ट्रेंडिंग:

>> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने
कृषि

विज्ञसहित किसानका बारीमा मेयर

२३ जेष्ठ २०८०, मंगलवार २०:४९
२३ जेष्ठ २०८०, मंगलवार २०:४९

दाङ, २३ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का मंगलबार तुलसीपुर –११ मोतीपुरका किसानले गरेको मकै बारीमा पुगे । उनीसंग विज्ञ टोली किसानको बारीमा पुगेपछि किसान दंग भएका छन् । किसानकै बारीमा पुगेर मकैमा लागेको रोग किरा नियन्त्रण गर्नका लागि कृषि शाखाका प्रमुखलाई लिएर उनी बारीमै पुगेका थिए ।

किसानहरुले प्रविधिको प्रयोग गरेर लाइन बनाएर मकै रोपेका छन् । कृषि शाखाका प्रमुख धनराज गौतमले बारीमा पुगेर मकै खेती हेरेपछि फौजी किराको प्रकोप बढ्न थालेको भन्दै तत्कालै औषधी छर्न आग्रह गरे । यसरी मकै रोप्दा हावा वारपार पास भएर बिरुवा बढ्न र उत्पादनमा समेत टेवा पुग्ने कृषि शाखा प्रमुख गौतमले बताए । उनले खेतीबालीमा लाग्ने रोग किराका विषयमा किसान चनाखो हुन आग्रह गरे । प्राबिधिक ज्ञान लिएर खेती गरेमा क्षती कम हुने उनले बताए ।

यसैबीच फिल्ड अनुगमन तथा अवलोकनका क्रममा नगरप्रमुख टिकाराम खड्काले उपमहानगरले आर्थिक समृद्धिका लागि गर्दै आएको कार्यक्रममा संघ संस्थाहरुले पनि हातेमालो गरेकोमा धन्यवाद दिएका थिए । यसैगरी पालिकासँग समन्वय गरेर गर्नसक्ने आर्थिक समृद्धिका अन्य कार्यक्रमहरु भएमा सधैँ स्वागत गरिने र कृषकहरुको उत्थान र बजारीकरणका सवालमा संस्थाहरुले पनि सक्दो सहयोग गर्नुपर्ने बताए । पालिकाले आगामी दिनमा कृषकहरुलाई सहज होस् भन्नका लागि सहकारी मार्फत बजारीकरणलाई जोड्ने बताउँदै नगरप्रमुख खड्काले आर्थिक प्राबिधिक तथा आधुनिक ज्ञान र सिपका माध्यमवाट कृषकहरुको उत्थानका लागि ग्रामीण महिला उत्थानलाई काम गर्नका लागि अनुरोध गरेका थिए ।

यसैगरी उपप्रमुख स्यानी चौधरीले कृषकहरुको उत्थान तथा आर्थिक समृद्धिका लागि पालिकास्तरीय तथा संघ संस्थाहरुले गर्दै आएको कामलाई एकीकृत प्रणालीबाट समुदायस्तरमा पुर्याउन सकेमा केही परिवर्तन देखिने भन्दै समन्वयका लागि संस्थालाई अनुरोध समेत गरेका थिए । अनुगमन कार्यक्रममा नगरप्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, प्रवक्ता माधव वली, वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावत, प्रशासन शाखा प्रमुख विष्णुकुमारी आचार्य, कृषि शाखा प्रमुख धनराज गौतम, पशु शाखा प्रमुख डा मनोज वलीलगायतको सहभागिता रहेको थियो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङले जिल्लाका पाँच वटा पालिकामा किसानहरुलाई प्रविधि मैत्री तरिकाले खेतीपाती गर्नका लागि सहयोग, प्राविधिक ज्ञान दिंदै आएको छ । यसै कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि तुलसीपुर उपमहागरपालिकाका नगर प्रमुख टिकाराम खड्काको संयोजकत्वमा पालिकास्तरीय ९ सदस्यीय परियोजना सल्लाहाकार समिति गठन गरिएको छ । केन्द्रले तुल्सीपुर –११ मोतिपुरमा किसानहरुलाई सुरक्षितरुपमा अन्न भण्डारणका लागि पिस ब्याग हस्तान्तरण गरेको थियो ।
रिपलान्ट परियोजनाका कार्यक्रम संयोजक एचबिथापाले स्वागत तथा कार्यक्रमको उद्देष्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण रिपलान्ट परियोजनाका सुपरभाईजर अर्बिन चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?