ट्रेंडिंग:

>> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन

मगर समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिनन्दन

१८ जेष्ठ २०८०, बिहीबार
१८ जेष्ठ २०८०, बिहीबार

बुटवल,१८ जेठ । नेपाल मगर महिला संघ बुटवलले मगर समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बुटवलमा अभिनन्दन गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले राज्यमा सबै जात जाति तथा समुदायको समान सहभागीताका लागि जोड दिएका छन् । घर्तीले आर्थिक, सामाजिक, राजनैतिक तथा साँस्कृतिक रुपमा सबै जात जाति र मुदायलाई राज्यका हरेक क्षेत्रमा समान सहभागिता लागि समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए । सभामुख घर्तीले मगर समुदायको विकास र समृद्धिका लागि अब व्यवसायीक र उद्यमशिलतामा जोड दिए । राज्यका विभिन्न तहमा मगर समुदायको पहुँच वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले अब उनीहरुबाट पाठ सिक्दै आर्थिक तथा समाजिक क्षेत्रमा थप फड्को मार्नुपर्नेमा जोड दिए । नेपालका ईतिहासमा समेत मगर मुदायले विर गोर्खालीका उपाधी प्राप्त गरेको स्मरण गर्दै उनले उनीहरुले नेपाल बचाउन देखाएको विरतालाई कायम राख्दै समय परिवेश अनुसार राजनीतिक तथा सामाजिक आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिए । मगर समुदायका विर पूर्खाहरु नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा, जीत गढी किल्लामा अँग्रेजलाई हराउन सफल कर्णेल उजिर सिंह थापा, प्रथम सहिद लखन थापा लगायताको योगदानलाई भुल्न नहुने उनले बताए ।

मगर महिला संघले मगर समुदायबाट वडा, गाउँ, नगर तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न अभिनन्दन कार्यक्रम आयोजना गरेको थियो । सो अबसरमा लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन, लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष यमबहादुर गाहा मिलन, बुटवल उपमहानगरका प्रवक्ता शिव राना तथा वडा अध्यक्षहरु ज्ञानबहादुर रेश्मी, पदमराज गाहा, बलबहादुर पुन, नारायणप्रसाद पुन तथा चन्द्र सिंह थापा लगायतलाई सम्मान गरिएको थियो । यसैगरी वडा सदस्यहरु पम्फा थापा, पुनम थापा, मिनबहादुर सारु, राधिका थापा, धु्रव थापा, तुलबहादुर राना, सल्लाहकार रुपसिंह थापा, सकुन्तला पुन, सुन्दर तरामु लगायतलाई खादा तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

मगर महिला संघ बुटवल नगर अध्यक्ष गोममाया थापा मगर, सचिव तिर्था सोमै राना, कोषाध्यक्ष नन्दा थापा, कुमारी थापालगायतले मगर मुदायको बिकास र उत्थानका लागि उद्यम तथा व्यवसायिकताका माध्यमबाट आर्थिक समृद्धिमा जोड दिनुपर्ने उल्लेख गरेका थिए । मगर समुदायमा भएका विभिन्न साँस्कृतिक सम्पत्तिको संरक्षण गर्दै त्यसैका माध्यमबाट आर्थिक र उद्यममा जोड्नु पर्ने उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?