ट्रेंडिंग:

>> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु

लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीको कार्यालय भवन भैरहवामा बनाउन शुरु

२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

बुटवल,२३ जेठ ।   जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवामा  कार्यालय भवन निर्माण सुरु गरेको छ । लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै शेयर सदस्य रहेको सहकारीको हाल तिलोत्तमा १५ कोटिहवामा आफ्नै केन्द्रीय कार्यालय भवन छ ।

यसअघि नै सहकारीले सिद्धार्थनगर नगरपालिका–८ स्थित शिवपथमा आफ्नै स्वामित्वको ४३ धुर जग्गामा १२ करोड लगानी गरेर अत्याधुनिक अर्को कार्यालय बनाउने योजना अघि सारेको थियो ।

तर वर्तमानको आर्थिक मन्दीका कारण ठूलो लगानीमा भवन बनाउन उपयुक्त नहुने निश्कर्षसहित सहकारीले ३७ लाख रुपैयांमा भवन बनाउन लागेको हो ।

भवनको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी र सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।   असोजसम्म निर्माण सम्पन्न हुने लक्ष्य राखिएको उक्त भवनमा सहकारीको भैरहवा स्थित पहुँच सेवा केन्द्र पनि रहने संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

कार्यालय भवन शिलान्यास गर्दै नगर उपप्रमुख अधिकारीले आम सर्वसाधारणको पहुंचमा सजिलै पुग्न सक्ने सहकारी नै भएकाले यसको महत्व बढिरहेको उल्लेख गर्दै सहकारीको मूल्य मान्यता अनुसार अघि बढ्न आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि।क।ले पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या देखिएकाले स्थानीय सरकार चनाखो भएर अनुगमन बढाउनुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणाले स्थापनाकालदेखि जनउत्थान सहकारीले राम्रो काम गर्दै आएको बताए । सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनले उत्कृष्ट व्यवस्थापन र शेयर सदस्यको निरन्तर निगरानीका कारण संस्था यहाँसम्म आइपुगेको बताए ।
उनले शेयर सदस्यहरुको सल्लाह सुझावअनुसार अगाडि बढ्ने बताए । सहकारीकी भैरहवा पहुँच सेवा केन्द्र संयोजक शान्ति अधिकारीले शेयर सदस्यहरुको सल्लाह सुझावअनुसार संस्था अघि बढ्ने बताइन् ।

३१ जना सदस्यहरुबाट सुरु भएको सहकारीमा हाल ४० हजार जना शेयर सदस्यहरु र संस्थाको पुँजी ३ अर्ब २९ करोड र जगेडा कोषमा २४ करोड रहेको सहकारीका मुख्य प्रबन्धक रन बहादुर थापाले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पाँच जना बेरिकेड हस्तान्तरण गरिएको थियो । त्यस्तै कार्यक्रममा ३ वटा विद्यालयलाई विद्यालय विकास अक्षयकोष, ३ वटा आमा समूहलाई आमा समूह विकास अक्षयकोष, ३ वटा युवा क्लबलाई युवा विकास अक्षयकोष, नेपाल अभिनास अनाथ आश्रम तिलोत्तमा–१४ कोटिहवालाई अनाथ आश्रम अक्षयकोष हस्तान्तरण गरिएको थियो । त्यसै गरी ७ वटा महिला समूहलाई सरसफाई सामग्री डस्टबीन हस्तान्तरण गरिएको समूहले जनाएको छ ।
कार्यक्रममा ऋण बीमा हस्तान्तरण समेत गरिएको सचिव सरु रानाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?