ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
कृषि

ताजा तरकारी र फलफुलमा निकासी कर लगाउने तयारी

२३ जेष्ठ २०८०, मंगलवार १८:२०
२३ जेष्ठ २०८०, मंगलवार १८:२०

सल्यान, २३ जेठ ।

वेमैसमी तरकारी खेतिका लागि प्रसिद्ध सल्यानको कपुरकोट गाउँपालिकामा कृषिजन्य वस्तुको निकासी कर लगाउने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कपुरकोट गाउँपालिकाले कृषिजन्य वस्तुमा प्रति किलो २५ पैसा निकासी कर असुल्ने तयारी थालेको भन्दै नेपाली कांग्रेस कपुरकोट गाउँपालिका कार्यसमितिले आपत्ती जनाएको हो । मंगलबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले किसानलाई व्ययभार पर्नेगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि कर असुली नगर्न अपिल गरेको कांग्रेस कपुरकोटका प्रवक्ता कुबेर खत्रीले जानकारी दिए ।

कांग्रेस कपुरकोटका सभापति एकराज वलीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा गाउँपालिकाले गएको हिउँदे गाउंसभाबाट कृषिजन्य वस्तुमा निकासी कर लिने प्रस्ताव गरेको र गत बैशाख २७ मा भएको गाउँपालिकाको अन्तत्र्रिmयाको घोषणापत्रमा समेत कृषि उपज बजार संचालक समितिलाई पोस्ने तथा कृषि उत्पादनको मुल्यमा गिरावट ल्याउने प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

कांग्रेस कपुरकोटका उपसभापति टिकाराम केसीको नेतृत्वमा पार्टी सचिव तिलक देवकोटा, प्रवक्ता कुवेर खत्री, वडा नम्बर ३ का सभापति प्रदिप खड्का, वडा नम्बर ४ का सभापति रत्नलाल वली, ५ का सभापति यज्ञ वोहरा, कमल घर्ती, खड्क केसी लगाएतले गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

विगत आर्थिक वर्ष २०७५।०७६ मा पनि स्थानीय सरकारले ताजा कृषिजन्य वस्तुमा निकासी कर लिने निर्णय गरेकोमा व्यापक जनदवावका कारण निर्णय सच्याएको भन्दै कांग्रेसले फेरी कर उठाउने प्रयास गरीएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

ध्यानाकर्षण पत्रमा वेमौसमी कृषि उत्पादनका लागि रासायनिक मल, उन्नत तथा हाइव्रिड विउविजन, विषादी सुलभ रुपमा किसानलाई उपलब्ध गराउनुपर्ने चुनौती र उचित मुल्य सहितको बजारीकरणको व्यवस्था गर्नुपर्ने समस्या उस्तै रहेको उल्लेख गरिएको छ । यसका साथै कृषि यन्त्र, सिचाइ तथा उचित किसीमको बजारिकरणका लागि एकिकृत तथा प्रतिष्पर्धात्मक कृषि उपज बजारको व्यवस्था, बजारको अनुगमन तथा रेखदेख, विषादीको उचित प्रयोगबारे ज्ञानको विस्तार र खास कृषकहरुलाई प्रोत्साहन गर्नुको साटो घुमाउरो तरिकाबाट किसानलाई नै मारमा पार्ने कोसिस गरिएको उल्लेख छ ।

कपुरकोट कृषि उपज बजार संचालक समितिले विगत ६ वर्षदेखी कुनै पनि बजार व्यवस्थापनको काम नगरी विभिन्न वाहनामा उठाएको रकमलाई सार्वजनिक नै नगरेको भन्दै उक्त सञ्चालक समितिको पुनःगठन गरी आर्थिक प्रतिवेदन सार्वजनिक गराउन गाउँपालिकाले पहल गर्नुपर्ने माग गरिएको छ । कृषि उत्पादनलाई बृद्धि गर्न आवश्यक नीति कार्यक्रम तय गरी बजेट विनियोजन गर्न पनि कांग्रेस कपुरकोटले गाउँपालिकासंग माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?