ट्रेंडिंग:

>> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी
मुख्य खबर

संघीय बजेटमा लुम्बिनीले के पायो ?

सरकारको बजेटमा गौतमबुद्ध विमानस्थलमा विमान उडाउन समन्वय गर्ने र दाङको टरीगाउँ विमानस्थल स्तरोन्नती गर्ने समेत उल्लेख गरेको छ । बजेटमा देउखुरीमा प्रदेश संरचना बनाउनेदेखि बुटवल मेडिकल कलेजको निर्माणको कामलाई शुभारम्भ गर्ने उल्लेख छ ।
१६ जेष्ठ २०८०, मंगलवार
१६ जेष्ठ २०८०, मंगलवार

बुटवल,जेठ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो ।
कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ करोड रूपैयाँ विनियोजन रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रूपैयाँ व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ । सो न्यून स्रोत पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट व्यहोरिनेछ ।
पुरानै आयोजनालाई बजेट
संघीय सरकारले सार्वजनिक गरेकोबजेटमा लुम्बिनी प्रदेशका लागि पुरानै योजनामा बजेट परेका छन् । संयुक्त संघीय संदमा अर्थमन्त्री डा.प्रकाशरण महतले सार्वजनिक गरेको बजेट २०८० ÷०८१ मा लुम्बिनी प्रदेशका अधिकांस पुरानै आयोजनमा बजेट विनियोजन गरिएको छ ।
बर्षौ देखि चर्चा भएर पनि यथेष्ट बजेट र ठोस निर्णय नभएर अलपत्र भएका आयोजना यो बर्ष नै सुरुवात गरिने भन्दै बजेट विनियोजन गरिएको छ । यद्यपी तीयोजना कहिलेबाट सुरु हुने हुन भन्नेमा कुनै ठेगान छैन । लुम्बिनी प्रदेशमा बर्षौ देखि अलपत्र रुपन्देहीको मोतिपुर औद्योगीक क्षेत्र , बाँके जिल्लाको नैवास्ता औद्योगीक क्षेत्रयहि बर्ष नै सुरुगरिने बजेटमा उल्लेख छ । तर यी औद्योगीक क्षेत्र जग्गा विवाद सहित रकम अभावको कारण समास्याग्रष्त गरेका छन् ।

अर्घाखाँचीः
अर्घाखाँचीमा चनढुंगा उत्खनन अगाडी बढाईने बजेटमा उल्लेख छ । यो बाहेक अन्य कुनै पनि बुँदामा अर्घाखाँची जिल्लाको नाम निशान बजेटमा उल्लेख छैन ।

रुपन्देहीः
भैरहवामा रहेको एकिकृत जाँच चौकी निर्माणलाई तिब्रता दिईने बजेटमा उल्लेख छ । यस्तै निर्माण पुरा भएको भैरहवामा रहेको गौमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट बौद्धधर्मवालम्बीहरु बढि मात्रामा रहेका थाईलाण्ड, श्रीलंका लगायतका देशमा सिधा उडानको लागि सरकराले संमन्वय गर्ने उल्लेख छ ।
बुटवल देखि नारायणगढ सडक विस्तार यसै आर्थिक बर्षमा पुरा गर्ने बजेटमा उल्लेख छ भने बुटवलमा बर्षौ देखि कार्यालय स्थापना भएपनि पनि अलपत्र परेको बुटवल मेडिकल कलेजलाई गत बर्षको बजेटमा उल्लेख भए अनुसार प्रदेश सरकार अन्र्तगतको अस्पतालले कार्यन्वयनमा ल्याउने गरी यसै बर्ष नै मेडिकल कलेज निर्माण सुभारम्भ गर्ने उल्लेख छ ।
यस्तै रुपन्देही जिल्लामै तिनाउ नदिमा सिग्नेचर पुल निर्माण, बुटवलदेखि गोरुसिंगे सडक विस्तार तथा स्तरउन्नती गर्ने, रुपन्देहीको साझण्डीमा ट्रमा केयर युनिट स्थापना गर्ने समेत उल्लेख छ । रुरुपन्देहीको सेमलारमा निर्माण गर्ने भनिएको कृषि उपजकेन्द्रको लागि बजेट विनियोजन गरिएको छ ।

गुल्मीः
रेसुङ्गा विमानस्थल नियमित गर्ने गरी बजेट विनियोजन गर्ने र पाल्पा गुल्मी सडक स्तरउन्नती सहित रेसुङ्गा मन्दिरको विकास र स्तरउन्नतीको लागि बजेट विनियोजन गरिएको छ । पाल्पा–गुल्मी सडक खण्ड स्तरउन्नीका लागि २ अर्व विनियोजन गरिएको छ ।

पाल्पाः
बुटवल पाल्पा सडक स्तरउन्नतीका लागि बजेट विनियोजन गरिएको छ । साथै सिद्धाबाबामा सुरुङ्ग मार्ग निर्माण सक्नको लागि बजेट विनियोजन गरिएको छ । साथै पाल्पाको बतासे डाँडामा रहेको राडर लाई थप व्यवस्थित गरिने उल्लेख छ । शैक्षिक गुठी सहितको विद्यालय तानसेनमा खोल्ने कुरा बजेटमा उल्लेख छ।

कपिलवस्तुः
कपिलवस्तुको गोरुसिंगेमा ट्रमा केयर युनिट स्थापनाको लागि बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ भने बुटवल–गोरुसिंगे–दाङ सडक विस्तार कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।

नवलपरासीः
सुनवलमा ट्रमा केयर सेन्टर स्थापना गर्ने बजेटमा उल्लेख छ ।जसको लागि नजिकै रहेको सरकारी अस्पताले यसको व्यवस्थापन गर्ने छ ।

दाङः
राजधानी व्यवस्थापनको लागि यथेष्ट बजेट विनियोजन गरिएको उल्लेख छ भने राप्ती सिंचाई आयोजना, एकिकृत विकास लगायतका भालुवाङ्ग–लमही सडक स्तरउन्नतीको लागि समेत बजेट व्यवस्थापन गरिएको छ ।
सरकारले सार्वजनिक गरेको बजेटमा दाङको राप्ती क्षेत्रमा ट्रमा केयर युनिट समेत स्थापना गरिने उल्लेख छ । यस्तै राप्ती प्राविधिक शिक्षालय, राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा अस्पतालको क्षमता विकास भौतिक पुर्वाधारका लागि समेत यथेष्ठ बजेट विनियोजन गरिएको उल्लेख छ । राप्ती राजमार्गको लागि ९० करोड विनियोजन गरिएको छ । टारीगाउँ विमानस्थल स्तरउन्नती गर्ने कुरा पनि बजेटमा उल्लेख छ ।

प्यूठानः
स्वर्गद्धारी क्षेत्रको विकासका लागि एथेष्ट बजेट विनियोजन गरिएको छ भने भालुवाङ्ग– प्यूठान सडक विस्तार र स्तरउन्नतीका लागि बजेट विनियोजन गरिएको उल्लेख छ ।
बाँकेः
शुसील कोईराला प्रखर क्यान्स अस्पताल विकासका लागि बजेट विनियोजन गरिएको छ भने नैवास्त औद्योगीक क्षेत्रलाई यसै बर्ष शुभारम्भ गर्ने गरी बजेट विनियोजन गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?