ट्रेंडिंग:

>> श्रम स्वीकृतिको काम एकै दिनमा हुने >> आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य >> एसईई अनुगमनका जथाभावी अनुमति पत्र रद्द >> १९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक >> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी

विकासमा साझा एजेण्डा जरुरी

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

बुटवल, १५ जेठ ।

विकासका मुद्दामा सबै राजनीतिक दलहरु साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । देशको आर्थिक विकासको मेरुदण्ड पर्यटन क्षेत्र घोषणा भएअनुसार कार्यान्वनमा नीतिगत समस्या रहेको भन्दै सरकार र सरोकारवाला संस्थाहरु लाग्नुपर्ने सुझाव दिए ।

खबरकुरा अनलाईनको तेर्स्रो वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित समृद्ध लुम्बिनी प्रदेश ः बुटवल र मिडिया अन्तत्र्रिmयामा बोल्ने वक्ताहरुले बजार चलायमान बनाउने गरी सरकारको नीति ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तथा उद्योगी नवराज श्रेष्ठले आर्थिक र सामाजिक विकासलाई प्राथमिकता दिएर एकीकृत विकास आजको आवश्यकता भएको बताए । बुटवलको आर्थिक समृद्धिमा योगदान दिन गरी यहाँका अगुवाबाट शुरु गरिएको अभियान अलपत्र परेको दुःखेसो गर्दै बुटवल विकास मंन्च राजनितिक भागबन्डाभन्दा माथि लगेर अघि बढाउनुपर्ने बताए । संस्थागत र निरन्तरता योजनावद्घ रुपमा अगाडि बढाउनुपर्ने उनले बताए । पुर्वाधार विकास भएपनि यहाँ उद्योग र ब्यापारको पक्षमा बलियो नीति नबन्दा फस्टाउन कठिनाई रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघm लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मिडियाको सकारात्मक आलोचना जरुरी रहेको बताए । हरेक क्षेत्र आफ्नो बारेमा सकारात्मक सोच राख्ने गरेको भन्दै बाहिरी पक्षबाट आउने रचनात्मक आलोचना सुधारमा सहयोग सिद्ध हुने बताए ।

नेपाल पत्रकार महासंघलाई पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था बनाउन चाहेको उनले बताए । बुटवलको आर्थिक विकास गर्न योजनावद्घ लाग्नुपर्ने उनले सुझाव दिए । बुटवलको विकास गर्न योजनावद्घ तरिकाले प्लेटफर्म दिनुपर्ने बताए । ब्यक्तिगत लाभ हानीमा बुटवलबासी हाबी हुँदा अहिलेको अवस्था सृजना भएको दुखेसो गर्दै यसलाई सच्चाउदै अघि बढ्नुपर्ने बताए । संचारगृह चलाउन विज्ञापन महत्वपुर्ण पाटो भएको उनले बताए ।

कार्यक्रममा पर्यटन ब्यवसायी गोपाल रानाले विश्व शान्तिका दुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, रामापिथेकसको अवशेष भेटिएको स्थलसहित धेरै धार्मिक, सामरिक, पर्यटकीय स्थललाई भजाएर पर्यटनबाट फाईदा लिन नसकिएको बताए । सरकारले कृषि, खेलकुद र पर्यटनसंगै जोड्ने गरी एकीकृत विकासको नीति बनाउन नसकेको उनले दुःखेसो गरे । एउटा भारतीयले २५ हजार रुपैया भन्दा बढि वा विदेशीेले ३ सय डलरभन्दा बढी ल्याउन नपाउने जस्ता नीति पर्यटन विकासको बाधक भएको उनले बताए । कृषि, पर्यटन र हाईड्रो नेपालको समृद्धिको आधार भएपनि यसलाई जोडेर नितिगत कानुन नबनाउदा सफल हुन नसकेको उनले दुखेसो गरे ।

ब्यवसायी पदम श्रेष्ठले राजनीति मुल नीति भएको भन्दै राजनितिबाट समस्याको समाधान निस्कने बताए । विकासका मुद्दामा साझा एजेन्डा बनाएर अघि बढ्न सक्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा पर्यटन ब्यवसायी रचना पन्तले दुई वटा केबलकारसंगै अब बुटवल चलायमान हुने अवसरका रुपमा देखिएको भन्दै पर्यटन विकासबाट आर्थिक लाभ लिने गरी अघि बढ्नुपर्ने बताए । हामीसंग भएको जितगढी, रामापिथेकस जस्ता ऐतिहासिक स्थलहरुको प्रचार जरुरी रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका टंक पोखरेलले रुपन्देही मोफसलको राजधानी भनिएअनुसार निर्मम समीक्षा जरुरी रहेको बताए । बुटवलको विकासलाई बुदागत प्राथमिकता गरेर सबै पार्टीहरुबाट लबिङ जरुरी रहेको उनले बताए ।

कार्यक्रममा महिला उद्यमी ज्ञानु केसी, नेवा पुच नेवा समितिका अध्यक्ष काजिमान श्रेष्ठ, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहरा, कार्यक्रममा नेपाल राष्ट्रिय उद्यान संघका अध्यक्ष खेम लुईटेल, उपभोक्ता संरक्षण मंच बुटवल उपमहानगरपालिकाका अध्यक्ष समुन्द्र जिसि, ब्यवसायी हरि अर्यालले बुटवल बजार शून्य हुनुको कारणहरु खोजेर बृहत् बुटवलको विकासको अवधारणा सहित गुलजार बनाउन सुझाव दिए । कार्यक्रममा संज्ञान मिडिया प्रालिका प्रबन्ध सम्पादक शरण कर्माचार्यले निजि क्षेत्र सबल भएमात्र मिडिया सबल हुने भन्दै मिडियामा भएको विज्ञापनलाई लगानीका रुपमा हेर्न सुझाव दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?