ट्रेंडिंग:

>> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने

गौतमबुद्ध विमानस्थलका लागि रुट दिन भारतले राख्यो शर्त

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

काठमाडौँ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त राखेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण गएको बेला अन्तर्राष्ट्रिय विमानस्थलहरुको रुटको बारेमा पनि छलफल हुने एजेण्डा तय गरेपछि भारतले त्यसका लागि सर्त अघि सारेको बताइएको छ ।

भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी नेपालले विश्वास दिलाउनुपर्ने सर्त अघि सारेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘सुरक्षाको विश्वास दिलाउन नसके भैरहवा एयरपोर्टमा भारतले आफ्नो मान्छे राख्न पाउनुपर्ने सर्त पनि अघि सारेको छ ।’

केही पहिलो पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वको टोलीले भारत गएर नै छलफल गरेको थियो । तर, भारतबाट सकारात्मक प्रतिक्रिया नआएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । उनले भने, ‘नेपाल–भारतको एयरपोर्टसम्बन्धी विवाद कर्मचारी लेभलबाट समाधान हुने सम्भावना छैन । हाइलेवलबाट मात्र मिल्ने देखिन्छ । किनकि भारतसँग जतिपटक छलफल गर्यो, त्यति वटा सर्त राख्ने गरेको छ ।’

भारतको कुशीनगरमा बनेको अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर भारत आफै चिन्तित देखिन्छ । लुम्बिनीबाट १८० किलोमिटर मात्र टाढा रहेको कुशीनगरको एयरपोर्ट बनाउँदा नेपालको लुम्बिनीलाई लक्ष्य गरी बनाइएको थियो । बुद्धिष्ट हब बनाउनका लागि भारतले कुशीनगरको एयरपोर्ट बनाएको थियो । तर नेपालमा पनि त्यस्तै एयरपोर्ट बन्न थालेपछि भारत असन्तुष्ट बन्दै आएको थियो ।

कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्न सक्ने प्रणाली ‘आईएलएस’ यन्त्र भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा जडान गरिएको छ । जसको कारणले भारतले असुरक्षाको महसुस गरिरहेको छ ।

त्यसो त भारतले सुरुमा भैरहवा एयरपोर्टमा जडान गरिएको ‘आईएलएस’ प्रयोग गर्नसमेत रोकेको थियो । विमानस्थलमा जोडिएको यो प्रणालीको फ्रिक्वेन्सीले भारतको सीमा क्षेत्रको करिब २ किलोमिटर एयर स्पेस लिएपछि यसको प्रयोगमा भारतको अनुमति चाहिने अवस्था आएको थियो । तर, भारतले अनुमति दिन चाहेको थिएन । यद्यपि यो अहिले प्रयोगमा आइरहेको छ । तर फुलफेजमा प्रयोग भएको छैन ।

नेपाल–भारतको सीमामा रहेको गोरखपुरमा भारतीय सेनाको क्याम्प र भारतीय एयरफोर्सको क्याम्प पनि रहेका कारण भारतले भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई संवेदनशील रुपमा लिएको छ ।

गोरखपुरमा एयरफोर्स भएको कारण त्यहाँ फाइटर विमान आउजाउ भइरहेका कारण ‘आईएलएस’ बाट त्यसको जानकारी प्राप्त गर्न सक्छन् । भैरहवा विमानस्थलको राडारले त्यसलाई तान्न सक्छ भनेर भारतले त्यहाँ आफ्नो एक जना कर्मचारी राख्नुपर्ने प्रस्ताव राखेको छ ।

एयर रुटको अनुमति दिएपछि भैरहवा विमानस्थलमा ओर्लिने विमानहरु आर्मी क्याम्पमाथिबाट नै आउने छन् । त्यसले गर्दा भारत आफ्नो सुरक्षामा ढुक्क हुन सकेको छैन ।
परराष्ट्र मन्त्री एनपी साउदले पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगको केही असमझदारीलाई हटाउने बारेमा छलफल हुने बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले एयर रुटलगायतका विषयमा भारतसँग पहिलादेखि नै छलफल हुँदै आइरहेको तथा प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा थप छलफल गरेर टुंग्याइने बताए ।

एयरपोर्टमा भारतीय कर्मचारी राख्ने प्रस्तावबारे आफ्नो जानकारीमा नरहेको दावी गर्दै महानिर्देशक पाण्डेले प्रधानमन्त्री प्रचण्डको भ्रमणले सबै कुरा टुंगिने विश्वास आफूले लिएको बताए ।

अहिले भैरहवा एयरपोर्टबाट कुनै पनि अन्तरराष्ट्रिय उडान भइरहेको छैन । जजिरा एयरले पनि आफ्नो उडान स्थगित गरेको छ । नेपाल वायु सेवा निगमले भने उडान गर्ने तयारी गरिरहेको महानिर्देशक पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?