ट्रेंडिंग:

>> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो
अर्थ

घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह

१४ जेष्ठ २०८०, आईतवार १२:४२
१४ जेष्ठ २०८०, आईतवार १२:४२

बुटवल, १४ जेठ ।  होटल ब्यवसायलाई धरासायी हुनबाट जोगाउन रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई घरभाडा छुट गर्न आग्रह गरेका छन् । पर्यटन सेवा उद्योगका रुपमा रहेको होटल ब्यवसाय कोभिड १९ संक्रमणसंगै पछिल्लोसमय आर्थिक मन्दीका कारण समस्यामा परेको भन्दै ब्यवसायीहरुले घरबहाल छुटको अपिल गरेका हुन् ।
आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघरुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पछिल्लोसमय १४ जना घरधनीबाट २० देखि ४० प्रतिशतसम्म घरभाडा छुट भएको बताए । ‘दुई दर्जन बढी ब्यवसायीहरुले छुट पाएका छन् ’– उनले भने । जटिल अवस्थालाई मध्यनजर गरी घर बहाल छुट गर्ने, बंैकको ब्याजदर कम गर्ने र मुख्यतm घरभाडा कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताए ।
रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत होटेल भाडामा रहेका उनले बताए । हाल संघमा १ हजार २ सय ३ जना ब्यवसायीहरु आवद्ध छन। जहा ५ हजार जनाले रोजगार पाएका छन् । बुटवलबाट स्थायी राजधानी सर्नु, अन्तरास्ट्रिय सम्मेलन केन्द्र, अन्तर्रास्ट्रिय विमानस्थल संचालन नहुनुजस्ता कारणले ब्यापार ब्यवसायमा गिरावट आएको उनले बताए । अहिलेसम्म ५ प्रतिशत ब्यवसायीहरु बिस्थापित भएका तथा १० प्रतिशत छुट पाएको उनले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटक होटल रहेको बताए । यसमध्ये १८ हजार ७ सय ५ रुमहरुमा २८ हजार ५७ बेडहरु छन । टाईगर, पवन प्यालेस र सिद्धार्थ भिल्लासा पाचतारे ३ वटा होटल छन । चारतारे बुद्घ माया, कसाई र ड्रिमल्याड रिसोर्ट गरि ३ वटा र तीन तारे १२–१५ वटा छन । अर्कोतर्फ ए लेभलका ३ सय होटलहरु छन । बाकि बजेट र डाउनटाउन लेभलका होटल छन । पर्यटन क्षेत्रमा कुल ३० खर्ब भन्दा बढि लगानी रहेको उनले दाबी गरे । कार्यक्रममा घरबहाल ब्यवस्थापन समितिका संयोजक किरण प्रसाद भट्टराईले ब्यवसायीलाई दैवीप्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको बताए । पछिल्लोसमय आगजनीबाट क्षति भएका ३ वटा होटल ब्यवसायीलाई सहयोग गरिएको उनले बताए ।

ठुला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरे बनाईएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुदा पर्यटन ब्यवसाय ठप्प छ । संचालन खर्च समेत चलाउन नसक्ने अवस्था छ । वार्षिक २–३ अर्ब क्षति ब्यहोर्नुपर्ने अवस्था आएको व्यवसायीको गुनासो छ । बसन्तपुर र नुवाकोटमा चल्ने दुईवटा केवलकारले व्यवसाय चलायमान हुने अपेक्षा रहेको वरिष्ठ उपाध्यक्ष खनालले बताए । नाटासंग सहकार्यमा टुर प्याकेज चलाउन प्रदेश मन्त्रालयबाट पर्यटन बस ब्यवस्थापन गरी टुर ब्यवस्थापन गर्ने तयारी रहेको खनालले बताए ।

संघका महासचिव अर्जुन थापाले होटल ब्यवसायको भाडा न्युनिकरणबाट व्यवसाय टिकाउने पहिलो चरणको अभियान भएको बताए । योसंगै ब्यवसाय प्रवद्घर्नका कार्यक्रमहरु चलाउने तयारीमा रहेको उनले बताए । रात्रीकालिन सेवा ब्यवस्थापन महत्वपूर्ण रहेको उनले बताए ।

घरधनी रबिलाल पोखरेलले घरभाडा बाहेक व्यवसाय दीगो बनाउन स्थायी समाधानको पहल जरुरी रहेको बताए । धेरै ब्यवसायीहरु पेशा छोड्ने मनसायमा देखिएको उनले दाबी गरे । खानाको गुणस्तर , बसाई लम्ब्याउने जस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । भौतिक पुर्वाधार अधुरो, उपभोक्ताको क्रयशक्तिमा ह्रास आउनु जस्ता कारण पनि यसका प्रत्यक्ष प्रभाव परेको उनले बताए ।
बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य भरत पुरीले ब्यवसायीहरुबाट दबाब दिने र सरकारबाट नितिगत रुपमा आवश्यक पहल जरुरी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?