ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
समाचार

सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

२३ जेष्ठ २०८०, मंगलवार १३:०९
२३ जेष्ठ २०८०, मंगलवार १३:०९

बुटवल, २३ जेठ ।

नेपाल पत्रकार महासंघ रूपन्देहीले सदस्यता शुद्धिकरण भन्दै पूर्वाग्रह ढंगले सदस्य हटाउने निर्णय र सिफारिश गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले गम्भीर असहमति व्यक्त गरेको छ ।

प्रेस चौतारीले मंगलबार पत्रकार महासंघ रुपन्देहीलाई ज्ञापनपत्र बुुझाउँदै आफ्नो असहमति प्रकट गरेको हो । महासंघ केन्द्रीय समितिले बनाएको मापदण्ड अनुसार सदस्यता शुद्धिकरण निष्पक्ष र पारदर्शी ढंगले हुनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी रूपन्देही दृढ रहेको उल्लेख गर्दैै प्रेस चौतारीले तर पत्रकार महासंघ रुपन्देहीले शद्धिकरण मापदण्डलाई वेवास्ता गर्दै छुट्टै मापदण्ड तयार गरी उस्तै खालका व्यक्ति कसैको सदस्यता कायम राख्ने र कसैको खोस्ने प्रपञ्च गर्नु नेपाल पत्रकार महासंघ रूपन्देहीको एकता र संस्थागत विकासमाथि गम्भीर प्रहार भएको जनाएको छ । “नेपाल पत्रकार महासंघ रूपन्देहीले गरेको निर्णय एकपक्षीय, पूर्वाग्रही र सुनियोजित रहेको ठहरसहित प्रेस चौतारी रुपन्देही अस्वीकार गर्दछ”–ज्ञापनपत्रमा भनिएको छ ।

पत्रकार महासंघ रूपन्देहीलाई यो शुद्धिकरण अभियान एउटा अवसर रहेको, जसले आगामी दिनमा नेपाल पत्रकार महासंघको आन्तरिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै ज्ञापनपत्रमा पत्रकार महासंघप्रतिको सामाजिक छवि पनि उचो बन्ने अवसरलाई महासंघले गुमाएको उल्लेख छ । आग्रह, पूर्वाग्रह राखेर सदस्यता शुद्धिकरण गरिएकोले महासंघको मर्म र गरिमामाथि प्रहार भएको ज्ञापनपत्रमा उल्लेख छ । शुद्धिकरणमा पर्नैपर्ने वर्षौंदेखि पत्रकारिता नगरेका सदस्यहरुलाई कुनै संगठनको सदस्य भएकै आधारमा जोगाउने र कुनै संगठनको सदस्य भएको आधारमा हटाउने निर्णय तत्काल सच्याउन प्रेस चौतारी रुपन्देहीले माग गरेको छ ।

आफ्नो मागलाई गम्भीरतापुर्वक लिई यथाशीघ्र निर्णय नसच्याएमा चरणवद्ध आन्दोलनमा जाने चेतावनी पनि चौतारीले दिएको छ । महासंघलाई सांच्चिकै सबै विचार र आस्थामा आवद्ध पत्रकार, पत्रकार सम्बद्ध संगठनहरुको साझा संस्था बनाउने हो भने निर्णय सच्चाउनुको विकल्प नरहेको चौतारीको ज्ञापनपत्रमा भनिएको छ । बाहिर सदस्य शुद्धिकरणका आकर्षक कुरा गर्ने तर भित्र अर्कै ढंगले योजना बनाएर गरिने निर्णयको सबै ढंगले प्रतिवाद गर्दै अघि बढ्ने पनि प्रेस चौतारीले जानकारी गराएको छ । सदस्यता शुद्धिकरणलाई पारदर्शी र खुला ढंगले अघि बढाउने काममा आफ्नो संगठन सधैं सहयोग गर्न तयार रहेको चौतारीले जनाएको छ ।

पत्रकार महासंघ रूपन्देही यस्तै एकपाखे र एकलकाँटे ढंगले अघि बढे प्रतिवादका लागि आगामी निर्णय कठोर हुँदै जाने चेतावनी पनि प्रेस चौतारीले दिएको छ । ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले सदस्यता शुद्धिकरणलाई खुला र पारदर्शी गर्ने गरी यसअघि भएको छलफल र बैठकमा भएको निष्कर्ष अनुसार अघि बढ्न आग्रह गरे ।

ज्ञापनपत्र बुझ्दै महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सदस्यता शुद्धिकरणको विषय अझै छलफलको क्रममै रहेकाले सबै विषयमा आवश्यक छलफल गरेर अघि बढ्न तयार रहेको र त्रुटी भएको भए सच्याउन पनि तयार रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?