ट्रेंडिंग:

>> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश >> बेष्ट्रन र स्टार विजयी

विद्युतीय गाडीको मूल्य बढ्ने, ब्याट्रीको व्यवस्थापन कम्पनीले नै गर्नुपर्ने

१६ जेष्ठ २०८०, मंगलवार
१६ जेष्ठ २०८०, मंगलवार

काठमाडौँ ।

सरकारले आगामी आर्थिक वर्षको करका दरमा परिवर्तन गरेको छ। सबैभन्दा बढी आयात हुने विद्युतीय गाडीमा कर बढाएको छ भने १०० देखी २०० सीसीसम्मका विद्युतीय गाडीमा घटाएको हो।

सरकारले ५० किलोवाटमाथिका विद्युतीय गाडीमा करका दर हेरफेर गरेको छ। ५० किलोवाटसम्मका कार, जीप र भ्यानमा १० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्थालाई निरन्तरता दिएको छ। ५० किलोवाटसम्मका लागि अन्तशुल्क लाग्ने छैन।

५० देखि १०० किलोवाटका गाडीमा १५ प्रतिशतले बढेको छ। आर्थिक विधेयक २०८० माफर्त सरकारले बढी आयात हुने विद्युतीय गाडीमा कर बढाएको हो।  चालु आर्थिक वर्षको १० महिनामा २९ सय ५५ गाडी भित्रिएकोमा २८ सय ८२ वटा १०० किलोवाटसम्मका मात्रै रहेका छन्।

हाल विद्युतीय गाडीमा १०० किलोवाटसम्मका कार, जीप र भ्यानमा १० प्रतिशत महशुलमा १३ प्रतिशत भ्याट लाग्दै आएको थियो।

सरकारले ५० किलोवाट देखि १०० किलोवाटसम्मका गाडीको नयाँ समूह बनाएर कर बढाएको छ। अब ५० देखि १० प्रतिशत अन्तशुल्क र ५ प्रतिशत भन्सार महशुल थप लाग्ने व्यवस्था गरेको छ। १५ प्रतिशत भन्सारमा १० प्रतिशत अन्तशुल्क जोडी १३ प्रतिशत भ्याट लाग्ने छ।

यता, १०० देखी २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार महशुल र ३० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेको थियो। त्यसमा १३ प्रतिशत भ्याट गरी करिब ९१ प्रतिशत कर तिर्दै आएका थिए।

अब १०० देखी २०० किलोवाटका विद्युतीय गाडीले २० प्रतिशत मात्रै अन्तशुल्क तिरे पुग्छ। अन्तशुल्कपनि १० प्रतिशतले घटाएर २० प्रतिशत लाग्ने भएको छ।

त्यस्तै २०० देखी ३०० किलोवासम्मका गाडीमा ४५ प्रतिशत भन्सार र अन्तशुल्क ४५ प्रतिशत लाग्नै आएको थियो। त्यसमा १३ प्रतिशत भ्याट लाई १३७ .५ प्रतिशत रहेको छ।

यसमा परिवर्तन गरेको छैन। अब अन्तशुल्क यथावत रहेकोमा भन्सार महशुल ४० प्रतिशत मात्रै लाग्ने भएको छ।

३०० किलोवाट माथिका गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तशुल्क लगाउँदै आएको छ। त्यसमा १३ प्रतिशत भ्याट थप गर्दा १८९.२ प्रतिशत कर लाग्दै आएको थियो।

विद्युतीय गाडीको ब्यापारमा ‘ब्रेक’ लाग्ने
नाडा अटोमोबाइल्स एशोसिएसनका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले दिर्घकालीन रुपमा विद्युतीय गाडीलाई प्रवद्धर्न गर्ने भनेपनि कर बढाउँदा फाइदा लिन नसकिने बताए।

उनले अहिले विद्युतीय गाडी खरिद गर्नेको संख्यामा ‘ब्रेक’ लाग्ने बताएका छन्।

‘भन्सार, अन्तशुल्कमा कर बढाउँदा गाडीको मुल्य धेरै नै बढ्छ,’ टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रद्धि ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठले भने,‘५० देखी १०० किलोवाटसम्मका गाडीमा कर बढाउनु हुँदैनथ्यो।’

सरकारले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न सहयोग नपुग्ने बताएका छन्।

सरकारले डिजेल/पेट्रोल र विद्युतीय मोटर दुवै भएको गाडीमा १५ प्रतिशत अन्तशुल्क बढाएको छ। तीनपांग्रे सवारी साधनमा ५ प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा अब ३० प्रतिशत लाग्ने भएको छ।

१०० किलोवटसम्मका माइक्रो बसमा १० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था गरेको छ।

त्यस्तै, भाडाका विद्युतीय सवारी साधनधनीबाट ५० किलोवाटसम्मकालागि ३ हजार, ५० देखी १२५ किलोवाटसम्मका सवारीमा ४ हजार, १२५ देखी २०० किलोवाटसम्म ६ हजार र २०० किलोवाटमाथीका गाडीमा ७ हजार ५०० नविकरण दस्तुर लाग्ने व्यवस्था गरेको छ।

विद्युतीय गाडीको ब्याट्री आयातकर्ताले व्यवस्थापन गर्नुपर्ने
सरकारले आर्थिक विधेयकमा विद्युतीय सवारी साधन आयात गर्नेले ब्याट्रीको व्यवस्थापन आफैं गर्नुपर्ने नीति ल्याएको छ।

‘आयातकर्ताले साधनमा प्रयोग भएको वा बिक्री गरेको ब्याट्री ग्रहाकबाट फिर्ता लिनुपर्छ,’ विधेयकमा उल्लेख छ, ‘ब्याट्रीको व्यवस्थापनसंग सम्बन्धित उपयुक्त योजना वर्षको एक पटक भन्सार कार्यालयमा पेशगरी आफ्नो वेभसाइटमा राख्नुपर्छ।’

भन्सार कार्यालयमा आफ्नो योजना पेश गर्ने आयातकर्ताले विद्युतीय सवारी तथा ढुवानीको साधन पैठारी गर्न नपाएने भएका छन्।

केही समयअघि मात्रै सर्वोच्च अदालतले विद्युतीय गाडीको ब्याट्री व्यवस्थापन गर्ने योजना बनाउन सरकारलाई परमादेश जारी गरेको थियो।

मोटरसाइकलमा करः अघिल्लो वर्ष बढायो, अहिले घटायो
सरकारले २०० देखी २५० सीसीसम्मको मोटरसाइकलमा पुरानै कर लगाउने भएको छ। गत वर्ष २० प्रतिशतसम्म अन्तशुल्क बढाएकोमा अहिले घटाएको हो। हाल ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा २० प्रतिशत घटाइ ६० प्रतिशत कायम गरेको छ।

आर्थिक विधेयक २०८० मार्फत एसेम्बल, अनएसेम्बल दुबै मोटरसाइलकमा कर घटाइएको छ।

२५० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थाका मोटरसाइकलमा ४० प्रतिशत लाग्नै आएकोमा वर्ग परिवर्तन गरेको छ। २५० देखि ४०० सीसीसम्मका मोटरसाइलमा ६० प्रतिशत लाग्ने व्यवस्था गरेको छ। यसमा २० प्रतिशतले कर बढाएको छ।

४०० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थामा ६० प्रतिशत र  तयारी अवस्थाका मोटरसाइलमा ८० प्रतिशत लाग्ने व्यवस्था गरेको छ।

५०० सीसी माथीका सबै मोटरसाइकलमा १०० प्रतिशत अन्तस्शुल्क लाग्ने व्यवस्थालाई निरन्तरता दिएको छ।

त्यस्तै, नेपालमै एसम्बल गर्नेकालागि २०० सीसी देखि २५० सीसीसम्मकामा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था गरेको छ। तयारी अवस्थाका मोटरसाइलमा ४० प्रतिशतलाई निरन्तरता दिएको छ।

२५० देखि ५०० सीसी सम्मका नेपालमा बन्ने मोटरसाइकलमा ३० प्रतिशत मात्रै भन्सार महशुल लाग्ने व्यवस्था गरेको छ। तयारी अवस्थाका मोटरसाइकलमा ७० प्रतिशत लाग्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?