ट्रेंडिंग:

>> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश >> बेष्ट्रन र स्टार विजयी >> एमाले सुर्खेतका नयाँ पदाधिकारीको सपथ ग्रहण >> आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित >> असिनापानीले अन्नबालीमा क्षति, १५ घरमा बाढी, कार पनि बगायो >> आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको चुनौती
स्थानीय सरकार

पढ्न विद्यालय धाउँदै आमाहरु

१८ जेष्ठ २०८०, बिहीबार
१८ जेष्ठ २०८०, बिहीबार

सुनवल, जेठ- सुनवल १ कि शान्ती श्रेष्ठ उमेरले ७६ वर्ष पुगिन्, आखाँ राम्रो संग नदेख्ने भएकाले चस्मा लगाउछिन्, अनुहार चाउरी परिसकेको छ । तर दैनिक किताब बोकेर उनि कक्षा चारमा पढ्न सुनवलको लुम्बिनी समता महिला विद्यालयमा जान्छिन् । स्याङजामा जन्मिएकी श्रेष्ठले उमेर छदा गाँउमा पढ्न पाईनन् तर अहिले फुर्सदको बेला वृद्धाअवस्थामा पनि नियमित विद्यालय गएर पढ्दै आएकी छन् । यो बुढेसकालमा किन पढ्न थाल्नुभो भन्ने जिज्ञासामा उनि भन्छिन् ‘बेलामा पढ्न पाईएन् अहिले फुर्सद पनि छ फेरि मर्ने बेलामा के नै लाने हो र यहि पढाई त हो रैछ’ ।

सुनवल १३ बडेराकि ६८ वर्षिय झविकला पौडेल पनि कक्षा चारमा भर्ना भएकि छन् । सानैमा बाबुआमा वितेपछि दुख गरेर हुर्किएकि पौडेलले त्यतिबेला पढ्न नपाएपनि अहिले महिला मेयर भएकै कारण आफुहरुको कुरा बझेको बताईन् । पौडेल अहिले अग्रेजि अक्षर समेत पढ्न सक्ने भएकि छन् । ‘पहिले केहि आउदैन्थ्यो अहिले त फोनमा पनि कसले फोन गर्यो पढेर चिन्न सक्छु, बैंकका चेकमा आफै सहि गर्न सक्छु कस्तो खुसि लाग्छ’ पौडेलले भनिन् ।

सुनवल नगरपालिकाले छुट्टै महिला विद्यालय संञ्चालनमा ल्याएपछि विद्यालय शिक्षा ाट विगतमा बन्चित भएका महिलाहरुको विद्यालयमा चाप बढेको छ । ६४ वर्षकि सुनवल ५ बनकट्टिकि नमकला पौडेल पनि पढ्न पाएपछि खुसि छन् । पढ्न नजानेपछि सामान्य कुरा सोध्दा पनि घरका नातिनातिना झर्किएको सम्झिएर पनि पौडेल स्कुल थालेको सुनाउछिन् । अहिले उहाँ आफ्नो नाम लेख्न सक्ने हुदा औधि खुसि लाग्छ उनले भनिन् । पहिले त छोरीले पढ्न हुदैन भन्थे रहर भएर पनि पढ्न पाईएन् तर यो उमेरमा ईच्छा पुरा भएको छ, पौडेलले खुसि साटिन् ।

नगरपालिकाले लुम्बिनी माविको एउटा ब्लक छुट्टाएर खोलिएको लुम्बिनी समता महिला विद्यालयमा कक्षा ४ देखि १० सम्म कक्षा संञ्चालन गर्दे आएको छ । बैशाख देखि संञ्चालित विद्यालयमा अहिले १ सय ८० जना प्रौढ तथा वृद्ध महिलाहरुले अध्ययन गर्दे आएका छन् । अझै यो सङख्या बढ्ने क्रममा छ । नगर प्रमुख विमला अर्यालले साढे दुई सय महिलाहरु सम्र्पकमा रहेको बताउदै केहि दिनमै भर्ना हुने बताईन् । महिलालाई शिक्षित गराउन सक्यो भने सम्वृद्ध सुनवलको अभियान पनि पुरा गर्न सकिने ठानेर महिलाको लागी विद्यालय संञ्चालनमा ल्याएको अर्यालको भनाई छ । आफुले चुनाव प्रचारको क्रममा पनि महिलाको शैक्षिक अवस्था सुधार गर्नुपर्ने ठानेर काम गर्ने अठोट लिएको बताउदै अर्यालले त्यसैअनुरुप नगरपालिकाले महिलाहरुका लागी विद्यालय संञ्चालनमा ल्याएको बताईन् ।

उक्त विद्यालयमा ३५ देखि ७६ वर्ष उमेरका महिलाहरुले पढ्दै आएका छन् । ७ किलोमिटर टाढा बाट समेत विद्यालयमा पुग्ने महिलाहरु पढ्न पाउदा निकै उत्साहित हुने गरेको शिक्षिका लक्ष्मी ज्ञवालीले बताईन् । प्राय सबै आमाको उमेरका हुनुहुन्छ, कुरा बुज्ने हुनुहुन्छ पढाउन पनि सजिलो हुन्छ ज्ञवालीले भनिन् ।
विद्यार्थिको सङख्या बढ्दै जादा शिक्षको भने अभाव भएको छ । महिला शिक्षकको अभावमा पुरुष शिक्षकले पनि अध्यापन गराउदै आएका छन् ।

हाल ६ जना शिक्षकले महिलाहरुलाई पढाउदै आएका छन् । उनिहरुले सुनवल नगरपालिकाले तयार पारेको स्थानिय पाठ्यक्रम संगै सामुदायिक विद्यालयमा अध्यापन गराईने सबै विषय पढ्दै आएका छन् । घरको चुलोचौको सकेर बिहान ११ बजे विद्यालय आउने महिलाहरुका लागी नियमित अध्ययन गर्दे आएका बालबालिका भन्दा एक घण्टा छिटै छुट्टि हुन्छ ।

बैशाख देखि संञ्चालमा आएको विद्यालयमा नगरका ग्रामिण भेगबाट समेत महिलाहरु अध्ययन गर्न आउन थालेपछि विद्यालय बसको आवश्यकता महसुस भएको महिलाहरुले बताएका छन् । टाढा बाट पनि आउनुपर्ने हुदा सधै आउन गाह्रो छ, बसको व्यवस्था भए राम्रो हुन्थ्यो कक्षा ५ मा पढ्ने मनु केसिले भनिन् । १६ वर्षको उमेरमै विवाह भएपछि पढन् नपाएकि मनु अहिले दिनभर बसेर विद्यालय शिक्षा लिन्छिन् ।

लुम्बिनी समता महिला विद्यालयको शुभारम्भ गर्दे जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवले नगरपालिको महत्वपुर्ण कामको सुरुवात गरेको बताउनुभयो । यस क्षेत्रमा यसरी अध्ययन गर्ने वातावरणनै थिएन्, यो विद्यालयका कारण वृद्ध आमाहरुले समेत पढन् पाउने वातावरणको सृजना भएको छ यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?