ट्रेंडिंग:

>> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री
स्थानीय खबर

कस्तो बन्ला शिवराजको थारु संग्रहालय ?

१६ जेष्ठ २०८०, मंगलवार
१६ जेष्ठ २०८०, मंगलवार

चन्द्रौटा(कपिलवस्तु),  जेठ ।
थारु संग्रहालयमा आकर्षक मुर्ति हस्तकलाका सामग्री जुट्न थालेको छ । जिल्लाको शिवराज नगरपालिकाको वडा नम्बर–१, उमरी अवस्थित नगरस्तरीय संग्रहालयमा थारु संस्कृति झल्किने हस्तकला मूर्ति लगायतका सामग्री संरचना निर्माणको अन्तिममा आइपुगेको छ । संरचना निर्माण हुँदै गर्दा संग्रहालय संरक्षण समिति सामग्री संकलनमा जुटेको अध्यक्ष प्रकाश थारुले बताए ।


समुदायको अस्तित्व जोगाउन पुर्खाैली सामग्री संकलनको तयारीमा समिति जुटेको छ । यस क्षेत्रकै पर्यटकीय गन्तव्य बनाउन नगर भित्र रहेका थारु समुदाय एक्यवद्ध भई विकासका लागि जुटेको अध्यक्ष थारुको भनाइ छ । अरु समुदायभन्दा फरक पहिचान रहेको थारु बाहुल्य नगरमा लोप हुँदै गएको संस्कृति बचाउनु आजको आवश्यकता रहेको समेत उनले बताए ।
संग्रहालय निर्माणको अन्तिम चरणमा थारुसँग सम्बन्धित ऐतिहासिक माछा मार्दै गरेको महिलाको तस्बिर, आकर्षक थारु पहिरनमा सजिएका थारु महिला तथा पुरुष, सामग्री डोकवा, झउवा, खटिया, मचिया, चकिया, ढेकी, माटाका गाग्री, चुल्हा, लेहंगा, करवा, डरुवा, डोली, परगेहनी, पिर्खा, मंगिया, कारा, बिंडिया लगायतका पहिचान झल्किने सामग्री स्थानीयबाट संकलन गरिरहेको थारुले जनाए ।

अगुवा थारुका अनुसार अन्य जिल्लाभन्दा कपिलवस्तुका थारु जातिको पहिरन लागयतका वस्तु केही फरक भएका कारण छुट्टाछुट्टै निर्माण थालिएको छ । संग्रहालय बनाएर मात्रै थारु जातिको पहिचान, हक र अधिकार संरक्षण हुँदै व्यवहारमा परिमार्जन गर्न जरुरी छ ।
संग्रहालय निर्माणपछि स्थानिय खुसी भएको थारु अगुवा हिरालाल थारुले बताए । स्थानीयलाई व्यावसायिक रुपमा फाईदा हुनुका साथै रोजगारी सिर्जना हुने उनले जनाए ।
स्वादेशमा मात्रै नभएर विदेशमा पनि आकर्षणको केन्द्रविन्दु रहेको थारु संस्कृतिलाई संरक्षण एवम् प्रवर्द्धन गर्न सबैको दायित्व रहेको समेत अगुवा थारुले बताए ।
यस्तै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले निर्माण भएपछि थारु संस्कृति झल्किने चित्र, मूर्ति, थारु भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्री प्रर्दशन गरिने बताईन् । संग्रहालय पर्यटकिय स्थलको रुपमा विकास गर्ने नगरको योजना रहेको उनले उल्लेख गरिन् । थारु गाउँको झल्को दिने परम्परागत सामग्री लगायत शिवराजलाई परिचित गर्ने गैर थारु सामग्री राख्नुका साथै घर र देउता घर,थारु समुदायका नाचगानले नागरिकलाई संग्रहालयप्रति आर्कषित गराईने उपप्रमुख थारुको जिकिर छ ।


उनले भनिन्,ः “संग्रहालयमा थारु परिकार देखि लिएर पोशाक र रितिरिवाज समेत झल्किने गरि सामग्री राख्ने र रोजगारीका अवसर खुल्ने नमुनामय संग्रहालयको विकास गर्न जरुरी छ“ अनि मात्र थारु समुदायको विकास र पहिचान जोगाउन वातावरण सहज हुनेछ ।
विशेषगरी थारु समुदायको इतिहास तथा संस्कृति संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गर्नुका साथै नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले थारु संग्रहालय निर्माण गर्न लागिएको हो । उक्त संग्रहालय केन्द्र र स्थानीय सरकारको गरि कुल २ करोड ५० लाख रुपैयाको लागतमा निर्माण हुन थालेको संरक्षण समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?