ट्रेंडिंग:

>> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश >> बेष्ट्रन र स्टार विजयी >> एमाले सुर्खेतका नयाँ पदाधिकारीको सपथ ग्रहण >> आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित >> असिनापानीले अन्नबालीमा क्षति, १५ घरमा बाढी, कार पनि बगायो >> आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको चुनौती
स्थानीय खबर

कोईली नदीमा पक्किपुल निर्माणले जनतामा खुसी

२० जेष्ठ २०८०, शनिबार
२० जेष्ठ २०८०, शनिबार

जितपुर(कपिलवस्तुु)जेठ १९
पूर्वपश्चिम राजमार्ग जोड्ने बनगाई डोहोटे सडकको कोईली नदीमा पक्कि पुलको निर्मांण कार्य ९५ प्रतिशत पुरा भएको छ । कपिलवस्तु र अर्घाखाँची जोड्ने बनगाई डोहोटे सडक जिल्लाको वाणगंगा नगरपालिका ७ बनगाई र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटे जोड्ने सडकमा पक्कि पुलको निर्मांण काम अन्तिम चरणमा पुगेको छ ।
५० मिटर लम्बाई रहेको बनगाई डोहोटे सडक खण्डको कोईली नदीमा बनेको पक्कि पुल लुम्बिनी प्रदेश सरकारबाट ९ करोड बढीमा सो पुल निर्माणका लागि २ वर्षमा सम्पन्न गर्ने जिम्मा पाएको सिद्धार्थ दर्शन हिमाल जेभी कन्सट्रक्सन बुटवलले उक्त पुलको ठेक्का पाएपछि काम अगाडी बढेको हो । ठेकेदारले पुल समयमै काम सम्पन्न गर्न स्थानीयवासी,राजनीतिक दल सवैलाई आवश्यक सहयोगका लागि आग्रह गरेको थियो ।
२ वर्षमै पक्कि पुल सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको सिद्धार्थ दर्शन हिमाल जेभी कन्सट्रक्सनले पुल निर्माण काममा जग्गा विवादका कारण पुल निर्माण ढिला भएपनि यसै आर्थिक वर्षमा पुलको निर्माण कार्य सम्पन्न हुन लागेको सिद्धार्थ दर्शन हिमाल जेभी कन्सट्रक्सनका यमलाल खनालले बताए ।
यस कोईली नदीले वर्षातको समयमा पुल नबन्दा करीब १ दर्जन नागरीकको ज्यान लिएको थियो भने दिनहँु हजारौं सर्वसाधारणले सास्ती व्यहोर्नुका साथै वर्षायामको बेला आउने बाढीले नागरीकको ज्यान संगै वारीपारीको सम्पर्क समेत अवरुद्ध हुने गर्दथ्यो । लामो समयदेखि नाम चलेको बनगाई डोहोटे सडक खण्डको कोईली नदीमा पक्कि पुलको निर्मांण सम्पन्न संगै कपिलवस्तु र अर्घाखाँची जिल्ला आवत जावतमा निकै छोटो दुरीमा पुग्न सकिन्छ ।
बनगाई डोहोटे सडक जम्मा १३ किलोमिटर रहेको छ । साथै भारतीय बजार देखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारिक कारोवार गर्नेहरुको लागि पनि सस्तो र सुलभ हुनेछ । भारतको खुनुवा नाका हुदै तिलौराकोट, जगदिशपुर, लक्ष्मणघाट, कपिलधाम,भलवाड,जिनुवा हँुदै अर्घाखाँचीको सुपा देउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी आउने—जाने पर्यटकलाई राम्रो पर्यटकीय गन्तब्य बन्ने बाणगंगा नगरपालिका —९का वडा अध्यक्ष कमल पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?