ट्रेंडिंग:

>> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति >> ‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’

‘दोस्रो पीस पार्क मेला’ जेठ २५ बाट

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

बुटवल जेठ- सतगढी युवा क्लबको आयोजनामा बुटवलको ढवाहामा दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव–२०८० हुने भएको छ । दोस्रो पिस पार्क मेला बुटवल उपमहानगरपालिका–१२ स्थित फुटबल ग्राउण्डमा जेठ २५ गतेदेखि असार १० गतेसम्म संचालन हुने भएको हो ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । प्रशासनबाट मेला संचालनको लागि जेठ १८ गतेदेखि ३२ गतेसम्मको अनुमति लिएको भए पनि कक्षा १२ को परीक्षाका कारण २५ गतेदेखि मेला संचालन गर्न लागिएको वाली मल्टि एग्रो जोन प्रा.लि.का प्रबन्धक गिरी श्रीसले बताए ।
‘ जेठ १८ गतेदेखि नै मेला संचालनका लागि अनुमति लिएका थियौँ । कक्षा १२ को परीक्षा भएकाले उनीहरुको परीक्षालाई मध्यनजर गरी २५ गतेदेखि गर्न लागेका हौँ । मेलाको तयारी अन्तिम चरणमा नै पुगेको छ । मेला दिउँसो १ बजेदेखि राति १० बजेसम्म संचालन हुने छ ।’– उनले भने । साथै मेलाबाट भएको आम्दानीबाट वृद्धाआश्रम तथा अनाथ आश्रममा सहयोग गरिने र आम्दानीको ५ प्रतिशत बुटवल उपमहानगरपालिकालाई दिने सहमति भएको उनले बताए ।
पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको सतगढी टोल विकास समितिका सल्लाहाकार किरण खनालले बताए । मेलामा ८१ स्टल रहने छन् भने ३० हजार भन्दा बढी दर्शकले अवलोकन र ५० देखि ६० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको दाबी रहेको छ । मेला अवलोकनका लागि प्रवेश खुल्क ७० देखि १०० रुपियाँसम्म हुने र टिकटको शुल्क पछि तय हुने सतगढी क्लबका अध्यक्ष दिपक घिमिरेले बताए । साथै बृद्ध बृद्धा र अपाङ्गता भएका व्याक्ति टिकटमा शतप्रतिशत छुट र विद्यार्थीहरुका लागि पनि छुटको व्यवस्था गरिने बताए ।
मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका, सह–आयोजकमा बुटवल उपमहानगरपालिका वडा नं. १२ र सहयोगि संस्थाको रुपमा सतगढी टोल विकास संस्था रहेको छ । गत वर्षको रमाइलो पीस पार्क मेलामा २७ हजार दर्शकले अवलोकन गरेका थिए भने ५० लाख बढीको आर्थिक कारोबार भएको थियो ।्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?