमा हात हालेर स्वीच अन गरेँ । उसको शरीर सञ्चालित भयो । मुसुक्क मुस्काउँदै मलाई ॅएस सर’ भनी । मैले कुर्चीमा बस्न आदेश दिएँ । कान्छी कुर्चीमा बसेर मुस्कुराइरहेकी थिई । न्यायकर्मी, अधिकारकर्मी महिलाहरु, सञ्चारकर्मीहरु ट्वाँ परेर माहौल हेरिरहेका थिए ।
 
कसैले कान्छीको फोटो खिचिरहेका थिए । आफूजस्तो मान्छे र यन्त्रबाट बनेको मान्छे पनि चिन्न नसकेर कान्छीलाई समाचारमा उछाल्ने मिसेज पत्रकार कता छिन् भनेर चारैतिर खोजेँ । तर उनी त लस्की सकिछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?