ट्रेंडिंग:

>> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो
वन/वातावरण

वातावरण दिवसमा वृक्षारोपण

२२ जेष्ठ २०८०, सोमबार २०:२०
२२ जेष्ठ २०८०, सोमबार २०:२०

बर्दघाट, २२ जेठ ।

विश्व वातावरण दिवसको अवसर पारेर खानेपानी आयोजना परिसरमा वृक्षारोपण गरिएको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको आयोजनामा बाढिपीडित क्षेत्रमा नवनिर्मित आयोजनाको परिसरमा करिव एक सय विभिन्न जातका विरुवाहरु रोपिएको हो ।

आँप, अम्बा, लिचि लगायतका फलफूल सँगै विभिन्न प्रजातिका फूल र अशोकाका विरुवाहरु रोपिएको हो । वृक्षारोपण कार्यक्रमलाई बर्दघाट नगरपालिकाका उप प्रमुख रुद्र प्रकाश उपाध्याय, बर्दघाट नगरपालिकाका सँस्थापक नगर प्रमुख धिरज शर्मा बश्याल, सँस्थाका निवर्तमान अध्यक्ष धातानन्द बश्याल, वर्तमान अध्यक्ष दिपक लम्साल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै उप प्रमुख उपाध्यायले पर्यावरणलाई जिवन्त राख्न हरेक क्षेत्रबाट अघि बढ्नुपर्ने बताए । उनले नगरले पनि हरियाली प्रवद्र्धन कार्यक्रम अघि सारेको बताउँदै ग्लोवल वार्मिङ्ग र कार्वन उत्सर्जन कम गर्न रुख विरुवा रोप्नुपर्ने बताए ।

सँस्थापक नगर प्रमुख शर्माले विगतमा पनि नगरले हरित नगरको अवधारणा अघि सारेको बताउँदै नगरका हरेक नागरिक र सँघसँस्थाले हरियाली प्रवद्र्धनमा हातेमालो गर्नुपर्ने बताए । पछिल्लो समय रुखविरुवा रोप्ने र हुर्काउने भन्दा पनि मास्ने काम बढ्दै जाँदा पानीका मुहान समेत सुक्दै जान थालेको बताउँदै वातावरणीय सन्तुलन कायम राख्न रुख विरुवाको महत्व हुने बताए । उनले रोप्नु भन्दा जोगाउनु र हुर्काउन चुनौती रहेको बताउँदै विरुवाको सँरक्षण गर्नु हरेकको दायित्व रहेको बताए ।

सँस्थाका अध्यक्ष दिपक लम्सालले खानेपानी सँस्थाले स्वच्छ पानीको उपलब्धता सँगै सरसफाई र वृक्षारोपण र सँरक्षण सँगसँगै लगिने बताउँदै पानीको मुहानको मुख्य सँरक्षक नै रुखविरुवा र जँगल रहेको बताए । सँस्थाले हरियाली प्रवद्र्धनका लागि सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने समेत बताएका थिए ।

सँस्थाले राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर हरेक दिन सरसफाई सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना समेत गरेको सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिए ।

कार्यक्रममा सल्लाहकार, कार्यसमिति, लेखा समिति, कर्मचारी, टोल समितिका प्रतिनिधि, स्थानीयवासी र खानेपानी सुरक्षा योजना समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?