ट्रेंडिंग:

>> विशेष अदालतमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ >> गण्डक नहरमा डल्फिन भेटियो >> नवलपरासीमा सोमबारदेखि अन्तरप्रदेश राष्ट्रिय पुरुष कवड्डी प्रतियोगिता हुँदै >> नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य >> रुख कटानको काम सुरु >> श्रम स्वीकृतिको काम एकै दिनमा हुने >> आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य >> एसईई अनुगमनका जथाभावी अनुमति पत्र रद्द >> १९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक >> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ?

सडक निर्माणमा भैरहेको ढिलासुस्तीप्रति एमाले बुटवलले गरायो ध्यानाकर्षण

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

बुटवल, १७ जेठ । बुटवल क्षेत्रमा भइरहेका विकासका निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्तीबारे नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुधबार डिभिजन सडक कार्यालय बुटवलको ध्यानाकर्षण गराएको छ ।

डिभिजन सडक कार्यालय बुटवलमा डेलगेशन गई एमाले नगर कमिटीले निर्माणाधीन विभिन्न आयोजनाको काम छिटो सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराएको हो ।
चौराहा–गोलपार्क ६ लेन सडक, चौराहा–बेसक्याम्प सडक, तिनाउ दानव करिडोर, मगरघाट, हात्तीसुँढ र हरिहरपुरको पुल निर्माणपछिको व्यवस्थापनको कार्यलगायतका विभिन्न विकासे आयोजनाहरु निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भन्दै एमालेले निर्माणको कामलाई तीव्रता दिन आग्रह गरेको हो ।

त्यसक्रममा ज्ञापनपत्र बुझाउँदै एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले निर्माणाधीन सडक आयोजनाको काममा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको, राजनीतिक दलका नेता र जनप्रतिनिधिप्रति नकारात्मक भावना सिर्जना भएको भन्दै काममा हुने गरेका अवरोधलाई पन्छाएर छिटो निर्माण सक्नेतर्फ अघि बढ्न आग्रह गरे ।

“चौराहा–गोलपार्क सडक समयमै नबन्दा नागरिकले सास्ती पाएका छन् भने दलका नेता र जनप्रतिनिधिप्रति नै नागरिकको आक्रोश बढेको छ, त्यसैले बेलैमा नागरिकको भावना अनुसार काम अघि बढाउन हामी आग्रह गर्दछौं”–उनले भने । उनले बुटवलका अन्य सडक र पुलका आयोजनाहरुको काम पनि छिटो सक्न आग्रह गरे ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले बुटवलको सडकको ४८ प्रतिशत भौतिक प्रगति र २९ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिंदै अव असार मसान्तसम्म ६ लेन सडकको बीच भागमा कालोपत्रे र दुवैतर्फ नाली निर्माणको काम सक्ने जानकारी दिए । उ

नले सर्भिस लेनको काम भने त्यसपछि मात्रै अघि बढाइने बताए । त्यस अवसरमा इन्जिनियर महेश्वर लम्सालले विभिन्न आयोजनाहरुको कामको प्रगतिबारे जानकारी गराएका थिए । डेलिगेशनमा एमाले बुटवल नगर कमिटीका पुर्व अध्यक्ष ज्ञानप्रसाद अर्याल, उपाध्यक्ष शोभाखर पोखरेल, सचिव मेघराज भट्टराईलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?