ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण

नेपालमा बजेटको इतिहास, सूवर्ण समशेरदेखि डा. महतसम्म : ५ करोडदेखि १७ खर्बसम्म

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आज व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछन् । मन्त्री महतले करिब १७ खर्ब १५ अर्ब हाराहारी बजेट प्रस्तुत गर्दैछन् । बजेट भाषण अगाडी बजेटको अंकलाई लिएर खुव चासो र चर्चा हुने गर्छ ।

आज गणतन्त्र दिवसको अवसरमा बजेट वक्तव्य सार्वजनिक गर्ने संबैधानिक व्यवस्था छ । तर यो बजेट २०८० साउन एक गतेबाट मात्रै लागू हुनेछ । नयाँ संविधान जारी भए सँगै हरेक वर्ष जेठ १५ गते बजेट भाषण हुदै आएको छ ।

डा. महतले आज सार्वजनिक गर्ने बजेट मुलुकको ७७ औं बजेट हो । नेपालमा बजेट भाषण सुरु हुन थालेको ७२ वर्ष भयो । यस अवधिमा कुनै कुनै वर्ष राजनीतिक अस्थिरताका कारण दुई वटासम्म बजेट आएकाले वर्षको तुलनामा बजेटको संख्या धेरै देखिएको हो । विश्वमा सर्वप्रथम बेलायतबाट सन् १७१३ देखि बजेट ल्याउन सुरु भएको पाइन्छ ।

नेपालको इतिहास केलाउने हो भने २००८ सालदेखि औषचारिक रुपमा बजेट घोषणा सुरु भएको पाइन्छ । तत्कालिन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । पहिलो बजेट आउदा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।

सुरुवाति अवस्थामा बजेटको आकाश निकै सानो हुन्थे । ०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले ३६ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याए । अर्बमा मात्रै प्रस्तुत हुँदै आएका बजेट २०६१/६२ सालमा पहिलो पटक एक खर्ब नाघ्यो । राजश्व संकलन तथा स्रोत व्यवस्थापन राम्रो नहुँदा १८ वर्षको अवधिमा पनि बजेटको आकार १७ खर्ब हाराहारीमै सिमित छ ।

हरेक आर्थिक वर्षमा अर्थमन्त्रीहरुले आफ्नो सानका लागि पनि बजेटको आकार बढाउने गरेका छन् । तर पछिल्ला दिनमा राजस्व संकलन तथा स्रोत व्यवस्थापनमा बढोत्तरी हुन नसक्दा चाहेर पनि बजेट सिलिङ बढाउन सक्ने अवस्था छैन ।

नेपालको सन्दर्भमा बजेटले अंगालेका नीति, कार्यक्रम तथा घोषणा र प्रभावका आधारमा २००८, २०१५ ०४८ र ०५१ का बजेटलाई विर्सनै नसकिने विज्ञहरू बताउँछन् । नेपाली बजेटको संस्थागत सुरुवात भएको पहिलो बजेटले कृषि र व्यापारलाई प्राथमिकता दिएको थियो । धेरै कार्यक्रमहरु नभए पनि यो बजेट नेपालको आर्थिक विकास तथा क्रान्तिको प्रवेशद्धार हो ।

त्यसपछि ०१५ सालमा वीपी कोइरालाको नेतृत्वको पहिलो जननिर्वाचित सरकारले ल्याएको बजेटलाई पनि धेरैले स्मरण गर्छन् । सो बजेट पनि कृषि, खानेपानी, ग्रामिण विकास र व्यापारको विकासमा केन्द्रित थियो ।

कृष्णप्रसाद भट्टराई सरकारका अर्थमन्त्री महेश आचार्यले जनतालाई पूर्णआर्थिक स्वतन्त्रता प्रदान गर्दै ०४८ सालको बजेट ल्याए । यो बजेट नेपालको पहिलो र सबैभन्दा बढी निजी क्षेत्रमैत्री बजेट हो । यसै बजेटमार्फत बजेटले जनताले उत्पादन गर्ने र राज्यको भूमिका नियमनकारी तथा समन्वयकर्ताको रुपमा सीमित गरे ।

जसको प्रभावस्वरुप त्यसयता जनताले उत्पादनमूलक उद्योग, सेवामूलक उद्योगमा व्यापक लगानी गरे । आर्थिक क्रियाकलाप बढे । रोजगारी बढ्यो । मुलुकमा आर्थिक क्रान्ति भयो । अर्थतन्त्र र बजेट दुबैको आकार झाँगिने मौका पायो । जुन बजेटमा लिइएका नीतिबाट त्यसपछिका कुनैपनि सरकार पछि हट्न सकेका छैनन् ।

पहिलो कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले ०५१ साल ल्याएको बजेट सामाजिक सुरक्षामा केन्द्रित नेपालको पहिलो बजेट हो । उनले सुरु गरेको सामाजिक सुरक्षाको रकम पुँजीवादी अर्थव्यवस्थामा विश्वास गर्ने अर्थमन्त्रीले डा. रामशरण महतले पनि बढाएर दोब्बर पुर्‍याएका थिए ।

पछिल्लो दशमा भुकम्प र कोभिड १९ लाई केन्द्रित बजेट उदाहरणीय मानिन्छ । भुकम्प पछिको पुनरनिर्माणमा केन्द्रित २०७२/७३ को बजेटले बृद्धभत्तालाई सत प्रतिशतले बढाउनका साथै केहि सुधारोन्मुक थियो ।

अहिले मुलुक आर्थिक संकटबाट प्रताडित छ । जनताले बजेटबाट आर्थिक सुधारको अपेक्षा गरेका छन् । अहिलेको आर्थिक संकटको दलदलबाट उतार्ने गरी बजेट आउछ कि आउदैन भनेर सबैले कुरेर बसिरहेका छन् ।

यस पटक अर्थमन्त्री डा. प्रकाश शरण महतले दोस्रो चरणको आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै करिव १७ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने तयारीमा छन् । भन्सार राजस्व र रेमिटेन्समा निर्भर रहेको अर्थतन्त्रलाई पुनर्संरचना गर्नु पर्ने अहिलेको बाध्यता छ । सरकारले अहिलेको अवस्थामा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

विगतका बजेटले उठाएका सामाजिक सुरक्षाको भारलाई निरन्तरता दिनु पर्ने बाध्यता छ । तर यसमा राज्यको ठुलो स्रोत खर्चिने भएकाले विकास तथा पुनर्संरचनाका कार्यक्रम ल्याउन निकै मुस्किल छ । बजेटका अंकमा खेल्ने भन्दा पनि नीतिगत सुधारका कार्यक्रमले मात्रै ट्र्याकमा ल्याउन सकिने विश्लेषकहरु बताउछन् । महतको परिक्षाको घडी यहि अपरान्ह ४ बजेसम्म मात्रै हो । त्यस पछि उनको शिप कौशलता र क्षमता थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?