ट्रेंडिंग:

>> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

बुटवल, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष पठाए ।

संविधानको धारा ११३ ९४० अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर प्रमाणीकरण भएन ।

प्रधानमन्त्री र सत्तारूढ दलका नेताहरूले गरेको परामर्शमा कानुन व्यवसायीहरूले नयाँ राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न सक्ने बताएका थिए । राष्ट्रपतिले पनि कानुनी परामर्श गरेर मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ६१ को उपधारा २, ३, ४, धारा ६६ र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेको कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

नयाँ नागरिकता विधेयकमा मुख्यत: तीन वटा परिवर्तन गरिएको छ।

पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउने छन्। विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ। २०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो।

नेपालमा झण्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ। तर कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन्। लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसदबाट पारित नहुँदा उनीहरूको दैनिक जनजीवन समेत प्रभावित भएको छ। विधेयक पास भए उनीहरूले नागरिकता प्राप्त गर्नेछन्। नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएका उनीहरूको समस्या समाधान हुनेछ।

दोस्रो, आमाको नामबाट मात्र पनि नागरिकता पाइने छ। यद्यपि यसरी नागरिकता पाउन चार वटा शर्त भने विधेयकले राखेको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ। बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ।

नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ ले नै कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्न व्यवस्था गरेको थियो।

तर यो व्यवस्था सरकारले कार्यान्वयन गरेको थिएन। यसपालिको संविधानले भने आमाको नामबाट मात्र नागरिकता पाउन बावुको पहिचान नभएको हुनुपर्ने व्यवस्था गर्यो। उक्त व्यवस्था कार्यान्वयन गर्न यो विधेयकले बाबुको पहिचान हुन नसकेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ।

यस्तो स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने उक्त नागरिकता रद्द हुनेछ। तर त्यस्तो व्यक्तिले अंगीकृत पाउने छ। किनभने  नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ।

विधेयकले पनि संविधानको यो व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेको हो। विदेशी पतिबाट नेपाली आमाले जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउन पनि नेपालमा जन्मिएको, नेपालमै बसोबास गर्नुपर्ने र बाबुको देशको नागरिकता नलिएको हुनुपर्ने छ।

विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुबा र आमा दुबैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ।

तेस्रो, विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?