ट्रेंडिंग:

>> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी

निजामती कर्मचारी संगठनको पक्षमा सर्वोच्चको फैसला

१६ जेष्ठ २०८०, मंगलवार
१६ जेष्ठ २०८०, मंगलवार

बुटवल, १६ जेठ ।

बहालवाला निजामती कर्मचारी खुल्ला प्रतियोगिताद्वारा माथिल्लो तहमा सिफारिस भई पदोन्नती हुँदा ग्रेड समायोजन नगरी सुरु नियुक्तीको सरह तलब निर्धारण गर्ने र तलबी प्रतिवेदन पारित गरेको सम्वन्धमा नेपाल निजामती कर्मचारी संगठनद्वारा दायर रिटउपर सर्वोच्चले कर्मचारी संगठनको पक्षमा फैसला गरेको छ ।

दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले निवेदकको माग बमोजिमको फैसला सुनाएको हो । निजामती सेवामा बहाल रहेको अवस्थामा लोकसेवा आयोगद्वारा विज्ञापित माथिल्लो पदमा खुल्ला तर्फ उतीर्ण कर्मचारीहरुले तल्लो पदमा खाईपाई आएको तलव भन्दा कममा काम गर्नु पर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवस्तरबाट भएको निर्णय विरुद्ध सर्वोच्चले न्याय दिएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालले बताए ।

“यसले आम कर्मचारी वर्गालाई न्याय गरेको छ, सर्वोच्चको फैसला कर्मचारी संगठनको पक्षमा आएको छ”–उनले भने ।

निजामती सेवामा बहाल रहेको कर्मचारीले मन्त्रालय, विभाग, संवैधानिक निकाय र उपत्यका स्थित कार्यालयले निजामती कितावखानाबाट र जिल्ला स्थित कार्यालयले जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट तलब प्रतिवेदन पारित गराई तलब खुवाउने व्यवस्था रहेको थियो । निजामती सेवामा बहाल रहेको कर्मचारीले लोकसेवा आयोगले लिएको माथिल्लो पदको खुल्ला परिक्षा उर्तिण गरेमा निजामती सेवा नियमावलीको नियम ९१ को उपनियम २ को अवस्था अर्थात बढुवा ( पदोन्नती) भए सरह मानी तल्लो पदको खाईपाई आएको तलबमान भन्दा कम नहुने गरी तलब निर्धारण गर्नु भन्ने निजामती किताबखानाको मिति २०७० पुस ८ गतेको निर्णय अनुसार तलबी प्रतिवेदन पारित गर्ने मार्गदर्शन अनुसार तलवी प्रतिवेदन पारित भईरहेको थियो ।
निजामती सेवा नियमावलीको नियम ९१ नियम जारी हुदा अर्थात २०५० असार २७ देखि हाल सम्म परिवर्तन नै भएको छैन । कानुनमा परिवर्तन नै नभएको अवस्था तथा सन्दर्भ फरक नै नपरी निजामती सेवामा बहाल रहेको कर्मचारीले लोकसेवा आयोगले लिएको माथिल्लो पदको खुल्ला परिक्षा उत्तीर्ण गरी नियुक्ती भएमा सो पदमा नयाँ नियुक्ती मानी तल्लो पदमा खाईपाई आएको तलब भन्दा कम भएपनि शूरु तलबमान मात्र उपलब्ध गराउने अर्थात निजामती सेवा नियमावली २०५० को नियम ९१ को उप नियम १ को अवस्था हो भनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव स्तरीय २०७९ फागुन ११ गते निर्णय भएको थियो

उक्त सचिव स्तरीय निर्णय निजामती सेवा ऐन २०४९, निजामती सेवा नियमावली २०५०, निजामती किताबखानाको निर्णय, तलब र ग्रेड रकम उपलब्ध गराउने प्रकृया र पद्दति, पदोन्नतीको समान्य सिद्धान्त विपरित हुदा बदर गरी पाउँ भनी नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट उप– महासचिव युवाचन्द्र घिमिरेले रिट दायर गरेका थिए । रिटउपर सर्वोच्च अदालतका माननीय न्यायाधीश द्वय सपना मल्ल प्रधान र सुश्मलता माथेमाको संयुक्त ईजलाशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय २०७९ फागुन ११ गतेको निर्णय बदर हुने गरी रिट जारी भएको हो ।

उक्त मुद्दाबाट २०७६ साल पछि निजामती सेवामा खुल्ला तर्फ पद पुर्ति भएका खरिदार देखि सहसचिव सम्मका ५ हजार जना कर्मचारीहरु प्रत्यक्ष प्रभावित भएका थिए । उक्त मुद्दामा निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ता रमेश बडाल र अधिवक्ता मुकुन्द अधिकारीले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?