ट्रेंडिंग:

>> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

यस्तो छ तिलोत्तमाले संघीय सरकारबाट पाएको वजेट धेरै देखिनुको वास्तविकता

२१ जेष्ठ २०८०, आईतवार
२१ जेष्ठ २०८०, आईतवार

बुटवल,२१ जेठ । आगामी आर्थिक वर्षको लागि तिलोत्तमा नगरपालिकाले संघीय सरकारबाट रुपन्देहीका १६ पालिकामध्ये सबैभन्दा धेरै वजेट ल्याउन सफल भएको भन्दै केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा नगर प्रमुख रामकृष्ण खांणलाई बधाई दिनेको लहर चलेको छ । संघीय सरकारले रुपन्देहीका पालिकाहरुलाई दिएको वजेटको सूचिमा तिलोत्तमा नगरपालिकाले १ अर्ब १७ करोड ८० लाख रुपैंयाँ संघीय अनुदान प्राप्त गरेको छ ।

तर यो कूल वजेटमा अघिल्लो कार्यकालका जनप्रतिनिधिको पहलमा प्रारम्भ गरिएका विश्व बैंकको सहयोगमा निर्माणको क्रममा रहेको मंगलापुर—कान्छीबजार सडकको लागि आएको ४६ करोड ५ लाख वजेट पनि जोडिएर आएकोले संघीय अनुदानको रकम बढी देखिएको हो । मंगलापुर कान्छिबजार सडकका लागि विश्व बैंकको अनुदान ४६ करोड ५ लाख वाहेक संघीय सरकारले दिएको अनुदान ७१ करोड ७५ लाख हुन आउंछ ।

विश्व  बैंकको अनुदान घटाउंदा रुपन्देहीमा सबैभन्दा बढी अनुदान पाउनेमा बुटवल उपमहानगरपालिका देखिन्छ । बुटवलले ८० करोड ८९ लाख रुपैयां अनुदान पाएको छ ।
मंगलापुर कान्छिबजार सडकको योजना छनोटदेखि वजेटका लागि विश्व बैंकसंगको वजेट सम्झौता लगायत सबै प्रकृया यसअघिका मेयर बासुदेव घिमिरे नेतृत्वको कार्यपालिकाले गरेको थियो । यो वर्ष कुनै व्यक्ति विशेषको पहलले तिलोत्तमाले बढी अनुदान प्राप्त नगरेको एक पुर्व जनप्रतिनिधिले  प्रष्ट पारेका छन् ।

‘विगतमा पनि तिलोत्तमाले अन्य नगरपालिकाको तुलनामा बढी वजेट प्राप्त गर्दै आएको थियो, यसैले तिलोत्तमाले प्राप्त गरेको संघीय अनुदानको भोलुमलाई लिएर कुनै व्यक्ति विशेषलाई देवत्वकरण गर्न जरुरी छैन ‘ उनले भने — ‘बरु धन्यवाद दिऊँ अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुलाई, जस्ले निरन्तर पहल गरेर नगरपालिकामा विकास साझेदार भित्राउन योगदान गरे ।’

यस्तै एशियाली विकास बैंकको सहयोगमा बन्न थालेका ड्राईभरटोल—शिवपुर सडक, पत्थरडाँडा—तिनाउ सडक, मधवलिया—गंगोलिया सडक र शीतभण्डार निर्माणको लागि २३ करोड रुपैंयाँ पनि आएको छ । निर्माण कार्य प्रारम्भ भएपछि एशियाली विकास बैंकको सहयोगमा बन्ने योजनाका लागि थप रकम आउने छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?